Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
Search Here
कृषि
  • Home
  • कृषि
  • बिक्री नभए सहकारीले किन्‍ने भयो किसानको उत्पादन
बिक्री नभए सहकारीले किन्‍ने भयो किसानको उत्पादन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज ३०, २०८०

ढोरपाटन -  बागलुङको गलकोट नगरपालिका–११ रिघाकी आशा श्रीषले व्यवसायिक तरकारी खेती गर्दै आएको वर्षौं भयो । गाउँमा उत्पादन गरेको तरकारी बजारीकरणमा निकै समस्या थियो । दैनिक गाडीमा तरकारी बजार पठाउँदा भाडा पनि उठाउन समस्या थियो । उत्पादनले उचित मूल्य पाउन गाह्रो थियो । अब आशाजस्ता सयौँ किसानले उत्पादन गर्ने तरकारी तथा फलफूलले मूल्य पाउने भएको छ ।

नगरपालिका र गौमुखी कृषि विकास सहकारीको सहकार्यमा हटिया बजारमा हाटबजार तथा तरकारी सङ्कलन केन्द्र सञ्चालनमा आएको छ । गलकोट क्षेत्रका अधिकांश नागरिक कृषि क्षेत्रमा आबद्ध भए पनि अहिलेसम्म हाटबजार सञ्चालन भएको थिएन । यही असोज २८ गते हाटबजार तथा तरकारी सङ्कलन केन्द्र स्थापना भएपछि कृषक हर्षित भएका छन् । एउटै गाउँमा दर्जनौँ कृषकले व्यावसायिक तरकारी खेती गर्दै आए पनि बजार र उचित मूल्य नपाउँदा समस्या भोग्दै आएको उनले बताए ।

गाउँमा रासायनिक मल प्रयोग नगरी जैविक तरकारी र फलफूल उत्पादन गर्दै आएको उनको भनाइ छ । अब बजार तथा ग्रामीण क्षेत्रको उत्पादनले सहज रुपमा बजार पाउने श्रीषले विश्वास व्यक्त गरे । उनले आफूले मौसमी र बेमौसमी तरकारी उत्पादन गरिरहेको भन्दै बजार नपाउँदा कुहिएर नष्ट हुँदा लाखौँ रुपैयाँ नोक्सानी भोग्नुपरेको स्मरण गरे ।

“नगरपालिका र सहकारीले हाम्रो लागि ठूलो काम गरेको छ, धेरै किसान बजार नपाए विचलित हुनुभएको थियो, कयौँ कृषि पेसा छाडेर विदेश पनि जानु भयो, अहिले गर्दै आउनुभएका कुनै पनि किसानले आफ्नो पेसा छाड्न पर्दैन कि भन्ने आशा गरेका छौँ”, श्रीषले भने, “हाम्रो मुख्य समस्या बजार र मूल्यको थियो, गाउँमा धेरै बिक्री गर्न सकिँदैन, बजारमै ल्याउनुपर्छ, बजारमा ल्याउँदा गाडीको भाडा नै नउठ्ने डर हुन्थ्यो, अब सहज हुने भयो ।”

Hardik health

गलकोट–१ का कृषक रवीन्द्रबहादुर बुढाथोकी अब आफूजस्ता किसान ठगिन नपर्ने बताए । नगरपालिका र गौमुखी सहकारीले तरकारी तथा फलफूल बिक्रीका लागि मूल्य सूची बनाएको हुँदा उपभोक्ता तथा किसान कोही पनि ठगिन नपर्ने उनले बताए । गलकोट क्षेत्रमा लामो समयदेखि कृषि गर्दै आएका किसानले अब राज्य भएको अनुभूति गर्न पाउने बुढाथोकीको भनाइ छ ।

उनले भने, “अब कृषकले जति उत्पादन गरे पनि खेर नजाने भो, बिक्री हुँदैन कि भनेर चिन्ता गर्ने दिन गए, हामीले जति उत्पादन गरे पनि हाटबजारमा ल्याएर बेच्ने छौँ, बजार–बजारमा पनि गएर बिक्री गर्न पाइने छ, बिक्री नभएको तरकारी र फलफूल सहकारीले राख्ने र त्यसको मूल्य हामीहरुलाई उपलब्ध गराउने छ, अब हामीहरु उत्साहका साथ उत्पादनमा लाग्ने छौँ, पहिले नै यो काम भएको भए धेरै मान्छेहरु व्यावसायिक तरकारी खेतीमा लाग्ने थियौँ ।”

गौमुखी कृषि विकास सहकारी संस्थाका अध्यक्ष शिवकुमारी खत्रीले आफूहरुले विसं २०६४ देखि थालेको प्रयास अहिले सफल भएको बताए  । सहकारीमार्फत किसानको समस्या समाधान गर्न, उनीहरुलाई प्रविधिसँग जोड्न र आयआर्जनलाई बलियो बनाउनका लागि लामो समयदेखि काम गर्दै आएको अध्यक्ष खत्रीको भनाइ छ ।
    
अघिल्लो वर्षदेखि नगरपालिकासँग सहकार्यमा जग्गा व्यवस्थापन गरी हाटबजार र सङ्कलन केन्द्र निर्माणपछि सञ्चालन सुरु गरिएको बताए । हाटबजार हप्तामा एक दिन सञ्चालन गर्ने र बिक्री नभए किसानको तरकारी तथा फलफूल प्रत्येक दिन आफूहरुले राखिदिने उनले बताए । किसानको बिक्री नभएका वस्तु प्रशोधन गरी विभिन्न परिकार बनाउने अध्यक्ष खत्रीको भनाइ छ । प्रशोधनका लागि मेसिनसमेत खरिद गरिसकेको उनले बताए  ।

“अब किसानका कुनै पनि उत्पादन नोक्सान हुने छैनन्, उहाँहरुले बेच्न सकेको बेच्नुहुन्छ, नसकेको हामीले राखेर उनीहरुलाई रकम दिन्छौँ, उहाँहरुले बेच्ने मूल्यभन्दा प्रतिकिलो रु पाँच बढी रकम उपलब्ध गराउँछौँ”, अध्यक्ष खत्रीले भने, “कृषि गर्दै आएका कृषकहरु ठगिएको अवस्था थियो, जसले धेरै दुःख गरेर उत्पादन गर्छ, त्यसले उचित मूल्य पाएको थिएन, उपभोक्ताले पनि महङ्गोमा उपयोग गर्नु पथ्र्यो, उहाँहरुले जति उत्पादन गर्नुहुन्छ, बिक्री भएन भनेर चिन्ता गर्नु पर्दैन, हामीहरुले उहाँको उत्पादन राख्छौँ, अब कृषकहरु उत्पादनमा लाग्नुपर्छ ।”

नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले किसानलाई व्यावसायिक बनाउनका लागि हाटबजार सञ्चालनमा ल्याइएका बताए । यहाँका हरेक घरमा फलफूल तथा तरकारी उत्पादन हुने र बिक्री नहुँदा यतिकै खेर गइरहेको हुँदा नगरपालिकाभित्रका सबै नागरिकको आयआर्जनमा टेवा पु¥याउनका लागि नगरपालिकाले रु १० लाख विनियोजन गरी सहकारीसँग सहकार्यमा हाटबजार तथा तरकारी सङ्कलन केन्द्र सञ्चालन गरेको उनले बताए ।

हाटबजार सञ्चालनसँगै नगरपालिकाले किसानलाई उन्नत जातका बीउबिजन वितरण, आवश्यक अनुदान, तालिम तथा पराशर्म र प्राविधिक सहयोग गर्दै आएको प्रवक्ता भण्डारी बताए । हरेक किसानको तरकारीमा नगरपालिकाले प्रतिकिलो र तीन थप गरिदिने उनको भनाइ छ ।

हाटबजार र तरकारी सङ्कलन केन्द्रमा ११ कक्ष निर्माण गरिएको छ । यी कक्षमा पालिकाका ११ वटै वडाका किसानले उत्पादन गरेका वस्तु बिक्रीका लागि राखिने भण्डारीले बताए । अब गाउँ–गाउँबाट सबै किसान बजारमा आउनु नपर्ने उहाँ बताए  । गाउँमा उत्पादन भएको वस्तुलाई सङ्कलन गरी एकजना कर्मचारीमार्फत हाटबजारमा ल्याएर बिक्री गर्ने व्यवस्था मिलाएको भण्डारीको भनाइ छ ।


प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १९:१६
प्रतिक्रिया दिनुहोस्
थप कृषि
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा बिहीबार, चैत ५, २०८२
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी बुधबार, चैत ४, २०८२
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने सोमबार, चैत २, २०८२
चितवनमा तेरीको उत्पादन घट्यो
चितवनमा तेरीको उत्पादन घट्यो आइतबार, चैत १, २०८२
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण शुक्रबार, फागुन २९, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP