Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • तनहुँमा डेंगु : गण्डकी प्रदेशमै सबैभन्दा बढी
तनहुँमा डेंगु : गण्डकी प्रदेशमै सबैभन्दा बढी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज २८, २०८०

दमौली -तनहुँमा डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या पाँच हजार नाघेको छ । असोज सुरु भएयता जिल्लाका सबै स्थानीय तहमा गरी डेङ्गु सङ्क्रमण हुनेको सङ्ख्या पाँच हजार ११ पुगेको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभर डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या सात हजार नौ सय ४६ पुगेको छ । त्यसमध्ये ६५ प्रतिशत बिरामी तनहुँमा छन् । निर्देशनालयका अनुसार तनहुँमा पाँच हजार दुई सय ४२, कास्कीमा एक हजार पाँच सय ४४, गोरखामा पाँच सय ७४, म्याग्दीमा ९२, मनाङमा छ, बागलुङमा एक सय ७६, नवलपुरमा एक सय १०, स्याङ्जामा ५७, पर्वतमा छ, लमजुङमा एक सय ३९ सङ्क्रमित भएका छन् । 

डेङ्गुबाट प्रदेशभर सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँका पाँच र स्याङ्जाका दुई जना रहेका निर्देशनालयले जनाएको छ । तनहुँको व्यास नगरपालिकामा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित रहेका जनाउँदै मृत्यु हुने पाँचै जना व्यासका रहेका जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार व्यासमा मात्रै सङ्क्रमित हुनेको सङ्ख्या चार हजार तीन सय भन्दा बढी छ । 

आँबुखैरेनीमा ३९, ऋषिङमा एक सय २९, घिरिङमा आठ, देवघाटमा सात, बन्दीपुरमा ३२ र म्याग्दे गाउँपालिकामा ६७ जना तथा भानु नगरपालिकामा ७१, भिमादमा एक सय २६, र शुक्लागण्डकीमा दुई सय २१ सङ्क्रमित छन् । सङ्क्रमितमध्ये ५४ प्रतिशत महिला र ४६ प्रतिशत पुरुष रहेको अधिकारीले जानकारी दिए । 

Hardik health

सबैभन्दा बढी सङ्क्रमित रहेको व्यास नगरपालिकाको वडा नं १ मा एक हजार २६, २ मा एक हजार एक सय ७५, ३ मा पाँच सय २७, ४ मा छ सय ८०, ५ मा सय एक सय ९०, ६ मा ६३, ७ मा ५४, ८ मा १४, ९ मा ४१, १० मा एक सय ३८, ११ मा एक सय १५, १२ मा ४७, १३ मा ६५ र १४ मा ३० जनामा सङ्क्रमण भएको छ । 

जिल्लाका ३४ स्वास्थ्य संस्थामा डेङ्गुको परीक्षण गरिएको छ । त्यसमध्ये सबैभन्दा बढी दमौली अस्पतालमा परीक्षण गरिएको छ । डेङ्गु सङ्क्रमित बढेसँगै अस्पताल तथा मेडिकलमा बिरामीको चाप बढ्दो छ । डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि सबै स्थानीय तहलाई ‘खोज र नष्ट’अभियान सञ्चालन गर्न परिपत्र गरिएको स्वास्थ्य कार्याका प्रमुख अधिकारीले जानकारी दिए ।

उनले भने, “डेङ्गु ज्वरोबाट बच्न र सतर्कता अपनाउन सबै स्थानीय तहमा रहेका स्वास्थ्य शाखा र मातहतका स्वास्थ्य संस्थालाई परिपत्र गरी दैनिक सम्पर्क गर्ने गरिएको छ । सचेतनामूलक कार्यक्रमलाई पनि सँगै अगाडी बढाइएको छ ।”  अधिकारीका अनुसार पालिकामा आवश्यक पर्ने स्वास्थ्य सामग्रीको व्यवस्था मिलाउन सबै पालिकामा समन्वय गरी कमी हुन नदिने व्यवस्था मिलाइएको छ ।

स्थानीय अस्पतालहरूको दक्षता, क्षमताअनुसार उपलब्ध स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै बिरामीलाई उपचार गर्ने र जटिलता उत्पन्न हुनसक्ने भएमा वा विशेषज्ञ चिकित्सकको रेखदेखमा उपचार गर्नुपर्ने देखिएमा सुविधासम्पन्न अस्पतालमा समन्वय गरी प्रेषण गर्न सबै अस्पताललाई निर्देशन दिइएको उनले बताए ।

“एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यसको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसको साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण हुन्”, अधिकारीले भने  ।

दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालका अनुसार डेङ्गुबाट बच्नका लागि मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिनुपर्दछ । पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्याउनु यसबाट बच्ने प्रमुख उपाय रहेका उहाँले जानकारी दिए।


प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १३:४२
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप बुधबार, चैत ४, २०८२
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो बुधबार, चैत ४, २०८२
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी मंगलबार, चैत ३, २०८२
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य मंगलबार, चैत ३, २०८२
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन मंगलबार, चैत ३, २०८२
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै मंगलबार, चैत ३, २०८२
सोह्र औषधि पसल निलम्बनमा
सोह्र औषधि पसल निलम्बनमा सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP