Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
कृषि
  • Home
  • कृषि
  • भारतीय तरकारी सस्तोमा बजार आउँदा नेपाली किसान मर्कामा
भारतीय तरकारी सस्तोमा बजार आउँदा नेपाली किसान मर्कामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर ८, २०८०

स्याङ्जा-  भारतीय तरकारी सस्तोमा नेपाली बजारमा आउँदा स्याङ्जाका कृषकले आफूहरु मर्कामा परेको गुनासो गरेका छन् । कठिन भौगोलिक अवस्थाका कारण यहाँका किसानकोे तरकारीको उत्पादन लागत बढी पर्न जान्छ । उत्पादन लागत बढी पर्ने हुँदा यहाँका किसानलाई भारतीय तरकारीभन्दा नेपाली तरकारी महँगोमा बिक्री गर्नुपर्ने बाध्यता छ ।

गल्याङ नगरपालिका–७, थुमका किसान अग्नि न्यौपानेले तरकारीलाई मुुख्य पेसा बनाएको नौ वर्ष भयो । सुमन कृषि तथा पशुुपालन फार्ममार्फत उनले अदुवा, टमाटर, काउली, बन्दाकोभी, अकबरे खुर्सानी, बेमौसमी मकै, साग, मुला, धनियाँलगायत खेती गर्दै आएका छन् । न्यौपानेले भारतीय तरकारी सस्तोमा नेपाली बजारमा आए पनि तरकारी बेचेर वार्षिक रु सात लाख आम्दानी गर्ने गरेको जिकिर गरे । 

“भारतीय तरकारी सस्तोमा बजारमा आउँदा हाम्रो उत्पादनले उचित मूल्य पाएको छैन”, उनले भने, “यही व्यवसायबाट छ जनाको परिवार राम्रोसँग पालेको छु, भविष्यका लागि धेरैथोरै रकम जम्मा पनि गरेको छुु ।” न्यौपानलेले दस रोपनी जमिनमा लगाउनुभएको चार टन अदुवा बिक्री गरेर अघिल्लो वर्ष रु  तीन लाख ५० हजार आम्दानी गरेका थिए ।

Hardik health

उनको छोरी समीक्षाले प्राविधिकतर्फ तीनवर्षे बाली विज्ञान पढ्दै आएका छन्  । बाबाले गरेको कामको सम्मानका लागि र राज्यले कृषि क्षेत्रमा गरेको लगानीे सदुुपयोग गर्न आफूले कृषि प्राविधिक विषय रोजेको उनको भनाइ थियो । समीक्षाले यस क्षेत्रमा कृषिको प्रचुर सम्भावना भए पनि सिँचाइको असुविधा र भारतीय तरकारीले बजार खाँदा समस्यामा परेकोे गुनासो गरे । 

“हामीले उत्पादन गरेका तरकारी विषादीरहित र गुणस्तरीय छन्”, समीक्षाले दुखेसो पोखे “हाम्रो उत्पादन बजार पुुग्दा भारतीय तरकारी पनि सस्तोमा बजारमा आउँछ, अनि हामी पनि सस्तोमा बिक्री गर्न बाध्य हुन्छौँ । यसैले  नेपालका व्यावसायिक कृषकलाई टिकाउन  भारतीय तरकारी विस्थापन गर्नुपर्छ । ”

त्यस्तै वालिङ नगरपालिका–५, पित्लेकका हुमनाथ लामिछानेले जिल्लामा सफल कृषकको पहिचान बनाएका छन् । शिक्षण पेसा बीचमै छोडेर व्यावसायिक तरकारी खेतीमा लाग्नुभएका उहाँले पनि भारतीय सस्तो तरकारीका कारण आफूहरु मारमा परेको गुनासो गरे ।

लामिछानेले गोलभेँडा, काउली, बन्दा, काँक्रो, सिमी, बोडी, अकबरे खुर्सानीलगायत तरकारी लगाउँदै आएका छन्  । उनको फार्ममा पाँच सय ५० बोट सुन्तला, तीन सय बोट कफी, १८ घार माहुरी र गड्यौलासमेत छन् । लामिछानेले फार्मबाट वार्षिक रु १२ लाख बराबरको कृषिउपज विक्री हुने गरेको भन्दै खर्च कटाउँदा रु आठ लाख बचत गर्ने हुने गरेको जानकारी दिए । उनले गड्यौलाबाट उत्पादित मल भने आफ्नै तरकारी बारीमा प्रयोग गर्दै आएका छन्  ।

लामिछानेका छोरा सन्तोषले भारतीय तरकारीले ठूलो मात्रामा तरकारी खेती गर्ने गरेका कारण सस्तो हुने हुँदा नेपाली किसान मारमा परेको बताए । “हामीले स्थानीय बजारलाई लक्ष्य गरेर ठूलोमात्रामा तरकारी उत्पादन गरेका हुन्छौँ, उत्पादन लागत बढी पर्ने हुँदा हाम्रो तरकारी केही महँगो हुन्छ”, उनले भने, “हाम्रो तरकारी बजारमा पुुग्दा ठिक त्यही समय भारतीय तरकारी सस्तोमा बजारमा आउँछ, अनि नेपाली किसानले प्रतिस्पर्धा गर्न सक्दैनन् ।”
 


प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १५:११
प्रतिक्रिया दिनुहोस्
थप कृषि
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी बुधबार, चैत ४, २०८२
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने सोमबार, चैत २, २०८२
चितवनमा तेरीको उत्पादन घट्यो
चितवनमा तेरीको उत्पादन घट्यो आइतबार, चैत १, २०८२
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण शुक्रबार, फागुन २९, २०८२
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा बिहीबार, फागुन २८, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP