Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
कृषि
  • Home
  • कृषि
  • थन्कियो दुग्धजन्य पदार्थ
थन्कियो दुग्धजन्य पदार्थ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक २४, २०८०

चितवन- भरतपुरको ठिमुरामा रहेको चितवन मिल्कका चिस्यान केन्द्र र गोदाम सबै दुग्धजन्य पदार्थले भरिएका छन् । बढीमा दुई दिन उत्पादन हुने वस्तुको भण्डारण गर्न सक्ने क्षमता उद्योगसँग छ । उद्योगका चिस्यान केन्द्रको प्यासेजसमेत दुग्धजन्य पदार्थले भरिएका छन् ।

यो उद्योगमा सहकारी र डेरी उद्योगले प्रशोधनका लागि ल्याएको दूध प्रशोधन गरेर पाउडर र बटर बनाउने गरिन्छ । उद्योगले प्रशोधन शुल्क लिएर दुग्धजन्य पदार्थ सम्बन्धित व्यक्तिलाई पठाउँछ । सहकारी र डेरी उद्योगले बिक्री गर्न नसकेपछि दुग्धजन्य पदार्थले गोदाम र चिस्यान केन्द्र भरिएका हुन् ।

उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार चार सय ५० टनभन्दा बढी बटर चिस्यान केन्द्रमा छ । उद्योगको बाहिरको दुई सय ५० टन क्षमताको चिस्यान केन्द्र र भित्रको ५० टनका दुईवटा चिस्यान केन्द्र भरिएर चारवटा प्यासेजमा बटर राखिएको छ । यसलाई माइनस २० डिग्री तापक्रममा राख्नुपर्छ ।
 
त्यसैगरी पाउडर दूधले गोदाम भरिएको छ । उनले भने, “हामीसँग रु एक अर्बको भन्दा बढी दुग्धजन्य पदार्थ गोदाममा छ ।” डेरी उद्योग र सहकारीलाई सामान लैजान ताकेता गरिरहेको भए पनि नलगेपछि उद्योग सञ्चालन गर्नै नसक्ने अवस्थामा पुगेको पराजुलीको गुनासो छ ।
 
विसं २०६४ मा स्थापना गरिएको यो उद्योग भूकम्पसँगै बन्द हुन पुगेको थियो । विसं २०७५ देखि यो उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको रु एक सय १३ र बटरको प्रतिकिलो रु ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ ।
 
योमात्रै होइन, प्रशोधन गर्ने उद्योग र चिस्यान केन्द्र सबैमा दुग्धजन्य पदार्थ मौज्दात छ । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा राजेन्द्रप्रसाद यादव रु १० अर्बभन्दा बढीको दुग्धजन्य पदार्थ मौज्दात रहेको बताउनुहुन्छ । दसैँतिहारको समयमा मासुजन्य पदार्थ खपत बढी हुने हुँदा दुग्धजन्य पदार्थको खपत कम भएको उनले बताए ।

Hardik health

आर्थिक मन्दीका कारण क्रयशक्ति घट्दा विगतको जस्तो खपत हुन नसकेको कार्यकारी निर्देशक डा यादवको भनाइ छ । क्रमशः खपत बढ्दै जाने उनको भनाइ छ । यससँगै भारत, बङ्गलादेश, जापानलगायतका देशमा निर्यातको विषयमा छलफल भइरहेको उनले जानकारी दिए । कार्यकारी निर्देशक डा यादवले भने, “खपत बढाउनका लागि सबै लाग्नुपर्ने देखिएको छ ।” प्रचारात्मक अभियानमार्फत खपत बढाउन उनले सुझाव दिए । 

डेरी एशोसिएसनका अध्यक्ष राजकुमार दाहाल दूध किन्न सक्ने अवस्था हुन छाडेको बताए । प्रशोधन भएका दुग्धजन्य पदार्थ राख्ने ठाउँ नहुँदा समस्या भएको उनको भनाइ छ । बीचको समयमा लम्पिस्किन रोगका कारण दूधको खपत घटेको र भारतीय बजारबाट दूध आएका कारण पनि नेपाली उत्पादनले बजार नपाएको उनले बताए । उनले भने, “हाम्रो लागत मूल्य बढी हुँदा निर्यातमा पनि समस्या छ ।” सरकारले निर्यातमा अनुदान दिएर छिमेकी देशमा दुग्धजन्य पदार्थ पठाउनुपर्ने उनले बताए ।
 
दैनिक ७५ लाख लिटर दूध उत्पादन हुने भन्दै उहाँले त्यसमध्ये ५० प्रतिशत बजारमा आउने गरेको बताए । बजार आएको दूधमध्ये पनि १७ प्रतिशतमात्रै सरकारी नीति–नियम पूरा गरेर प्रशोधन गर्न सक्ने गरी आएको अध्यक्ष दाहाल बताए । दैनिक तीन लाख लिटरभन्दा बढी दूध विभिन्न उद्योगमा प्रशोधन हुने गरेको भन्दै उहाँले सबै चिस्यान केन्द्र दुग्धजन्य पदार्थले भरिएको बताए।
 
नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल आफूहरू बङ्गलादेश गएर अध्ययन गरेर फर्किएको भए पनि सरकारी अनुदानबिना यहाँको उत्पादन पठाउन नसकिने बताए । स्वदेशमा यसको खपत बढाउन नसकेमा समस्या रही नै रहने भन्दै उनले दुग्धजन्य पदार्थको महत्वका बारेमा प्रचारात्मक अभियानमा जुट्नुपर्ने बताए ।

आफूहरूले पाहुनालाई स्वागत, सम्मान गर्दा र मायाको चिनो दिनुपर्दा दुग्धजन्य पदार्थ प्रयोग गर्न थालेको उनले बताए । उनले भने, “अब हामीले चिसो पेय पदार्थ होइन, दूध, दही र मोहीको प्रयोग गर्नुपर्छ”, भोजभतेरमा समेत मोही राख्ने चलन बढेको उनले बताए ।
 
इतिहासमै पहिलोपटक दुग्धजन्य सबै पदार्थ मौज्दात रहेको दाहालले जानकारी दिए । सरकारले यसबारेमा समयमै सोचेर किसान र उद्योग बचाउनुपर्ने धेरैको माग छ । डेरी उद्योगले दुग्धजन्य पदार्थ राख्ने ठाउँ अभाव भएको भन्दै लैजान आनाकानी गर्न थालेपछि किसान चिन्तित बनेका छन् ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्
थप कृषि
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै शुक्रबार, पुस ११, २०८२
गड्यौलाकाे मल बिक्रीबाट २५ लाखसम्म आम्दानी
गड्यौलाकाे मल बिक्रीबाट २५ लाखसम्म आम्दानी शुक्रबार, पुस ११, २०८२
प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड
प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड बिहीबार, पुस १०, २०८२
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध बुधबार, पुस ९, २०८२
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग बुधबार, पुस ९, २०८२
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार मंगलबार, पुस ८, २०८२
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP