Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #कुमार_यात्रु
  • #सम्मान
  • #पूर्णबहादुर खड्का
  • #एभरेष्ट टुरिजम अवार्ड
  • #विश्व शान्ति सम्मेलन
Search Here
समाचार
  • Home
  • समाचार
  • ग्रामीण सडकले मौलिक सम्पदाको पहिचान नासिदै
ग्रामीण सडकले मौलिक सम्पदाको पहिचान नासिदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर ४, २०८०

बाग्लुङ– पछिल्लो सडक नपुगेको गाउँ छैन । बस्ती छैन । एक दशक अगाडिसम्म सुनसान रहेका गाउँबस्तीमा अहिले गाडी गुड्छन् ।
 
दैनिक नगुडे पनि कहिलेकाहीँ समान ओसारपसार गर्ने गर्छन् । गाउँमा पुगेका ती सडक कुनै पनि वैज्ञानिक छैनन् । डोजर चालक र सहचालकले नापेका भरमा अधिकांश सडक निर्माण भएका छन ।

बिना इञ्जिनीयरिङ निर्माण भएका ती सडक हिउँदमा त चल्छन् तर बर्खामा पूर्ण रुपमा ठप्प हुन्छ । गाउँ, बस्ती र पर्यावरणको ख्यालै नगरी निर्माण भएका सडकले सयौँको घरबास उजाडी दिएको छ ।

बाग्लुङका थुप्रै गाउँ पहिरोको उच्च जोखिममा छन । बर्खा लाग्ना साथ उनीहरु घर छोडेर टाढा जानुपर्ने अवस्था छ । ग्रामीण सडकले बस्ती त जोखिममा पार्‍यो नै त्योसँगै मौलिक सम्पदासमेत नष्ट गरेको पाइन्छ ।

पहिले गाउँका हरेक डाँडा, भन्ञ्याङ र बाटो छेउमा चौतारा, धर्मशाला र देउराली हुन्थे । तर ती सम्पदा हिजोआज देख्न पाइँदैन । विकासका नाममा भएको ‘डोजरे विकास’ले सबै सम्पदा नष्ट गरिदिएको छ । भरिया, स्थानीयवासीले थकाइ मेटाउने चौतारा, बटुवाले बास बस्ने पाटीपौवा र धर्मशालाको अस्तित्वनै समाप्त भएको छ ।

Hardik health

सडकले हप्ता दिन लगाएर पुग्ने गन्तव्य त छोटाई दियो र मौलिक सम्पदाको पहिचान भने मेटाइ दियो । बाग्लुङको सबैभन्दा दुर्गम मानिने तमानखोला, ढोरपाटन र निसीखोलाबाट जिल्ला सदरमुकाम आउँदा बाटोका दर्जनौँ स्थानमा बर पिपलका चौतारा, ढुङ्गेधारा र धर्मशाला भेटिन्थे सडक निर्माण क्रममा ती सबै पुरिए ।

गाउँ(गाउँबाट एकै दिनमा सदरमुकाम आउन नसकिने र अहिलेको जस्तो ठाउँ(ठाउँमा बास बस्ने होटल हुँदा आफूहरु धर्मशालामा बास बस्ने गरेको ढोरपाटनका ८७ वर्षीय मकरबहादुर पुनले बताए ।

पहिले हप्ता दिन हिँडेर बाग्लुङ बजार आइपुग्ने जनाउँदै अहिले चार घण्टामै आउन सकिने भएको उनको भनाइ छ । गाउँमा कुनै पनि सरकारी काम नहुने हुँदा जिल्ला सदरमुकाममै आउनु परेको स्मरण गर्दै अहिले सबै काम गाउँमा हुन थालेको उनले बताए ।

गाउँमा सडक आएपछि धेरै सहज भए पनि मौलिक सम्पदा संरक्षण गर्न तर्फ कसैको ध्यान नगएको उनको गुनासो छ । मौलिक सम्पदा पहिचान भएको भन्दै पछिल्लो समय त्यो पहिचान संकटमा पर्दै गएको पुनको भनाइ छ ।

‘गाउँमा सडक आयो धेरै राम्रो भयो, हामीहरुले धेरै दुःख पाएका थियौँ, यसरी विकास होला भन्ने कल्पना पनि गर्न सकेका थिएनौँ, तर हाम्रो सम्पदा यसरी मेटिएलान् भन्ने पनि थाहा थिएन, हाम्रा पालामा बर पिपल रोप्ने, चौपारी बनाउने, धर्मशाला, पाटी पौवा बनाउने चलन थियो, त्यो चलन अहिले छैन,’ पुनले भने, ‘नयाँ पुस्ताले बनाउनुको सट्टा संरक्षण पनि गर्न सकेनन्, अहिले कहीँकतै भेटिदैनन्, उति बेला हामीहरुले बनाएका चौपारी, बास बस्ने पौवा, टाढा जानु पर्दा अहिलेको जस्तो गाडी हुँदैनथ्ये, हिँडरै पुग्नुपथ्र्यो, बास बस्नका लागि होटल हुँदैनथ्ये, त्यही पाटी पौवामा बस्नुपथ्र्यो, अहिले त होटल बने, विकास भए पनि मौलिक सम्पदाको संरक्षण गर्नुपथ्र्यो ।’

स्थानीय वीरबहादुर बुढा मगरले बाउबाजेले बर पिपल रोपेर चौपारी बनाउँदा पुण्य कमाइने मान्यता राखेको र आफूहरुले पनि त्यस्तै गर्दै आएको भए पनि अहिले त्यो चलन हराएको बताए । गाउँका हरेक पाका पुराना मान्छेले अहिले पनि त्यो चलनलाई निरन्तरता दिए पनि नयाँमा त्यो सोँचनै नभएको उनको भनाइ छ ।

तीन वर्ष अगाडिसम्म आफ्नो गाउँको विभिन्न ठाउँमा ११ वटा चौपारी र चार वटा सार्वजनिक ढुंगेधारा रहेकोमा अहिले सबै सडकले पुरिदिएको जनाए । सडक निर्माण गर्दा आफूले संरक्षण गर्न बने पनि कसैले नसुनेको बुढा मगरले गुनासो गरे ।

बुढा मगरले भने, ‘अहिलेका पुस्तालाई विकास चाहिएको छ, घर(घरमा सडक चाहियो, धारा चाहियो, सबैथोक चाहियो, तर सार्वजनिक ठाउँमा भएको सबै विनाश गर्ने परिपाटी भयो, बर पिपल लगाउनु त राम्रो कुरा हो नि, पाटी पौवा पनि राम्रो हो, मान्छे स्वार्थी बने, धर्मकर्म मान्न छोडे, विकासका नाममा सबै विनाश गर्न थाले, हामीहरुले बटुवाका लागि पानी खान कुवा संरक्षण गर्‍यौँ, ढुंगेधारो बनायौँ, अहिले त सबै धत्काई दिए ।’

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले पूर्वाधार निर्माण गर्दा मौलाक सम्पदालाई संरक्षण हुने गरी काम गरिरहेको बताए । अहिले पनि तमान खोलाका ठाउँ(ठाउँमा वर्षौँ पुराना मौलिक सम्पदा रहेको भन्दै गाउँपालिकाले पनि तिनीहरुको संरक्षणमा जोड दिएको अध्यक्ष बुढा मगरको भनाइ छ ।

आधुनिकतालाई अगाल्नुका साथै मौलिक सम्पदाको प्रवर्द्धन र संरक्षण आवश्यक रहेको उनले जानकारी दिए । 


प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘सही तथ्यांकले योजना तर्जुमा गर्न सहयोग पुग्छ’: योजना आयोग उपाध्यक्ष
‘सही तथ्यांकले योजना तर्जुमा गर्न सहयोग पुग्छ’: योजना आयोग उपाध्यक्ष बिहीबार, पुस १७, २०८२
कोशी प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने मुख्यमन्त्री कार्कीको भनाइ
कोशी प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने मुख्यमन्त्री कार्कीको भनाइ बिहीबार, पुस १७, २०८२
सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक
सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक बिहीबार, पुस १७, २०८२
ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार
ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार बिहीबार, पुस १७, २०८२
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने बिहीबार, पुस १७, २०८२
प्राविधिक विधामा महिलाको आकर्षण बढ्दो
प्राविधिक विधामा महिलाको आकर्षण बढ्दो बिहीबार, पुस १७, २०८२
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता बिहीबार, पुस १७, २०८२
लोकप्रिय
  • Week
  • Month
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP