Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
समाचार
  • Home
  • समाचार
  • बढी भौतिक क्षति रुकुम पश्चिममा, ज्यान गुमाउनेमा अधिकांश बालबालिका र महिला 
जाजरकोट भूकम्प बढी भौतिक क्षति रुकुम पश्चिममा, ज्यान गुमाउनेमा अधिकांश बालबालिका र महिला 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक २१, २०८०

काठमाडौं– जाजरकोट भूकम्पबाट भएको क्षतिको पूर्णविवरण आइसकेको छैन । सोमबार साँझसम्म प्राप्त विवरणअनुसार १७ हजार ७९२ घर पूर्णरुपमा क्षति भएको छ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दुमा शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पले सबैभन्दा बढी भौतिक क्षति रुकुम पश्चिममा भएको गृह मन्त्रालयले जनाएको छ ।

गृहको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार रुकुम पश्चिमका १६ हजार ५७० घरमा पूर्ण क्षति पुगेको छ । त्यहाँका नौ हजार ९६१ घरमा आंशिक क्षति पुगेको छ । भूकम्पको केन्द्रबिन्दु जिल्ला जाजरकोटका भने एक हजार १७० घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । जाजरकोटका सात हजार १८२ घरमा आंशिक क्षति पुगेको तथ्यांक छ ।

भूकम्पका कारण मानवीय क्षति भने जाजरकोटमा सबैभन्दा धेरै भएको छ । जाजरकोटमा भूकम्पमा परी सोमबार साँझसम्म १०५ जनाको मृत्यु भएको छ भने यहाँका १४५ घाइते विभिन्न अस्पतालमा उपचाररत छन् । यता रुकुम पश्चिमका ५२ जनाको मृत्यु र २०० जना घाइते भएका छन् ।

जिल्ला           मानवीय क्षति             घर क्षति
                    मृत्यु        घाइते         आंशिक    पूर्ण
जाजरकोट       १०५    १४५             ७१६६    ११७०
रुकुम पश्चिम      ५२     २००             ९९६१    १६५७०
रुकुम पूर्व           ०      ०                  १८२     २
सल्यान               ०      २                  ९७      २५
आसपासका जिल्ला  ०    १९               १२३    २५
    जम्मा              १५७    ३६४    १७,५२९    १७,७९२
स्रोतः गृह मन्त्रालय

Hardik health

मृत्यु हुनेमा बालबालिका र महिला धेरै 
जाजरकोट भूकम्पमा परी मृत्यु भएकामध्ये झण्डै आधा संख्या बालबालिका रहेको पाइएको छ । प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५७ मध्ये ७८ जना बालबालिका रहेका छन् ।जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ जना बालबालिकाको भूकम्पमा परी मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले जानकारी दिए । उनका अनुसार दुवै जिल्लामा गरी मृत्यु हुने झण्डै आधा बालबालिका रहेका छन् । जाजरकोटमा मृत्यु भएका १०५ मध्ये बालक २७  र बालिका २३ जना रहेका रोकाले बताए ।

रुकुम पश्चिममा भूकम्पमा परी ५२ जनाको मृत्यु भएकामा २८ बालबालिकाले रहेका जिल्ला प्रहरी प्रमुख नमराज भट्टराईले जानकारी दिए । ‘रुकुम पश्चिममा भूकम्पमा मृत्यु भएकामध्ये अधिकांश बालबालिका छन् । दुईजना १० महिनाका बालबालिकालेसमेत ज्यान गुमाएका छन्,’ भट्टराईले भने । भूकम्पमा परी मृत्यु हुनेमा बालबालिकापछि महिला धेरै रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जाजरकोटमा मृत्यु भएका १०५ मध्ये ३३ जना महिला भएको जाजरकोटका प्रनाउ रोकाले जानकारी दिए । रुकुम पश्चिममा १६ महिला र आठ जना पुरुषको मृत्यु भएको छ । विपद्मा महिला, बालबालिका र ज्येष्ठ नागरिकसँगै अपांगता भएका व्यक्ति बढी प्रभावित हुने गरेका छन् ।

राष्ट्रपति युरो भ्रमण रद्द, आज प्रभावित क्षेत्रमा जाँदै
राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्प प्रभावित जिल्ला जाने भएका छन् । युरोप भ्रमण रद्द गरेर राष्ट्रपति पौडेल आज बिहान जाजरकोट र रूकुम पश्चिम जाने कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपति पौडेल भूकम्पपछिको अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टरमा जाजरकोट र रूकुम पश्चिम पुग्ने छन् । राष्ट्रपति पौडेलले भूकम्पकै कारण कात्तिक २२ गतेदेखि हुने युरोप भ्रमण पनि स्थगित गरेका हुन् ।

सहयोग जुट्ने क्रम जारी
जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि सहयोगको प्रतिबद्धता आउने क्रम जारी छ । छिमेकी मुलुक चीनले १० करोड रुपैयाँ बराबरको सहायता सामग्री दिने घोषणा गरिसकेको छ । अर्को छिमेकी मुलुक भारतले १६ करोड रुपैयाँ बराबरको राहत सामग्री आइतबार नै हस्तान्तरण गरेको छ ।बुद्ध एयरले एक करोड रुपैयाँ कोषमा जम्मा गरेको छ । त्यसैगरी कोषमा भाटभटेनी डिपार्टमेन्टल स्टोरका सञ्चालक मीनबहादुर गुरुङले एक करोड ११ लाख रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका छन् ।

बैंक, इन्स्योरेन्ससहित आइएमई ग्रुपले भूकम्प प्रभावितलाई डेढ करोड रुपैयाँ सहयोग गर्ने वाचा गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एक करोड रुपैयाँ कोषमा जम्मा गर्ने भएको छ । नेपाली कांग्रेसले संघीय सांसदको १५ दिनको तलबबापत हुने ३२ लाखभन्दा बढी रकम कोषमा जम्मा गर्ने भएको छ । पार्टीका तर्फबाट कांग्रेसले ५० लाख दिने प्रतिबद्धता शनिबार नै जनाइसकेको थियो । राप्रपाले २५ लाख दिने घोषणा गरेसँगै एकीकृत समाजवादीले पनि २५ लाख दिने घोषणा गरेको छ । माओवादी केन्द्रले ५० लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ भने यता बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले भूकम्पपीडितलाई सहयोग गर्न सरकारी कोषमा १० लाख रुपैयाँ दिने भएको छ ।

नेपाल पर्वतारोहण संघले ३१ लाख ११ हजार रुपैयाँ, एनआइसी एसिया बैंकले ५१ लाख र एनसेलले ५० लाख दिने भएका छन् । सिटिजन्स बैंकले २५ लाख दिने घोषणा गरेको छ । बागमती प्रदेश सरकारले डेढ करोड तथा सुदूरपश्चिम र गण्डकी सरकारले एक÷एक करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।त्यसैगरी नेपाल एलपी ग्यास उद्योग संघले कोषमा ११ लाख ११ हजार रुपैयाँ जम्मा गरेको छ भने भूकम्पप्रभावित क्षेत्रमा ३०० थान सिलिण्डर सहयोग गर्ने जनाएको छ ।

यसैगरी काठमाडौं महानगरपालिकाले भूकम्पप्रभावितका लागि सोमबार दुई हजार थान ब्ल्यांकेट पठाएको छ । यससँगै दुई हजार घर परिवारका लागि खाद्यान्न राहत, औषधि तथा सफाइ सामग्री पठाउने तयारी गरेको महानगरले जनाएको छ । नेपाली सेनाको स्काइ ट्रकबाट ब्ल्यांकेट पठाइएको र राहतका प्याकेट स्थलमार्गबाट पठाउने तयारी गरेको जनाइएको छ । राहत सहयोगसँगै प्राविधिक सहयोग आवश्यक परे महानगरपालिकाले उपलब्ध गराउने नगरप्रमुख बालेन्द्र शाहले बताएका छन् ।


प्रधानमन्त्री उद्वार कोषमा दुई करोडभन्दा बढी जम्मा
प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा आइतबारसम्म दुई करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ । आइतबार सरकारले सार्वजनिक गरेका विभिन्न छ वटा बैंक खातामा दुई करोड २२ लाख २१ हजार रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखा शाखा प्रमुख सूर्यप्रसाद भण्डारीले जानकारी दिए ।

आइतबारमात्रै उक्त पैसा खातामा जम्मा भएको उनले बताए । ‘आइतबार दिनभरको जम्मा भएको रकम हो । सोमबार दिनभरको फेरि अर्को दिनमात्रै कति जम्मा भयो थाहा हुन्छ,’ उनले भने । शुक्रबार राति जाजरकोटमा भएको भूकम्पपछिको राहत तथा उद्धारका लागि सरकारले रकम जम्मा गर्न अपिल गर्नुअघि कोषमा तीन अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा थियो । राहत, उद्वार तथा पुनर्निर्माणका लागि विभिन्न क्षेत्रबाट सहयोग गर्नेको संख्या उल्लेख देखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

राहत एकद्वार प्रणालीबाट
सरकारले भूकम्पपीडितका लागि राहत एकद्वार प्रणालीबाट वितरण गर्ने व्यवस्था गरेको छ । विभिन्न क्षेत्रबाट प्राप्त सहयोग रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोष नियमावली, २०६३’ अनुसार परिचालन हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

कोषको रकम जिल्ला दैवी प्रकोप उद्वार समितिमा पठाउनुपर्ने नियमावलीमा व्यवस्था छ । उक्त रकम पीडितको अस्थायी आवास, औषधि उपचार, घर मर्मत लगायतमा प्रयोग गर्न पाउने नियमावलीमा छ । प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालै क्षतिको विवरण संकलन गरेर आवश्यक संरचनामार्फत पुनर्निर्माणको काम गरिने बताएका छन् । पुरानो कानुनी संरचनाले पनि पुनर्निर्माणमा समस्या भइरहेकाले आवश्यक कानुनी व्यवस्था गर्ने सरकारको तयारी छ ।

‘भइरहेको ऐन, विधि र संरचनाले पुनर्निर्मिाणको काम प्रभावकारी देखिएको छैन,’ प्रधानमन्त्री दाहालले भनेका छन् । सरकारले तत्कालका लागि पुनर्निर्माणको काम सहरी विकास मन्त्रालयलाई दिएको छ ।एकीकृत योजना बनाउने र एक वर्षमा संरचना निर्माण सक्ने सरकारको योजना छ । तत्कालका लागि सरकारले मृतकका परिवारलाई दुई लाख रुपैयाँका दरले राहत दिने निर्णय गरिसकेको छ । 


सोमबार पुनः भूकम्प, चार जना घाइते
जाजरकोट भूकम्पको परकम्प जाने क्रम रोकिएको छैन । जसले प्रभावित क्षेत्रमा थप त्रास सिर्जना गरिरहेको छ । सोमबार अपराह्न ४ बजेर ३१ मिनेटमा ५.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।उक्त भूकम्पले पुनः घरहरु भत्किँदा रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा चारजना घाइते भएका छन् । घाइते भएका चारै जनालाई तत्काल उद्धार गरी नगर अस्पताल राडीमा पु¥याएको नगरप्रमुख रवी केसीले जानकारी दिए । घाइतेको नगर अस्पतालमा उपचार भइरहेको छ । 

भूकम्प आउने जोखिम कायमै रहेकाले सचेत रहन नगरप्रमुख केसीले अनुरोध गरेका छन् । सोमबार पनि रामीडाँडा नै केन्द्रबिन्दु भएर परकम्प गएको केन्द्रले जनाएको छ । पटक–पटक भूकम्पको धक्का महसुस हुँदा स्थानीय झन् त्रसित हुँदै गएका छन् । कात्तिक १९ गते शुक्रबार राति करिब पौने १२ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१ स्थित रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि दिन बिहान १ः२२ बजे ४ रेक्टर स्केल र बिहान ४ः५३ बजे ३.८ रेक्टर स्केलको परकम्प गएका थिए । 


प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १०:३५
#जाजरकोट भूकम्प
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री सोमबार, कात्तिक ३, २०८२
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु सोमबार, कात्तिक ३, २०८२
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान सोमबार, कात्तिक ३, २०८२
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै सोमबार, कात्तिक ३, २०८२
गर्भवतीको समयमै हवाई उद्धार हुँदा 
गर्भवतीको समयमै हवाई उद्धार हुँदा  सोमबार, कात्तिक ३, २०८२
कार्तिक कृष्ण आमावास्या:  धन धान्यकी देवी लक्ष्मी पूजा
कार्तिक कृष्ण आमावास्या:  धन धान्यकी देवी लक्ष्मी पूजा सोमबार, कात्तिक ३, २०८२
लुटिएका हतियारको त्रास
लुटिएका हतियारको त्रास सोमबार, कात्तिक ३, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP