Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  •  कृषि उत्पादन वृद्धिमा कोरियाको सहयोग
 कृषि उत्पादन वृद्धिमा कोरियाको सहयोग
छङ् ह्वाङ् गुन् 
छङ् ह्वाङ् गुन्  बुधबार, कात्तिक १५, २०८०
छङ् ह्वाङ् गुन् 

काठमाडौं -  कोरिया र नेपालबीचको कूटनीतिक सम्बन्ध आगामी वर्ष ५०औँ वर्षमा प्रवेश गर्दैछ । भौगोलिक रूपमा टाढा भए पनि नेपाल र कोरियाबीच धेरै ऐतिहासिक र सांस्कृतिक समानता रहेको छ । यसअवधिमा दुई देशबीच उच्चस्तरीय भ्रमणको आदानप्रदानदेखि विभिन्न आर्थिक सहयोग उपलब्ध भएको छ ।

विगत १५ वर्षदेखि कोरियाले नेपाललाई व्यावसायिक तालिम, स्वास्थ्य, कृषि र सूचना तथा सञ्चार प्रविधि केन्द्रित विकास सहायता प्राथमिकताका साथ उपलब्ध गराएको छ । बितेका ३० वर्षमा कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका) ले एक सय ५७ विकास परियोजना कार्यान्वयन भएका छन् । रोजगारी अनुमति पद्धति (इपिएस) मा आबद्ध १६ देशमध्ये नेपाल यो वर्ष पहिलो नम्बर बनेको छ । यो वर्ष २० हजार नेपालीलाई कोरियामा काम गर्ने अवसर प्रदान गरिएको छ ।

सन् २०२६ मा विकासशील देशमा स्तरोन्नति हुने नेपालको लक्ष्यमा आफ्नो देशले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं । अल्पविकसित राष्ट्रबाट उठ्ने तयारीमा रहेका नेपालका लागि कोरिया सधैँ साझेदार रहनेछ । कोरियाले नेपाललाई व्यावसायिक तालिम, स्वास्थ्य, कृषि र सूचना तथा सञ्चार प्रविधि केन्द्रित विकास सहायता प्राथमिकताका साथ उपलव्ध गराएको छ । विगत ३० वर्षमा कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका) ले एक सय ५७ विकास परियोजना कार्यान्वयन गरेको छ । 

आगामी दिनमा अन्य क्षेत्रमा जस्तै कोरियाले नेपालको कृषि क्षेत्रमा पनि थप सहयोगलाई बढाउने नीति लिएको छ । म आफैँ कृषक परिवारमा हुर्किएर सानैदेखि कृषकको सुख–दुःख लाई राम्रोसँग अनुभव गर्दै आएको छु । विश्वविद्यालयको अध्ययन पनि कृषि विषयमा नै गरेको हुनाले कृषि क्षेत्र विकासका लागि गहिरो अनुभव रहेको छ । कृषि क्षेत्रमा आबद्ध जनसङ्ख्या धेरै रहेको नेपालमा कृषिमन्त्रीको हैसियतमा पहिलो पटक भ्रमण गर्दा सकारात्मक ऊर्जा मिलेको छ ।  

Hardik health

कोरिया र नेपाल दुई देशको सम्बन्ध विगत लामो समयदेखि नै अत्यन्त सुमधुर रही आएको छ । नेपाललाई आवश्यक पर्दा कोरिया सरकार र जनताले नेपालका विभिन्न क्षेत्रमा हातेमालो गर्दै आएको छ । हामी दुई देशबीच सांस्कृतिक रुपमा पनि समानता रहेको छ । नेपालको प्राकृतिक सौन्दर्यता अवलोकनका लागि तथा धार्मिकस्थल भ्रमणका लागि ठूलो सङ्ख्यामा कोरियाली पर्यटकहरुले नेपाल भ्रमण गरिरहेका छन् । हिमालयको पदयात्रा र बुद्धको जन्मस्थल लुम्बिनीको तीर्थयात्राका लागि बर्सेनि ३० हजार कोरियन नेपाल आउने गर्दछन् । 

नेपालबाट पनि लामो समयदेखि कोरियाको औद्योगिक तथा कृषि क्षेत्रमा काम गर्न तथा अध्ययन व्यवसायका लागि ठूलो सङ्ख्यामा नेपालीले कोरियामा आवतजावत गरिरहेका छन् । कोरियाबाट कृषि क्षेत्रमा काम गरेर फर्किएका अधिकांश नेपालीले कृषि क्षेत्रमा कोरियाबाट सिकेको सीपको उपयोग गरिरहेको पाइन्छ । मलाई लाग्छ नेपाल भौगोलिक र मौसमका हिसाबले विश्वमा उब्जनी हुने सबै किसिमका कृषिजन्य वस्तुको उत्पादन हुने क्षेत्र हो भन्ने लाग्छ । त्यसैले बहुसङ्ख्यक नेपालीहरु कृषि पेसामा आश्रित हुनुभएको भन्ने बारेमा जानकार छु ।   

विगतको तुलनामा हामी दुई देशबीच उच्चस्तरको भेटघाटले पनि स्थान पाउँदै गएको छ ।  यही वर्ष सेप्टेम्बर २१ तारिखका दिन संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाका क्रममा अमेरिकाको न्युयोर्कमा कोरिया र नेपाल दुई देशका सरकार प्रमुखबीच भेटवार्ता भएको छ । गणतन्त्र कोरियाका राष्ट्रपति युन सख्यल र नेपालका प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ बीच न्युयोर्कमा द्विपक्षीय औपचारिक वार्ता भएको थियो । कूटनैतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको नजिकै आएका अवसरमा दुई देशका कार्यकारी प्रमुखको वार्तालाप हुनु सुखद पक्ष हो भन्ने लाग्छ ।

त्यसबेला पनि उहाँहरूले कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सव स्मरणीय बनाउने तथा दुई देशबीच विभिन्न क्षेत्रमा विकास साझेदारी कार्यक्रमलाई मजबुत गर्ने विषयमा छलफल भएको छ । दुई देशका प्रमुखहरुको वार्तालापपश्चात् विभिन्न क्षेत्रमा विकास साझेदारी अवधारणालाई अगाडि बढाउनका लागि मलाई गणतन्त्र कोरियाका राष्ट्रपतिको विशेष दूतका रुपमा नेपाल भ्रमण गर्ने अवसर मिलेको छ ।

कोरिया सरकार कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्रीको नेतृत्वमा यही कात्तिक १५ देखि १७ गते नेपाल भ्रमणमा रहेको छ । यस भ्रमणले दुई देशका सरकार तथा जनस्तरको सम्बन्ध प्रगाढ गराउनका लागि यस भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने छ भन्ने लागेको छ । हामी नेपालको विभिन्न क्षेत्रमा सहकार्य गर्नका लागि आतुर छौं । यस भ्रमणले नेपालको कृषि क्षेत्रको विकासमा अतुलनीय भूमिका खेल्ने छ भन्ने मेरो बुझाई रहेको छ ।

यस भ्रमण अवधिमा नेपालका कृषि मन्त्रीसँग द्विपक्षीय वार्तालाप हुनेछ र सोही अवसरमा कोरिया नेपालबीच कृषि क्षेत्र विकासका साझेदारीका लागि आवश्यक सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । यस सम्झौताले नेपालमा कोरिया पार्टनरसिप फर इनोभेसन अफ एग्रिकल्चर (कोपिया) स्थापना गर्नका लागि भूमिका खेल्नेछ । कोपियाको नेपालमा स्थापना भएपश्चात् नेपालको कृषि क्षेत्रमा महत्वपूर्ण योगदान खेल्ने छ । नेपालको धानबाली उत्पादन वृद्धि तथा आलु खेती उत्पादन वृद्धि गर्न यस सम्झौताले उल्लेखनीय भूमिका निभाउने छ ।

नेपालमा दैनिक भोजन गरिने दालभात जस्तै कोरियामा पनि समान परिकार लिने गरिएको छ । धेरै मात्रामा उपभोग गरिने चामल तथा अन्य तरकारीको तुलनामा बढी मात्रामा प्रयोग हुने आलु खेतीको विकास भएमा मात्र पनि नेपालले वार्षिक रुपमा हुंदै आएको आयातलाई केही हदसम्म घटाउन सकिन्छ भन्ने लाग्दछ । कृषिमा आधुनिकीकरण गरेर बाँझो खेतबारी हराभरा बनाउने उद्देश्य लिएर हामी सबै किसिमका प्राविधिक तथा आवश्यक सहयोग उपलब्ध  गराउंदै जाने विचार लिएका छौं ।

त्यसैगरी, पशुपालन क्षेत्रमा पनि कोरियाको सहयोग निरन्तर रहने बारेमा स्मरण गराउन चाहन्छु । कोरियाले समयसापेक्ष रुपमा विकास गरेको कृषि क्षेत्रको विकासलाई अनुभवलाई नेपालसँग साझेदारी गर्न चाहन्छौँ ।  यसै सन्दर्भमा सन् २०२२ को डिसेम्बर महिना, गणतन्त्र कोरियाबाट होलेस्टेन जातका १०१ वटा दुधालु गाईका बाच्छी र बाच्छाहरु जहाजमार्फत नेपालमा आएको स्मरण गराउन चाहन्छु ।

अर्ध शताब्दी अगाडितिर कोरियामा एक गाईबाट दैनिक औसत १० लिटरभन्दा कम दूध उत्पादन हुने अवस्था थियो भने हाल उन्नत जातका गाईमार्फत दैनिक एक गाईले ३२ लिटर दूध उत्पादन हुने अवस्थामा रहेको छ । हामीले नेपालमा उन्नत जातका गाईपालनका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोगको पनि व्यवस्था गरेका छौँ । हामी नेपाललाई दूधजन्य पदार्थमा आत्मनिर्भर होस् भन्ने योजनाका साथ अगाडि बढिरहेका छौँ । नेपालका पशुपालन क्षेत्रमा आबद्धरत कृषकहरुले यसबाट लावान्वित हुनुहुने छ भन्ने सोचाइ  रहेको छ ।  

हामी नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरणमार्फत खाद्यान्न उत्पादनमा आत्मनिर्भर भई खाद्यान्न सुरक्षा प्रदान गर्न मद्दत गर्ने छौँ । त्यसैगरी कृषिको विविधीकरण, व्यावसायिकीकरण, यान्त्रिकीकरण र क्षमता विस्तार गरी बेरोजगारी समस्या न्यूनीकरण गर्न गहन भूमिका खेल्ने छ भन्ने लाग्दछ । आयात घाटा कम गर्न तथा आर्थिक वृद्धिमा कृषि क्षेत्रले सकारात्मक भूमिका खेल्नेछ भन्ने मेरो बुझाइ रहेको छ ।   

कोरिया र नेपाल सन् १९७४ मा कुटनीतिक सम्बन्ध स्थापना भएपश्चात आगामी वर्ष सन् २०२४ मा ५०औँ वर्षगाँठको समिपमा रहेका छौं । हामी विगत ५० वर्षदेखि रहिआएको सुमधुर सम्बन्धलाई स्मरण गर्दै आगामी ५० वर्षको सम्बन्धलाई बहुआयमिक बनाउनका लागि तथा नेपाललाई विकासशील राष्ट्रको रुपमा अगाडि बढाउनका लागि असल मित्रको भूमिका खेल्ने छौँ । कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न आयोजनामा साझेदारी गर्नका लागि नेपाल सरकारसँग समन्वय गर्दै आवश्यकताको आधारमा समन्वयात्मक भूमिका खेल्न कोरिया सरकार तत्पर रहेको जानकारी गराउँछु ।

अन्त्यमा, कोरिया फर्किएपश्चात् पनि नेपालको कृषि क्षेत्र विकासका लागि कोरिया सरकारको सहयोग निरन्तर जारी रहने तथा यस भ्रमणले नेपालको कृषि क्षेत्रको विकासमा भूमिका निभाउनका लागि सम्झौतामा हस्ताक्षर भएको पुनः स्मरण गराउन चाहन्छु । नेपालको कृषिजन्य उत्पादन वृद्धि गर्नका लागि हाम्रो अनुभव बाँड्नेछौं । त्यसैगरी, यस भ्रमणका अवसरमा नेपालको कृषि क्षेत्रको स्थलगत निरीक्षणमार्फत धेरै कुरा बुझ्ने अवसरको रुपमा सदुपयोग गर्नेछु ।

(प्रस्तुत विचार नेपाल भ्रमणमा आउनुभएका कोरियाका कृषि खाद्य तथा ग्रामीण मामिलामन्त्री छङ् ह्वाङ् गुन्सँग गरिएको कुराकानीमा आधारित)


प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १३:३४
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP