Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • निःशुल्क एक सय ५८ जनाकाे मोतियाबिन्दुको शल्यक्रिया
निःशुल्क एक सय ५८ जनाकाे मोतियाबिन्दुको शल्यक्रिया
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर ११, २०८०
Hardik health

डुम्रे - भानु नगरपालिकामा गरिएको निःशुल्क मोतियाबिन्दुको शल्यक्रियासहितको तीनदिने आँखा परीक्षण शिविरमा एक हजार १९ लाभान्वित भएका छन् । अधिकांश मानिसमा मोतियाबिन्दुका बिरामी बढ्न थालेपछि गाउँमा नै सहजरुपमा शल्यक्रियासहितको सेवा प्रवाह गर्ने उद्देश्यले शिविर गरिएको हो । 
    
आँखा परीक्षण गराएका एक हजार १९ मध्ये एक सय ५८ जनामा मोतियाबिन्दु निदान भएको नारायणगढ लायन्स क्लबका अध्यक्ष शान्तकुमार पियाले जानकारी दिए । उनका अनुसार आँखा परीक्षणका क्रममा मोतियाबिन्दु निदान भएका बिरामीको भानु नगरपालिका–२ नारेश्वरटारस्थित आधारभूत स्वास्थ्य केन्द्र सामुदायिक भवनमा शिविरमै निःशुल्क आँखाको शल्यक्रिया गरिएको हो । 

उनले भने, “यहाँ मोतियाबिन्दुका बिरामी बढी भएकाले सहजरुपमा गाउँघरमै सेवा प्रवाह गरिएको हो । बाइसजाँगर, चन्द्रावती, नारेश्वरटारलगायतका भानु नगरपालिकाभित्रका विभिन्न स्थानमा गरिएको मोतियाबिन्दु निदान भएका बिरामीको नारेश्वरटारमा शल्यक्रिया गरिएको छ ।” 
     
भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले यस्ता शिविर समय समयमा गरी आँखा नदेखिने समस्या समाधान गर्ने प्रयासमा रहेको बताए । अधिकांशमा मोतियाबिन्दुको समस्या देखिएको पाइएकाले शिविरले महत्वपूर्ण भूमिका खेलेको उनले बताए। उनले भने, “आँखाको समस्या समाधानका लागि उपचारमा सहज बनाउने लक्ष्य लिएका छौँ । योजना तयार गरी यसको अगाडिको प्रक्रिया थाल्नेछौँ ।”
    
यस क्षेत्रमा आँखाका बिरामीको उपचारका लागि समस्या रहेकाले आँखा उपचार केन्द्र स्थापना गर्ने योजनाका लागि कार्यपालिका बैठकमा छलफल गर्ने उनले बताए । उनले भने “स्थानीयको स्वास्थ्य प्रमुख हो । सोहीअनुरुप काम गर्ने योजनासहित यसको विषयमा छलफल गर्न लागिएको हो ।”
    
शिविरमा नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा स्पताल चितवनका डा रञ्जितकुमार शाहको प्रमुख नेतत्वमा डा मनिषा थापा, डा सृष्टि पौडेल, डा रमेश घिमिरे, डा वीरमाया तामाङलगायतका चिकित्सकले मोतियाबिन्दुको शल्यक्रिया गरेको थियो । डिएके फाउन्डेशनको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल चितवन, भानु नगरपालिकाको कार्यालय तनहुँ, नारायणगढ लायन्स क्लब चितवन, लायन्स क्लब अफ नारायणगढ नारायणी र  भानु नगरपालिका–२ को कार्यालय, आधारभूत स्वास्थ्य केन्द्रको सहयोगमा शिविर गरिएको हो । 
    
भानु नगरपालिकामा आँखा परीक्षण केन्द्र स्थापना गर्ने योजना रहेको नारायणगढ लायन्स क्लब चितवनका अध्यक्ष शान्तकुमार पियाले जानकारी दिए । उनले भने “नारेश्वरटार आधारभूत स्वास्थ्य केन्द्रमा नै आँखा उपचार केन्द्र स्थापना गर्ने योजना छ । नगरपालिकासँग समन्वय भइरहेको छ । यहाँबाट अनुरोधपत्र पेस भएमा हामीले अरु प्रक्रिया अगाडि बढाउनेछौँ ।” भानु नगरपालिका मात्रै नभई अन्य क्षेत्रका आँखाका बिरामीलाई सहज हुने उनले बताए । 
 


प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १४:२९
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप बुधबार, चैत ४, २०८२
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो बुधबार, चैत ४, २०८२
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी मंगलबार, चैत ३, २०८२
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य मंगलबार, चैत ३, २०८२
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन मंगलबार, चैत ३, २०८२
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै मंगलबार, चैत ३, २०८२
सोह्र औषधि पसल निलम्बनमा
सोह्र औषधि पसल निलम्बनमा सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP