Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
कृषि
  • Home
  • कृषि
  • दैलेखमा धान उत्पादन घट्यो
दैलेखमा धान उत्पादन घट्यो
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर १०, २०८०

दैलेख- दैलेखमा धान उत्पादन घटेको छ । समयमै वर्षा नहुँदा, लगाइएको धान खेतमै ढलेका कारण गत वर्षको तुलनामा धान उत्पादनमा कमी आएको छ । यस वर्ष आठ हजार तीन सय १५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा २५ हजार २८ मेटिक टन मात्र धान उत्पादन भएको हो ।

गत वर्ष सोही क्षेत्रफलमा धानखेती गर्दा २५ हजार एक सय २५ मेटिक टन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष ९७ मेटिक टन धान कम उत्पादन भएको कृषि विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख हिक्मतराज गिरीले बताए । 

पछिका दुई वर्षको तुलनामा आर्थिक वर्ष २०७८÷७९ मा बढी धान उत्पादन भएको थियो । आव २०७८÷७९ मा आठ हजार पाँच सय १२ हेक्टर क्षेत्रफलमा धानखेती लगाउँदा २६ हजार पाँच सय १० मेटिक टन धान उत्पादन भएको थियो । 

Hardik health

यसै गरी यस वर्ष दैलेखमा सुन्तलाको उत्पादन बढ्ने अनुमान गरिएको छ । कृषि विकास कार्यालय दैलेखको विवरणअनुसार दैलेखमा छ सय १४ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ । उत्पादनको पूरा विवरण आइनसकेको भए पनि नयाँ बिरुवाले उत्पादन दिन थालेपछि सुन्तलाको उत्पादन बढ्ने अनुमान गरिएको निमित्त कार्यालय प्रमुख गिरीले बताए ।

आव २०७९/८० मा छ सय १२ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गर्दा पाँच हजार पाँच सय ७६ मेटिक टन सुन्तला उत्पादन भएको थियो । आव २०७८/७९ मा छ सय ११ हेक्टर क्षेत्रफल जमिनमा लगाइएकामा पाँच हजार नौ सय ८५ मेटिक टन सुन्तला उत्पादन भएको थियो । 

निमित्त कार्यालय प्रमुख गिरीका अनुसार यस वर्ष दैलेखमा कागती खेतीसमेत बढ्ने अनुमान गरिएको छ । गत वर्ष ७२ हेक्टर जमिनमा कागती खेती गर्दा पाँच सय ७८ मेटिक टन उत्पादन भएको थियो भने यस वर्ष ७३ हेक्टर क्षेत्रफलमा कागती खेती गरिएको छ । आव २०७८/०७९ मा ६९ हेक्टर क्षेत्रफलमा कागती खेती गर्दा पाँच सय ३१ मेटिक टन उत्पादन भएको थियो । 
    
दैलेखमा कृषिजन्य वस्तुको उत्पादन प्रत्येक वर्ष घट्दै गएको देखिन्छ । पछिल्ला वर्षमा खेती गर्ने मान्छेको कमी हुँदै जानु, बसाइँसराइ, युवापुस्ता कामको खोजीमा विदेशिनुले प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । पछिल्ला वर्षमा रैथाने बालीको उत्पादनमा समेत कमी आएको छ । 

निमित्त कार्यालय प्रमुख गिरीले भने, “यस वर्ष दैलेखमा धान उत्पादनमा कमी आउनु मुख्य तीन वटा कारण देखिएको छ ।  ढिलो गरी पानी पर्नु, मलखादको कमी र प्राकृतिक प्रकोपले गर्दा उत्पादन घट्ने देखिएको छ ।” केन्द्रका अनुसार दैलेखमा अहिले १० देखि १५ प्रतिशत खेतीयोग्य जमिन बाँझो छ ।


प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्
थप कृषि
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी बुधबार, चैत ४, २०८२
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने सोमबार, चैत २, २०८२
चितवनमा तेरीको उत्पादन घट्यो
चितवनमा तेरीको उत्पादन घट्यो आइतबार, चैत १, २०८२
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण शुक्रबार, फागुन २९, २०८२
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा बिहीबार, फागुन २८, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP