Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • ‘घाइतेको उपचारमा समस्या छैन’ 
‘घाइतेको उपचारमा समस्या छैन’ 
कृष्णबहादुर जिसी
कृष्णबहादुर जिसी आइतबार, कात्तिक १९, २०८०
कृष्णबहादुर जिसी, मन्त्री, आन्तरिक मामिला तथा कानुन, कर्णाली प्रदेश

भूकम्पलगत्तै नजिकका सुुरक्षा निकाय र स्थानीय सरकारहरूलाई परिचालन गर्‍यौं । प्रदेश राजधानीबाट पनि उद्धार कार्यका लागि चिकित्सकसहितको थप जनशक्ति परिचालित छ । शनिबार बिहान उज्यालो भएदेखि नै हवाई माध्यमबाट समेत उद्धार टोली परिचालित छ । पहिलो उडानबाट तीन जना घाइतेको उद्धार भयो । अन्य घाइतेहरूको पनि उद्धार गरेर अस्पताल पुर्‍याइसकेका छौं । काठमाडौंमा सात जना गम्भीर घाइतेहरूलाई थप उपचारका लागि पठायौं । 

शनिबार बिहानै प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बसेर उद्धारका लागि सबै संयन्त्र परिचालन गर्ने र आवश्यक साधन स्रोतदेखि जनशक्तिहरू घटनास्थलमा परिचालित गर्ने निर्णय गरेर सोहीअनुसार भइरहेको छ । हामीले उद्धार र उपचारमा कुनै कमी नगर्ने प्रयास गरिरहेका छौं । एउटाचाहिँ दुर्गम क्षेत्रमा जान समस्या भएको छ । त्यसका लागि हवाई माध्यमबाट जानुपर्ने भएको छ ।

घाइतेहरू अस्पतालमा खचाखच रहेको र उपचार गर्न समस्या भएको विवरणहरू पनि आए । त्यस्तो त होइन । शनिबार बिहानैदेखि नेपाली सेनाको एउटा टोली रुकुम पश्चिमको आठबिसकोठ नगरपालिकामा घाइतेहरूको उपचार गरिरहेको छ । जाजरकोटमा पनि नेपाली सेनाको चार जनाको टोली सक्रिय छ । स्काई ट्रकमार्फत् काठमाडौंदेखि आएको नेपाली सेनाको अर्को चिकित्सकको टोलीले उपचार गरिरहेको छ ।

Hardik health

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको अर्को चिकित्सकहरूको टोली पनि उपचारमै छ । सुदूरपश्चिम सरकार र लुम्बिनी सरकारले पनि चिकित्सकहरू पठाएका छन् । सशस्त्र प्रहरीका चिकित्सकहरू पनि आइपुगेका छन् । स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरू सबै जुटेका छन् । त्यसले गर्दा उपचारमा समस्या छैन ।


(मन्त्री जिसीसँग प्रभावले गरेको टेलिफोन कुराकानीमा आधारित)
 


प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १०:३५
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP