Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
कृषि
  • Home
  • कृषि
  • पाँचखालमा ‘जापानिज’ प्रविधिमा प्रांगारिक मल उत्पादन
पाँचखालमा ‘जापानिज’ प्रविधिमा प्रांगारिक मल उत्पादन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक २०, २०८०

काभ्रेपलाञ्चोक-  काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको सहकार्यमा जापानिज प्रविधिबाट प्रांगारिक (कम्पोस्ट)मल उत्पादन थालिएको छ । पाँचखाल नगरमा निस्कने कुहिले फोहर संकलन तथा गोबर सुली, पातपतिंगरको प्रयोगबाट जापानिज प्रविधिद्वारा प्रांगारिक मल उत्पादन सुरु गरिएको हो ।

वडा नं ४ स्थित जिरोकिलोमा स्थापित प्रांगारिक मल केन्द्रको आइतबार एक कार्यक्रमकाबीच नगर प्रमुख महेश खरेलले उद्घाटन गरेका हुन्  ।  केन्द्रले नेपाल सरकारको मापदण्डअनुसार जापानिज प्रविधि (सिएनबीएम)मा मल उत्पादन गरिने रिकिशी कम्पोस्ट प्रालिको प्रबन्ध निर्देशक उषा गिरीले बताए । उनले कार्बन, नाइट्रोजन, मिनरल्स् र ब्याक्टेरियाको समिष्रणबाट प्रांगारिक मल उत्पादन हुने जानकारी दिए ।

“ती मिष्रणबाट बनेको मलले माटोलाई खुकुलो बनाउनुका साथै माटोलाई बिरुवाका लागि आवश्यक सबैखाले पोषकतत्व पुग्ने छ”, गिरीले भने  ।  प्रांगारिक मल उत्पादनका लागि नगरमार्फत नकुहिने फोहर तथा जंगलका पातपतिंगर व्यवस्थापनमा सहयोग पुगे केन्द्रले कृषकलाई मल कसरी वितरण गर्नेबारे थप छलफल गर्ने जनाएको छ । “हामी मागअनुसार पर्याप्त मल उत्पादन गर्न सक्छौँ, यसका लागि नगरको समन्वय आवश्यक छ”, उनले भने । उनका अनुसार जापानस्थित ग्रीन यामाकाजी कम्पोस्ट प्रालिको सिएनबीएम प्रविधिमा पाँचखालमा प्रांगारिक मल उत्पादन थालिएको हो । केन्द्रले स्थानीय कृषकलाई उक्त मलबारे शिक्षा, तालिम र चेतना तथा प्राविधिक र परामर्श सेवा प्रदान गरिने जनाएको छ ।

Hardik health

रासायनिक मलको अभावमा पर्याप्त कृषिउपज उत्पादन गर्न कठिनाइ भएको समयमा केन्द्रको स्थापनाले कृषकलाई निकै राहत पुग्ने खरेलले बताए । उनले भने, “नगरले फोहर संकलन तथा अन्य आवश्यक समन्वय र सहयोग गर्नेछ ।” उनले प्रयोग गरी स्थानीय कृषकलाई ‘डेमोस्ट्रेसन’ गर्न सुझाव दिएका छन्  । 

यसअघि लभग्रीन नेपाल नामक संस्थाले एकीकृत शत्रुजीव व्यवस्थान प्रविधि (आइपीएम) कृषक पाठशालामा पाँचखाल नगरका करिब एक हजार अगुवा कृषकलाई विभिन्न चरणमा १८ महिना घरमै जैविक विषादी तथा कम्पोस्ट मल बनाउने विधि अध्ययन गराएको थियो । उक्त संस्थाले केही वर्षदेखि पाँचखालमा आइपीएम, पशु व्यवस्थापन तथा स्वस्थ दूध उत्पादनजस्ता कृषक उपयोगी तालिम दिँदै आएको छ भने तरकारीमा विषादी तथा रासायनिक मल न्यूनीकरण गरी कृषकलाई प्रांगारिक कृषि उत्पादनतर्फ लैजान निरन्तर प्रयासरत छ । 

यसैबीच पाँचखालका कृषकलाई प्रयोगशाला (रेपिड बायो एसे पेस्टिसाइड रेजिड्यू–आरबीपीआर ल्याब)मा आफूले उत्पादन गरेको तरकारीको विषादी अवशेषको मात्र परीक्षण गर्न ल्याउन पनि सबैमा अपिल गर्दै आइएको छ । केन्द्रमा करिब दुई वर्षदेखि जिल्लाको विभिन्न स्थानको तरकारीको नमूना संकलन गरी नियमित परीक्षण हुँदै पनि आएको छ । संकलित नमूनाको विषाद रुकावट अवशेष परीक्षण÷मापन गर्दा सुरक्षित मापदण्डभित्र रहँदै आएको जनाइएको छ । 

परीक्षणबाट पाँचखालको तरकारीमा विषादीको रुकावट प्रतिशत (इमिसन रेट) सरदर तीनदेखि नौ प्रतिशतसम्म झर्ने गरेको र १० देखि २० इमिसन रेटसम्मका तरकारी उत्पादन भइरहेको हालसम्मको परीक्षण प्रतिवेदनले देखाएको जनाइएको छ ।  बागमती प्रदेशको विषादी अवशेष द्रुत विश्लेषण कार्यविधि, २०७५ मा ३५ देखि ४५ प्रतिशतसम्म देखिएमा चार–पाँच दिन क्वारेन्टिनमा राखेर पुनःपरीक्षणमा ३५ प्रतिशतभन्दा कम नतिजा आएमा खानयोग्य हुने र ४५ प्रतिशतभन्दा बढी ‘इन्हिविसन’ आएमा उक्ति कृषिउपजलाई खान अयोग्य मानेर नष्ट गर्नुपर्ने उल्लेख छ । 


प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १२:५३
प्रतिक्रिया दिनुहोस्
थप कृषि
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै शुक्रबार, पुस ११, २०८२
गड्यौलाकाे मल बिक्रीबाट २५ लाखसम्म आम्दानी
गड्यौलाकाे मल बिक्रीबाट २५ लाखसम्म आम्दानी शुक्रबार, पुस ११, २०८२
प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड
प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड बिहीबार, पुस १०, २०८२
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध बुधबार, पुस ९, २०८२
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग बुधबार, पुस ९, २०८२
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार मंगलबार, पुस ८, २०८२
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP