Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • बिदाका दिन पनि बहिरंग सेवा दिइने
बिदाका दिन पनि बहिरंग सेवा दिइने
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक ३, २०८०

म्याग्दी - बेनी अस्पतालले अतिरिक्त समय र सार्वजनिक बिदाका दिनमा बहिरंग सेवा प्रवाह गर्न थालेपछि सर्वसाधारणलाई राहत मिलेको छ । बिहान ९ देखि दिउँसो ४ बजेसम्म मात्र सञ्चालन हुँदै आएको बहिरंगको सेवा प्रवाह हुने समय अवधि दैनिक छ घण्टा थपिएको हो ।

बिहान ७ देखि साँझ ८ बजेसम्म बहिरंग कक्षबाट सेवा दिन थालिएको अस्पतालले जनाएको छ ।  बेनी अस्पतालको बहिरंग विभागमा बिहीबार बिहान ८ बजे आएका म्याग्दीको बेनी नगरपालिका–६का खड्गबहादुर विकले तत्कालै स्वास्थ्य परीक्षण गराएर घर फर्किए  । 

“दिनभरि लाइन बस्नुपर्छ भनेर टिकट लिन बिहानै आएको थिए”, उनले भने, “ओपिडिमा बिहानै डाक्टरले स्वास्थ्य परीक्षण गरेर सिफारिस गरेको औषधि लिएर एकै घण्टामा घर फर्किन पाए ।” 

 बेनीमा व्यवसाय गर्दै आएका जलजला गाउँपालिका–३ का जीवनबहादुुर भण्डारी पनि बिहानको समयमा अस्पतालमा पुुगेर स्वास्थ्य परीक्षण गराउन पाउँदा दंग परेका छन्  । “सरकारी अस्पतालको बहिरंग विभागको सेवा अतिरिक्त समयमा पाएपछि निजी क्लिनिकमा जानु परेन”, उनले भने, “कार्यालय समयमा फुर्सद नपाउने सेवाग्राहीलाई सहज भएको छ । धेरै लाइन बस्नु पनि परेन ।”

Hardik health

गत असोज २१ गतेदेखि परीक्षणका लागि सुरु गरिएको अतिरिक्त समयमा प्रवाह हुने सेवालाई बिहीबारदेखि औपचारिक रुपमा निरन्तरता दिइएको अस्पतालका प्रमुख डाक्टर अञ्जु थापाले बताए  । “एक हप्ता परीक्षण गरेर अतिरिक्त समयमा बहिरंग कक्षको सबै सेवा सञ्चालन गरेका छौँ”, उनले भने, “दैनिक ६० जना भन्दा बढीले अतिरिक्त समयमा सेवा लिनुहुन्छ ।”

कार्यालय समयमा अस्पतालमा लाइन बसेर सेवा लिन नसक्ने मजदुर, विद्यार्थी, कर्मचारी, व्यवसायीको सुविधा, दिउँसोको समयमा हुने सेवाग्राहीको चाप घटाउने र निजी क्लिनिकमा सेवा लिनुपर्ने समस्या न्यूनीकरणका लागि अतिरिक्त समयमा सेवा सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए ।   

“समय व्यवस्थापन गर्न नसक्ने समूहलाई अस्पतालको सेवाको पहुँचमा ल्याउन अतिरिक्त समयमा बहिरंग कक्ष चलाउन थालेका हौँ”, उनले भने, “अस्पतालमा चिकित्सकको सेवा पाएपछि निजी क्लिनिकमा जथाभावी उच्च डोजको औषधि किनेर उपभोग गर्ने र अन्तिम अवस्थामा सरकारी अस्पताल आउने समस्या न्यूनीकरण हुने अपेक्षा गरेका छौँ ।”

अतिरिक्त समयमा सेवा दिने चिकित्सक र स्वास्थ्यकर्मीलाई कामको आधारमा भत्ता दिने व्यवस्था मिलाइएको छ । अतिरिक्त समयमा सेवा लिएबापत सर्वसाधारणले थप शुल्क तिर्नुपर्दैन । अस्पताल व्यवस्थापन समितिमार्फत दुई जना चिकित्सक, एक जना फार्मेसी सहायक, एक जना रेडियोग्राफर र दुई जना सुरक्षा गार्ड नियुक्त गरेको छ । 

हाल दुई जना विशेषज्ञ चिकित्सक र पाँच जना मेडिकल अधिकृत रहेको अस्पतालले लोकसेवा आयोजबाट केही दिनमै प्राविधिक नियुक्त भएर आएपछि प्रयोगशालाको सेवा पनि सहज हुने जनाएको छ । सेवा विस्तारको शुभारम्भ गर्दै गण्डकी प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री सुशीला सिम्खडाले जनशक्ति अभाव हुन नदिने बताए ।  

“सीमित जनशक्ति र पूर्वाधारका बीच पनि अतिरिक्त समयमा सेवा दिने बेनी अस्पतालको कार्यक्रमलाई मन्त्रालयले पूर्ण साथ दिन्छ”, उनले भने, “दरबन्दीअनुसारको पदपूर्ति गराउन बेनी अस्पतालबाटै सुरु गर्छौं । अतिरिक्त सेवा दिने कार्यक्रम अन्य अस्पतालमा पनि विस्तार गर्छौं ।”

मन्त्रालयका स्वास्थ्य महानिर्देशक खिमबहादुर खड्काले गण्डकी प्रदेशमै पहिलोपटक बेनी अस्पतालले अतिरिक्त सेवा दिन थालेको र यसलाई निरन्तरता दिन मन्त्रालयले सहयोग गर्ने बताए ।  

बेनी नगरपालिकाका प्रमुख सुरत केसी र प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले अस्पतालले सुरु गरेको अतिरिक्त समयमा सेवा प्रवाह गर्ने कार्यलाई निरन्तरताका लागि जनशक्तिको कमी प्रमुख चुनौती रहेको बताए । 

विसं २०७२ मा १५ बाट ५० श्ययामा क्षमता विस्तार भएको अस्पतालले अहिले १५ श्ययाकै दरबन्दीबाट ७८ श्यया बराबरको सेवा सञ्चालन गर्नुपरेको छ । दैनिक दुई सयदेखि दुई सय ५० जनाले अन्तरंग विभागबाट सेवा लिने गरेका छन् ।

अस्पतालले अन्तरंग र बहिरंग विभागका अलावा शल्यक्रियामार्फत प्रसूति, एपेन्डिसाइटिस, हर्नियाको उपचार, हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलासिस सेवा सञ्चालन गर्दै आएको छ । 


प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप बुधबार, चैत ४, २०८२
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो बुधबार, चैत ४, २०८२
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी मंगलबार, चैत ३, २०८२
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य मंगलबार, चैत ३, २०८२
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन मंगलबार, चैत ३, २०८२
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै मंगलबार, चैत ३, २०८२
सोह्र औषधि पसल निलम्बनमा
सोह्र औषधि पसल निलम्बनमा सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP