Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
कृषि
  • Home
  • कृषि
  • फूल खेतीमा रमाउँदै किसान
फूल खेतीमा रमाउँदै किसान
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, कात्तिक १८, २०८०

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१ का लक्ष्मी चालिसेले पाँच कट्ठा जमिनमा लगाएको सयपत्री फूल ढकमक्क फुलेको छ । बिहान–बेलुका उनले यिनै फूलको गोडमेलमा सयम बिताउने गरेका छन् । 

फूलखेतीबाट राम्रो आम्दानी हुन थालेपछि चालिसेले धान खेती छाडेर विगत पाँच वर्षदेखि फूल व्यवसाय सुरु गरेको बताए । धान खेतीभन्दा फूलबाट मनग्य आम्दानी भएको उनको भनाइ छ । “पहिलो वर्ष आधा कट्ठा बाँझो जमिनमा फूल लगाएर बिक्री गर्दा रु ४० हजार आम्दानी भयो”, उउनले भने, “अर्को वर्ष धान रोप्ने पाँच कट्ठा जमिनमा फूल खेती गर्न थालेको हो, धानभन्दा फूलबाट मनग्य आम्दानी भयो, अहिले निरन्तर फूल नै लगाउने गरेको छु ।”
 
वार्षिक रु ३० हजारको धान उत्पादन हुने जमिनबाट अहिले खर्च कटाएर रु एक लाख बचत गर्ने गरेको चालिसेले सुनाए । “धान त रु ३० हजारको किन्यो भने वर्षदिनलाई खान पुग्छ, फूल लगाउन थालेपछि आम्दानी बढेको छ”, उनले भने, “बिक्रीका लागि कुनै समस्या छैन्, गत वर्षकै ग्राहकहरूले माग गरेका छन् ।” 

तिहार आउन केही दिन बाँकी हुँदा बगैँचामा फुलेको फूलले छुट्टै रौनक बढाएको छ । फूल खेतीबाट किसानले राम्रो आम्दानीसमेत गरेका छन् । जिल्लामा पछिल्लो समय व्यावसायिक फूल खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । 

Hardik health

कावासोतीका नगरपालिका–९ का ६८ वर्षीय विष्णु पोख्रेलको दैनिकी पनि अहिले फूल बगैँचामा बित्ने गरेको छ । बाँझो रहेको जमिनलाई भाडामा लिएर कावासोती पशुपक्षी कृषि फर्म दर्ता गरी पोख्रेलले फूल खेती सुरु गरेका हुन् । उनको बगैँचामा तिहारका लागि सयपत्रीसँगै अन्य फूल पनि ढकमक्क फुलेका छन् । “पहिले यो जमिन बाँझो थियो, जग्गा भाडामा लिएर फूल रोप्ने काम ग¥यौँ”, पोख्रेलले भने, “गत वर्षको बजार मूल्यअनुसार यस वर्ष रु पाँच लाख आम्दानी हुने अनुमान गरेका छौँ ।” 

कावासोती–९ मा जग्गा भाडामा लिएर स्थानीयले सामूहिक फूल खेती गरेका छन् । रु ८० हजारको लगानीमा गरिएको फूल खेतीबाट यस वर्ष रु पाँच लाखसम्म आम्दानी हुने अनुमान गरिएको बाबुराम केसीले बताए । फूल खेती गरी आत्मनिर्भर बनाउन र आयातलाई कमी गर्ने उद्देश्यले फूल खेती सुरु गरिएको केसीको भनाइ छ । 

“करिब तीन हजार पाँच सय बिरुवा लगाएका छौँ, एक हजारदेखि दुई हजार माला बिक्री गर्ने लक्ष्य रहेको छ”, उनले भने, “अर्को वर्ष जमिन थप गरी फूल खेती गर्ने सोच बनाएका छौँ ।” गाउँका स्थानीय एकजुट भई निर्माण गरिएको समूहले फूल बिक्रीबाट भएको नाफालाई सामाजिक कार्यमा खर्च गर्ने निर्णय गरिएको केसीले बताए ।  

सयपत्री फूल किन्नका लागि अन्य जिल्लाबाट समेत ग्राहक यहाँ आउने गरेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट, कावासोती, देवचुली नगरपालिका र हुप्सेकोट गाउँपालिकालगायत क्षेत्रमा लगाइएका फूल व्यवसायीको आम्दानीको स्रोत भएको व्यापारी बताउँछन् । 
 


प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १४:२९
प्रतिक्रिया दिनुहोस्
थप कृषि
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी बुधबार, चैत ४, २०८२
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने सोमबार, चैत २, २०८२
चितवनमा तेरीको उत्पादन घट्यो
चितवनमा तेरीको उत्पादन घट्यो आइतबार, चैत १, २०८२
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण शुक्रबार, फागुन २९, २०८२
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा बिहीबार, फागुन २८, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP