Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
Search Here
कृषि
  • Home
  • कृषि
  • बडादसैँमा किसानलाई धान भित्र्याउने चटारो
बडादसैँमा किसानलाई धान भित्र्याउने चटारो
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक ५, २०८०

ढोरपाटन–  नेपालीको घर आँगनमा दसैँ भित्रिएको छ । टाढा(टाढा गएकाहरु गाउँ फर्कने क्रममा छन् । गाउँमा भने किसानलाई धान भित्राउने चटारो छ । 

खेतभरी पहेँलपुर झुलेको धान वर्षाले भित्र्याउन दिँदैन कि भन्ने पीर किसानलाई छ । आकाशमा बादल मडारिँदा किसान चिन्तत हुन्छन् । यति बेला पश्चिम बागलुङका किसानलाई दसैँ मनाउनभन्दा बढी धान भित्र्याउन भ्याइनभ्याइ छ । दसैँ र धान भित्र्याउने समय एकै पटक पर्दा किसानलाई चाडबाडको भन्दा खेती स्यार्ने चटारो बढी छ । 

  गत असारमा लगाइएको धान असोज अन्तिम सातासम्म भित्र्याउने समय भए पनि निरन्तरको वर्षाले खेतमै रहेको थियो । निसीखोला गाउँपालिका–४ का केशर पौडेलले अब वर्षा भए धान बालीमा ठूलो क्षति हुने भएकाले भित्र्याउन भ्याइनभ्याइ भएको बताए । असोज २९ गतेसम्म ठूलो वर्षा भएकाले धान भित्र्याउन नसकिएको किसानले बताएका छन् । केही दिनदेखि पानी नपरेकाले खेताला लगाएर धान काट्ने र भित्र्याउनतर्फ लागेको उनले बताए । मार्सी जातको धान छिटो पाकेको छ ।  

Hardik health

 उनले भने, “यस वर्ष अलि ढिला दसैँ आयो, पोहोर परार साल त यति बेला तिहार आउँथ्यो, दसैँ सकेर धान भित्र्याउथ्यौँ, पानीले पनि त्यत्ति धेरै दुःख दिएको थिएन, अहिले त धान काट्ने बेला ठूलो वर्षा भयो, केही दिन भयो पानी परेको छैन त्यही भएर धेरै किसानहरु धान काट्ने र भित्र्याउनमा व्यस्त छन्, अब बारीमा गहुँ पनि छर्ने समय भयो, एकै पटक धेरै काम गर्नुपर्छ, यो समय कामकै चटारो हुने भएको हुँदा दसैँ पोहोर परार सालको जस्तो फुर्सदिलो नहुने भयो ।”

 निसीखोला क्षेत्रमा अन्य ठाउँको तुलनामा छिटो रोपाइँ हुने हुँदा धान असोज दोस्रो साता नै पाक्ने गर्छ । यहाँका किसानले मार्सी, जडन, जेठो बुढो लगायत जातका धान लगाउने गर्दछन् । जडन जातको धान अलि ढिला पाक्ने किसानको भनाइ छ । बागलुङमा हरेक वर्ष धान उत्पादन गर्ने क्षेत्रफल बढ्दै गएको छ ।

  कृषि ज्ञान केन्द्र बागलुङका अनुसार गत वर्ष पाँच हजार आठ सय ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढेर छ हजार हेक्टरमा रोपाइँ भएको छ । जिल्लामा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन छ । जसमध्ये ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । यसमध्ये छ हजार एक सय ४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ । खेतीयोग्य जमिनको २० दशमवलव १५ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा छ । बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर रहेको छ ।

 


प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १२:५७
प्रतिक्रिया दिनुहोस्
थप कृषि
मूल्य खस्किएपछि अदुवा किसान मारमा
मूल्य खस्किएपछि अदुवा किसान मारमा मंगलबार, कात्तिक १८, २०८२
भेडापालनमा भविष्य खोज्दै आस्मन
भेडापालनमा भविष्य खोज्दै आस्मन मंगलबार, कात्तिक १८, २०८२
मूल्य खस्किएपछि अदुवा किसान मारमा
मूल्य खस्किएपछि अदुवा किसान मारमा मंगलबार, कात्तिक १८, २०८२
सहकारीद्वारा मकैको पीठो बजारीकरण
सहकारीद्वारा मकैको पीठो बजारीकरण मंगलबार, कात्तिक १८, २०८२
बाढीपहिरोबाट इलाममा ११ अर्ब ८१ करोड रुपैयाँको क्षतिको आकलन
बाढीपहिरोबाट इलाममा ११ अर्ब ८१ करोड रुपैयाँको क्षतिको आकलन मंगलबार, कात्तिक १८, २०८२
हाइटेक टनेलमा च्याउखेती गरी मनग्य आम्दानी
हाइटेक टनेलमा च्याउखेती गरी मनग्य आम्दानी सोमबार, कात्तिक १७, २०८२
बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट
बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट सोमबार, कात्तिक १७, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP