Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
समाचार
  • Home
  • समाचार
  • राहत र पुनःस्थापना आजदेखि : प्रधानमन्त्री
राहत र पुनःस्थापना आजदेखि : प्रधानमन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक १९, २०८०

काठमाडौं- भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा उद्धार कार्यको नेतृत्व गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज (आइतबार)देखि राहत र पुनःस्थापनाको काम गरिने बताएका छन् । त्यसका लागि आज बिहान ८ बजे मन्त्रिपरिषद् र विपद् व्यस्थापन समितिको बैठक बोलाइएको बताए । 

‘मन्त्रिपरिषद् बैठक बोलाइसकेको छु । त्यसपछि विपद् व्यवस्थापनको बैठक बसेर राहत र पुनःस्थानाको काममा लाग्छौं,’ शनिबार भूूकम्पप्रभावित क्षेत्रबाट फर्केपछि प्रधानमन्त्री दाहालले भने ।शनिबार बिहानै उनी नेपाली सेनाका चिकित्सकहरू लिएर जाजरकोट र रुकुम पश्चिम गएका थिए ।

घण्टौंसम्म त्यहीँ बसेर उद्धारको कामलाई प्रभावकारी बनाउन संयोजनसमेत गरे । उनले भूकम्पीय घटनामा परी ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गरेका छन् । भूकम्पपीडितलाई राहत, पुनःस्थापना र घाइतेको उपचारमा सरकार गम्भीर रहेको उनले बताए । भूकम्पपीडितसमक्ष उनले राज्य साथमा रहेको भन्दै नआत्तिन आग्रह गरेका थिए । 

जुट्दै सहयोगी हात 
विनासकारी भूूकम्पले कर्णाली प्रदेशको दुई जिल्ला जाजरकोट र रुकुम पश्चिममा जनधनको ठूलो क्षति पु¥याउँदा सरकारी तथा निजी संस्थाहरूले हातेमालो गरेका छन् । संघीय सरकारले दुवै जिल्लामा तत्कालका लागि उद्धार र राहतका लागि पाँच÷पाँच करोड रुपैयाँ सहायता पठाउने भएको छ । बागमती प्रदेश सरकारले एक करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपैयाँ सहायता प्रदान गर्ने घोषणा गरेको छ । 

लुुम्बिनी प्रदेश सरकारले पनि डेढ करोड रुपैयाँ सहयोग गर्ने प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनबहादुुर मास्कीले जानकारी दिए । कोशी प्रदेश सरकारले तत्कालका लागि भूूकम्पपीडितलाई एक करोड रुपैयाँसहित राहत सामग्री पठाउने भएको छ । प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा हुनेगरी उक्त सहायता रकम पठाइने बताए । 

Hardik health

गण्डकी प्रदेश सरकारले भूकम्पबाट प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्रीसहितको चिकित्सक र स्वास्थ्यकर्कीको टोली पठाएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शनिबार एक अपिल जारी गरी प्रभावित क्षेत्रमा मानवीय सहायता पु¥याउने उद्देश्यले चिकित्सकसहितको टोली त्यसतर्फ पठाइएको जानकारी दिए । सरकारले प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालका प्रमुख डा. विकास गौचनको नेतृत्वमा मेडिकल, हाडजोर्नी र एनेस्थिसियाको विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्कीका साथै उपचार सामग्री भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा पठाएको हो ।

सत्तारूढ दल नेपाली कांग्रेसले भूकम्पपीडितका लागि ५० लाख रुपैयाँ आर्थिक सहायता दिने भएको छ । स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई पनि सहायताका लागि कांग्रेसले अपिल गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको दलले पनि भूकम्पपीडितहरूलाई एक लाख रुपैयाँ दिने भएको छ । यता नेपाल आयल निगमले उद्धारमा खटिने नेपाल एयरलाइन्सको विमान तथा सेनाको हेलिकप्टरका लागि निःशुल्क इन्धनको व्यवस्था गरेको छ । निगमले सामाजिक उत्तरदायित्व कोषबाट हवाई इन्धन सहयोग गर्ने जनाएको छ ।

‘रुकुम पश्चिम र जाजरकोटमा उडान भर्नका लागि चौरजहारीमा एयरपोर्ट छ । त्यहाँ ट्विनअटर मात्रै जान सक्ने हुँदा नेपाल एयरलायन्सको ट्विनअटरका लागि निःशुल्क इन्धन उपलब्ध गराउने भएका हौं,’ निगम प्रवक्ता मनोज ठाकुरले भने, ‘उद्धारका लागि होलिकप्टर जहाँ पनि जानसक्छ, त्यसको इन्धन खर्च निगमले व्यहोर्छ ।’

भूकम्पप्रभावित जाजरकोट, रुकुम पश्चिम र पूर्वमा नेपाल टेलिकमले पाँच दिनसम्म निःशुल्क फोन र मेसेज सेवाको व्यवस्था गरेको छ । सूचना आदानप्रदानलाई निरन्तरता दिन यस्तो सेवा घोषणा गरेको टेलिकमले जनाएको छ ।काठमाडौं मेडिकल कलेजले भूकम्पका कारण घाइते भएकाहरूको उपचार निःशुल्क गर्ने भएको छ । कलेजले शनिबार यस्तो घोषणा गरेको हो । 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिना बराबरको तलब भूकम्पपीडितलाई दिने भएका छन् । लुुम्बिनी प्रदेश सरकारले भूकम्पप्रभावित जिल्लाहरूमा घाइतेहरूको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी र स्वास्थ्यकर्मी पनि पठाएको छ । 

कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पनि भूकम्पपीडितका लागि प्रत्येक केन्द्रीय सदस्यबाट एक हजार रुपैयाँ रकम उठाउने भएको छ । घाइतेहरूको उपचारमा रगत अभाव हुने भएपछि नेपालगञ्जका युवाहरूले स्वतःस्फूर्त रक्तदान गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीमा आबद्ध भएका डाक्टरहरूको दुुईवटा टोली जाजरकोट र रुकुम पश्चिम पठाएको जानकारी दिएको छ ।

सरकारले काठमाडौंदेखि जाजरकोट र रुकुम पश्चिम निःशुल्क जान चारवटा बसको व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतका अनुसार काठमाडौं उपत्यकामा रहेका भूूकम्पप्रभावित क्षेत्रका जनतालाई घर जान सहायता होस् भनेर निःशुल्क बसको व्यवस्था गरिएको हो । 

मित्रराष्ट्रको साथ
कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिम भूूकम्पीय घटनाले शोकाकुल छँदा मित्रराष्ट्रहरूले सहयोग गर्ने जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःखको यस घडीमा आफ्नो देश नेपालको साथमा रहेको र आवश्यक सबै सहायता उपलब्ध गराउने बताए । सामाजिक सञ्जाल ‘एक्स’मार्फत उनले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना पनि गरेका छन् । २०७२ सालको विनासकारी भूकम्पका बेला पनि भारतले नेपाललाई सहायता उपलब्ध गराएको थियो । 

अर्को उत्तरी मित्रराष्ट्र चीनका राजदूत छन् सङले पनि भूूकम्पपीडित नेपालीको साथमा रहेको बताएका छन् । काठमाडौंस्थित अमेरिकी राजदूतावासले भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न तयार रहेको जनाएको छ ।

चीनले १० करोडको सहायता सामग्री उपलब्ध गराउने
चीनले जाजरकोट भूकम्पपीडितका लागि १० करोड रुपैयाँ बराबरको सहायता सामग्री उपलब्ध गराउने घोषणा गरेको छ । नेपालका लागि चीनका राजदूत छन सङले सामाजिक सञ्जाल एक्समा उक्त रकम बराबरका आपत्कालीन सहायता सामग्री प्रदान गर्ने घोषणा गरेका हुन् ।त्रिपाल, कम्बललगायत राहत सामग्री चीनबाट नेपालतर्फ पठाइएको र केही दिनभित्रै ती सामग्री नेपाल सरकारमार्फत पीडितलाई प्रदान गरिने जनाइएको छ । 

रुसी राष्ट्रपतिद्वारा दुःख व्यक्त
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको जाजरकोट भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । आफ्ना नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई शनिबार शोक सन्देश पठाउँदै प्राकृतिक विपत्तिको यस दुखद् घटनाबाट पीडित नेपालीप्रति गहिरो समवेदना प्रकट गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ । सन्देशमा राष्ट्रपति पुटिनले नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना  गरेका छन् ।
 


प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १०:१९
#जाजरकोट भूकम्प
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री सोमबार, कात्तिक ३, २०८२
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु सोमबार, कात्तिक ३, २०८२
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान सोमबार, कात्तिक ३, २०८२
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै सोमबार, कात्तिक ३, २०८२
गर्भवतीको समयमै हवाई उद्धार हुँदा 
गर्भवतीको समयमै हवाई उद्धार हुँदा  सोमबार, कात्तिक ३, २०८२
कार्तिक कृष्ण आमावास्या:  धन धान्यकी देवी लक्ष्मी पूजा
कार्तिक कृष्ण आमावास्या:  धन धान्यकी देवी लक्ष्मी पूजा सोमबार, कात्तिक ३, २०८२
लुटिएका हतियारको त्रास
लुटिएका हतियारको त्रास सोमबार, कात्तिक ३, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP