Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #जेनजी_आन्दोलन
  • #बाघ
  • #छठ
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • निःशुल्क एक सय ५८ जनाकाे मोतियाबिन्दुको शल्यक्रिया
निःशुल्क एक सय ५८ जनाकाे मोतियाबिन्दुको शल्यक्रिया
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर ११, २०८०
Hardik health

डुम्रे - भानु नगरपालिकामा गरिएको निःशुल्क मोतियाबिन्दुको शल्यक्रियासहितको तीनदिने आँखा परीक्षण शिविरमा एक हजार १९ लाभान्वित भएका छन् । अधिकांश मानिसमा मोतियाबिन्दुका बिरामी बढ्न थालेपछि गाउँमा नै सहजरुपमा शल्यक्रियासहितको सेवा प्रवाह गर्ने उद्देश्यले शिविर गरिएको हो । 
    
आँखा परीक्षण गराएका एक हजार १९ मध्ये एक सय ५८ जनामा मोतियाबिन्दु निदान भएको नारायणगढ लायन्स क्लबका अध्यक्ष शान्तकुमार पियाले जानकारी दिए । उनका अनुसार आँखा परीक्षणका क्रममा मोतियाबिन्दु निदान भएका बिरामीको भानु नगरपालिका–२ नारेश्वरटारस्थित आधारभूत स्वास्थ्य केन्द्र सामुदायिक भवनमा शिविरमै निःशुल्क आँखाको शल्यक्रिया गरिएको हो । 

उनले भने, “यहाँ मोतियाबिन्दुका बिरामी बढी भएकाले सहजरुपमा गाउँघरमै सेवा प्रवाह गरिएको हो । बाइसजाँगर, चन्द्रावती, नारेश्वरटारलगायतका भानु नगरपालिकाभित्रका विभिन्न स्थानमा गरिएको मोतियाबिन्दु निदान भएका बिरामीको नारेश्वरटारमा शल्यक्रिया गरिएको छ ।” 
     
भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले यस्ता शिविर समय समयमा गरी आँखा नदेखिने समस्या समाधान गर्ने प्रयासमा रहेको बताए । अधिकांशमा मोतियाबिन्दुको समस्या देखिएको पाइएकाले शिविरले महत्वपूर्ण भूमिका खेलेको उनले बताए। उनले भने, “आँखाको समस्या समाधानका लागि उपचारमा सहज बनाउने लक्ष्य लिएका छौँ । योजना तयार गरी यसको अगाडिको प्रक्रिया थाल्नेछौँ ।”
    
यस क्षेत्रमा आँखाका बिरामीको उपचारका लागि समस्या रहेकाले आँखा उपचार केन्द्र स्थापना गर्ने योजनाका लागि कार्यपालिका बैठकमा छलफल गर्ने उनले बताए । उनले भने “स्थानीयको स्वास्थ्य प्रमुख हो । सोहीअनुरुप काम गर्ने योजनासहित यसको विषयमा छलफल गर्न लागिएको हो ।”
    
शिविरमा नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा स्पताल चितवनका डा रञ्जितकुमार शाहको प्रमुख नेतत्वमा डा मनिषा थापा, डा सृष्टि पौडेल, डा रमेश घिमिरे, डा वीरमाया तामाङलगायतका चिकित्सकले मोतियाबिन्दुको शल्यक्रिया गरेको थियो । डिएके फाउन्डेशनको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल चितवन, भानु नगरपालिकाको कार्यालय तनहुँ, नारायणगढ लायन्स क्लब चितवन, लायन्स क्लब अफ नारायणगढ नारायणी र  भानु नगरपालिका–२ को कार्यालय, आधारभूत स्वास्थ्य केन्द्रको सहयोगमा शिविर गरिएको हो । 
    
भानु नगरपालिकामा आँखा परीक्षण केन्द्र स्थापना गर्ने योजना रहेको नारायणगढ लायन्स क्लब चितवनका अध्यक्ष शान्तकुमार पियाले जानकारी दिए । उनले भने “नारेश्वरटार आधारभूत स्वास्थ्य केन्द्रमा नै आँखा उपचार केन्द्र स्थापना गर्ने योजना छ । नगरपालिकासँग समन्वय भइरहेको छ । यहाँबाट अनुरोधपत्र पेस भएमा हामीले अरु प्रक्रिया अगाडि बढाउनेछौँ ।” भानु नगरपालिका मात्रै नभई अन्य क्षेत्रका आँखाका बिरामीलाई सहज हुने उनले बताए । 
 


प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १४:२९
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १५ सय शिशुको जन्म
लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १५ सय शिशुको जन्म मंगलबार, कात्तिक ११, २०८२
जुम्लामा एक लाख नागरिकले गरे स्वास्थ्य बीमा
जुम्लामा एक लाख नागरिकले गरे स्वास्थ्य बीमा सोमबार, कात्तिक १०, २०८२
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु सोमबार, कात्तिक ३, २०८२
स्वास्थ्य सेवा विभागमा भ्रष्टाचार
स्वास्थ्य सेवा विभागमा भ्रष्टाचार सोमबार, कात्तिक ३, २०८२
नर्सिङ स्वास्थ्यकर्मीहरूको माग सम्बोधन गर्न १४ सदस्यीय समिति गठन
नर्सिङ स्वास्थ्यकर्मीहरूको माग सम्बोधन गर्न १४ सदस्यीय समिति गठन आइतबार, कात्तिक २, २०८२
सिटिजन्स् बैंक र काठमाडाैं मेडिकल कलेजबीच  समझदारी
सिटिजन्स् बैंक र काठमाडाैं मेडिकल कलेजबीच समझदारी शुक्रबार, असोज ३१, २०८२
एक सय जनामा क्षयरोग सङ्क्रमण
एक सय जनामा क्षयरोग सङ्क्रमण शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP