Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
कृषि
  • Home
  • कृषि
  • फूल टिप्ने चटारोमा तनहुँका कृषक
फूल टिप्ने चटारोमा तनहुँका कृषक
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक २७, २०८०

दमौली– तनहुँका कृषकलाई यतिबेला सयपत्री फूल टिप्न चटारो छ । तिहारका बेला सयपत्री फूलको माग बढी हुने भएकाले कृषक यतिबेला फूल टिपेर माला बनाउने काममा व्यस्त छन् ।


म्याग्दे गाउँपालिका–५ का  सुशन पौडेल सयपत्री फूल बिक्रीका लागि बजारसम्म पुगेको जानकारी दिए । उनले यसै वर्षदेखि म्याग्देखोला छेउमा व्यावसायिक रुपमा सयपत्री फूल खेती सुरु गरेका थिए ।

यहाँ उत्पादित फूल दुलेगौडा, खैरेनीटार, जामुने, थर्पुलगायतका ठाउँमा फूल बिक्री हुने गरेको छ । उनले भने, ‘सयपत्रीको माला, फूल बिक्रीका लागि बजारसम्म पुगेका छौँ । स्थानीयस्तरमा उत्पादित फूल खरिद गरेर हौसला प्रदान गर्नेमा विश्वस्त छौँ ।’

विदेशबाट फूल आयात गर्नुपर्ने अवस्थाको अन्त्यका लागि आफूले यसै वर्षदेखि फूलखेती तर्फ आकर्षित भएको उनको भनाइ छ । उनले यस वर्ष चार हजार टिटी जातको फूल लगाउनुभएको थियो । तिहारअगावै फूल फुलेर ढकमक्क भएको थियो ।

Hardik health

उनले भने, ‘यो मेरो पहिलो अनुभव हो । दसैँ तिहारलगायतका चाडपर्वमा फूलको माग धेरै हुने र विदेशबाट ल्याउनुपर्ने अवस्था देखेपछि म फूलखेतीमा लागेको हुँ ।’

फूलखेतीले आफूलाई उत्साहित बनाएको बताउँदै उहाँले विदेश जानुको साटो आफैँ स्वरोजगार बन्न सक्नुपर्छ भन्ने सन्देश दिन खोजेको बताए ।

उनले भने, ‘हामीजस्ता युवाले स्वदेशमै फूलखेती गर्न सक्यौँ भने फूल आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ ।’ दसैँ, तिहार, एकादशीमा फूलको अत्यधिक माग हुने जनाउँदै उनले बजारको व्यवस्थापन मुख्य कुरा भएको बताए ।

‘फूल उत्पादन मात्रै गरेर भएन, यसको बजार व्यवस्थापन पनि हेर्नुपर्छ । फूल फुलिसकेको छ, माग पनि आउन थालेको छ ।’उनल भने ।

अहिले उत्पादन भएको फूललाई चिस्यान केन्द्रमा राखेर पछिसम्म बिक्री गर्न सकिए राम्रो हुने उनको भनाइ छ । फूलखेतीबाट सन्तुष्ट रहेको बताउँदै उनले भने, ‘युवाले रोजगारी पाइन भनेर विदेशिनुको साटो बरु फूलखेती गरे हुन्छ । यसमा सम्भावना छ ।’ 

पौडेललाई फूलखेतीका लागि गाउँपालिकाले सहयोग गरेको छ । पुष्पखेती विकास कार्यक्रमअन्तर्गत पौडेललाई ५० हजार सहयोग गरिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए ।

उनले भने, ‘गाउँपालिकालाई फूलमा आत्मनिर्भर बनाउन र युवालाई प्रोत्साहन गर्न पुष्पखेती विकास कार्यक्रम सञ्चालन गरिएको हो । यसले गर्दा युवालाई स्वरोजगार बन्न प्रेरित गर्छ ।’ 

गाउँपालिकाका अन्य वडामा पनि फूलखेती गर्न चाहे सबैलाई सहयोग गरिने उनको भनाइ छ । बन्दीपुर गाउँपालिका–५ स्थित थुम्कामा ५० रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरिएको छ ।

तामप्रसाद भट्ट, नेत्रप्रसाद लामिछाने, नारायण लामिछानेलगायत ६० जनाले सयपत्री फूलको खेती गरेका हुन् । फूल फुल्न थालेपछि एक बिरुवाबाट करिब दुई वटा माला तयार हुने पुष्प व्यवसायी भट्टको भनाइ छ । एक बिरुवाबाट न्यूनतम ५० आम्दानी गर्न सकिने उनले जानकारी दिए ।

उनले व्यावसायिक रुपमा फूल उत्पादन गरेर गत वर्ष एक लाख ५० हजार आम्दानी गरेका थिए । यस वर्ष पनि सोहीअनुसार आम्दानी हुने उनको प्रारम्भिक अनुमान छ ।

बिरुवा रोपेको चार महिनाभित्र फूल फुल्न थाल्ने भएकाले थोरै लगानीबाट पनि राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ ।स्थानीय बजारमा मात्र नभई आवश्यक पर्ने फूल चितवनमा पनि उपलब्ध गराउँदै आएको उनले जानकारी दिए ।


प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  ०८:४४
प्रतिक्रिया दिनुहोस्
थप कृषि
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी बुधबार, चैत ४, २०८२
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने सोमबार, चैत २, २०८२
चितवनमा तेरीको उत्पादन घट्यो
चितवनमा तेरीको उत्पादन घट्यो आइतबार, चैत १, २०८२
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण शुक्रबार, फागुन २९, २०८२
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा बिहीबार, फागुन २८, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP