Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
कृषि
  • Home
  • कृषि
  • हलगोरु पाल्ने किसानलाई अनुदान
हलगोरु पाल्ने किसानलाई अनुदान
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर १०, २०८०

पर्वत- बढ्दो युवा शक्तिको पलायनसँगै ग्रामीण क्षेत्रमा गोरु पाल्ने प्रचलन हराउँदै गएको छ । पछिल्लो समय गाउँ–गाउँमा मिनिटिलरको प्रयोग बढ्दै गएको अवस्था पनि छ । छोटो समयमै धेरै काम गर्न सकिने, पालनपोषण गर्ने झन्झट पनि नहुने र सरकारी निकायले पनि अनुदानमा मिनिटिलर उपलव्ध गराउन थालेकाले  गोरु पाल्ने प्रचलन हराउँदै गएको हो । 

स्थानीय जलजला गाउँपालिकाले भने गोरु पालनतर्फ किसानलाई आकर्षण गर्ने उद्देश्यले अनुदान दिन थालेको छ । कृषिमा यान्त्रिकिकरण बढ्दै जाँदा गोरु लोप हुन लागेको र  यसबाट सामान्य आर्थिक अवस्था भएका किसान मारमा पारेकाले गाउँपालिकाले यो योजना लागू गर्न लागेको हो ।

मिनिटिलर किन्न नसक्ने तथा किनेकाहरूका घरमा पनि जनशक्ति अभावले नचलाउने समस्याले किसनाले खेती लगाउन नै छोड्ने स्थिति देखिएकाले गोरु पाल्ने किसनालाई प्रोत्साहन गर्न प्रतिगोरु दुई हजारका दरले अनुदान उपलब्ध गराउन लागिएको गाउँपालिकाले जनाएको छ । सो अनुसार हलगोरु पाल्ने किसानलाई भने रु १५ हजार अनुदान दिइने भएको छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यका अनुसार आर्थिक वर्ष २०८०/८१ को पशुसेवा शाखातर्फ स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत गाउँपालिकाका चार सय गोरुका लागि कूल रु आठ लाख  अनुदान वितरण गरिने भएको छ । 

Hardik health

“यसका लागि गाउँपालिकाका इच्छुक पशुपालक किसान, समूह, फार्म, सहकारी आदिले सूचना प्रकाशन भएको ३५ दिनभित्रमा फाराम भरेर बुझाउनुपर्नेछ,” उनले भने, “यो कार्यक्रमका लागि गाउँपालिकामा चालु आर्थिक वर्षमा रु आठ लाख बजेट छ गरिएको छ। स्थानीय गाईगोरु संरक्षण कार्यक्रम कार्यान्वयन मापदण्ड, २०७९ अनुसार नै यो कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए । 

स्थानीय गाईगोरु पाल्ने किसानको सङ्ख्या वृद्धि गर्न तथा गाईगोरु पालेका किसानको क्षति कम गर्नका लागि गाउँपालिकाका चार सय गाईगोरुका लागि निःशुल्क पशु बीमा गर्ने योजना पनि सँगसँगै लागू गर्ने गाउँपालिकाको तयारी रहेको र यसका लागि कूल रु तीन लाख छुट्याइएको पालिकाले जनाएको छ । 

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले स्थानीय जातका गाई पाल्ने क्रम हराउँदै जाँदा गाई नै लोप हुने अवस्था रहेको तथा स्थानीयवासीले गाई नै नपालेपछि गोरु उत्पादनसमेत हुन छाडेकोले यो कार्यक्रम सुरु गरिएको बताए ।   व्यावसायिक किसानलाई गाउँपालिकाले नै मिनिटिलर उपलब्ध गराए पनि पहाडी क्षेत्रका भिराला र बाटोको सुविधा नभएका ठाउँमा मिनी टिलर लैजान नसक्दा पाखा, छेउछाउ र भीर नजिकैका जग्गा बाँझो रहन थालेको उनको भनाइ थियो । गोरु पालेपछि प्राङ्गारिक मल पनि उत्पादन हुने र यसबाट बालीनालीको उत्पादन पनि बढ्ने भएकाले गोरु पालनमा प्रोत्साहन गरिएको हो ।

एउटा टोलमा एक जनाले एक हल गोरु पालेर बस्यो भने खेती लगाउनेलाई पनि सस्तो, जग्गा बाँझो पनि नरहने र गोरु पाल्नेले पनि रोजगारी पाउने भएकाले हलगोरु भएकालाई रु १५ हजार अनुदान दिने योजना बनाइएको अध्यक्ष आचार्यले बताए ।  एक हल गोरुलाई वार्षिक रूपमा रु ३०÷४० हजार  अनुदान दिनसक्ने हो भने ती गोरुको प्रयोग हुँदा कहीँका जग्गा पनि बाँझो नरहने भन्दै  उनले हल गोरु पाल्नेको फोटो नै गाउँपालिकामा टाँसेर राख्ने बारेमा पनि सोच बनाइएको बताए  । 

मिनिटिलरमा निर्भर हुँदा नेपालको धन बाहिरिएकोले पनि यसमा सबैको ध्यान जानुपर्ने अध्यक्ष आचार्यको सुझाव थियो ।
व्यावसायिकरूपमा खेती गर्ने र ठूला गरा भएकाको लागि मिनिटिलर ठिक भए पनि यस्ता उपकरण  लैजान नसक्ने विकट क्षेत्रमा जमिन बाँझो हुँदै आएको छ ।  गाईगोरु पाल्ने किसानलाई गत आर्थिक वर्षमा रु एक हजार अनुदान दिएकामा यो वर्ष रु दुई हजार दिन लागिएको हो ।

गाउँपालिकामा कम्तीमा पनि ५० हल गोरु भएमा बाँझो जमिन घट्दै जाने अध्यक्ष आचार्यको भनाइ थियो । यस अघि गाउँपालिकाले स्थानीय जातका गाईपालन गर्ने किसानलाई पोषण खर्चस्वरुप वार्षिक रु दुई हजार पाँचसय दिँदै आएको छ । 
 


प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १६:५५
प्रतिक्रिया दिनुहोस्
थप कृषि
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी बुधबार, चैत ४, २०८२
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने सोमबार, चैत २, २०८२
चितवनमा तेरीको उत्पादन घट्यो
चितवनमा तेरीको उत्पादन घट्यो आइतबार, चैत १, २०८२
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण शुक्रबार, फागुन २९, २०८२
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा बिहीबार, फागुन २८, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP