Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • १० नेपालीले गुमाए ज्यान - चार घाइते, एक सम्पर्कविहीन
इजरायल–प्यालेस्टिनी द्वन्द्व १० नेपालीले गुमाए ज्यान - चार घाइते, एक सम्पर्कविहीन
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, असोज २२, २०८०
  • मृतकहरू नारायणप्रसाद न्यौपाने, गणेशकुमार नेपाली, आशिष चौधरी, दीपेशराज विष्ट, आनन्द साह, राजेशकुमार स्वर्णकार, राजन फुलरा, पदम थापा, प्रवेश भण्डारी र लोकेन्द्रसिंह धामी
  • प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार बिहान गरेको रकेट आक्रमणमा उनीहरू परेका हुन् । 
  • विधान सेजुवाल, प्रवीण डाँगी, धनबहादुर चौधरी र हिमाञ्चल कट्टेल घाइते । सेजुवाल र डाँगीको अवस्था गम्भीर ।


काठमाडौं– मध्यपूर्वी देश इजरायलमा प्यालेस्टाइनको लडाकु समूह हमासले शनिबार बिहानै सेदोत नेगेभको किवुज अलुमिनमा गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि भएको छ ।इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालका अनुसार कैलालीको घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी–४ का गणेशकुमार नेपाली, कैलालीको बाउनिया–३ का आशिष चौधरी, दार्चुलाको लेकाम–५ का दीपेशराज विष्ट र धनुषाको सपही–६ का आनन्द साहको आक्रमणमा परी मृत्यु भएको हो ।

त्यसैगरी सुनसरीको मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटीका पाँचनली–३ का राजन फुलरा, सोही जिल्लाको लमिखाल–८ का पदम थापा, सल्यानको शारदा–३ का प्रवेश भण्डारी र दार्चुलाको मालिकार्जुन–४ का लोकेन्द्रसिंह धामीको पनि मृत्यु भएको छ । आक्रमणमा परी घाइते भएकामध्ये चार जना उपचाररत छन् । राजदूत रिजालले सल्यानकै शारदा–२ का विधान सेजुवाल, दाङका प्रवीण डाँगी, कैलालीको टीकापुर–९ का धनबहादुर चौधरीसँगै गोरखाको गोरखा नगरपालिका–८ का हिमाञ्चल कट्टेल घाइते भएको बताएकी छन् । सेजुवाल र डाँगीको अवस्था गम्भीर रहेको बताइएको छ । कञ्चनपुरको भीमदत्त–३ का विपीन जोशी भने सम्पर्कविहीन छन् ।  उनीहरूको शव नेपाल पठाउन चाँजोपाँजो मिलाइरहेको राजदूत रिजालको भनाइ छ । ‘मृतक १० जनाको शव नेपाल पठाउन व्यवस्थापन मिलाइरहेका छौं । बाँकी घाइते र बंकरमा सुरक्षित रहेकाहरूलाई पनि चाँडोभन्दा चाँडो उद्धार गर्न प्रयासरत छौं,’ रिजालले भनिन् । 

मृतक १० जनाको शव नेपाल पठाउन व्यवस्थापन मिलाइरहेका छौं । बाँकी घाइते र बंकरमा सुरक्षित रहेकाहरूलाई पनि चाँडोभन्दा चाँडो उद्धार गर्न प्रयासरत छौं । 
कान्ता रिजाल
नेपाली राजदूत


ती नेपाली विद्यार्थीहरू गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘लर्न एण्ड अर्न प्रोग्राम’का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका थिए । उनीहरू सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन् ।शनिबार बिहान ६ बजेदेखि ७ बजेको समयमा उनीहरू बसेको क्याम्पभित्र हमासका लडाकुहरू प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।इजरायलस्थित नेपाली दूतावासका अनुसार सुदूरपश्चिम विश्वविद्यालयले सेदोत नेगेभ कृषि तालिम केन्द्रमा ४९ जना नेपाली विद्यार्थी पठाएका थिए । जसमध्ये ११ जना छात्रा छन् । उनीहरू रहेको यस क्षेत्र द्वन्द्वग्रस्त हमास नियन्त्रित गाजा क्षेत्रबाट नजिकै पर्छ । ४९ जना विद्यार्थीलाई छ वटा समूहमा विभाजन गरी अलग–अलग कृषि फार्ममा पठाएका थिए । ३२ जना कृषि विद्यार्थीहरू भने विभिन्न कृषि फार्ममा रहेको बंकरमा सुरक्षित छन् । नेपालबाट यो कार्यक्रमका लागि २६५ विद्यार्थी पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जसमा कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना रहेका छन् ।

Hardik health

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले युद्धग्रस्त इजरायलमा नेपालीहरूको स्थिति यकस्न गराउन सम्पूर्ण संयन्त्र परिचालन गरिएको दाबी गरे । उनले इजरायलमा भएको घटनालाई सरकारले गम्भीरताका साथ लिएको पनि बताए । इजरायलमा हाल चार हजार ५०० नेपाली ‘केयर गिभर’का रूपमा कार्यरत छन् ।आइतबार नै मन्त्री साउद संयोजक रहेको सबै सरोकारवाला निकायहरू सम्मिलित एक समन्वय संयन्त्र पनि स्थापना भएको छ । संयन्त्रले घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर नेपालीहरूको अवस्था पहिचान गर्ने, उद्दार गर्नुपर्ने अवस्थामा उक्त कार्य समेत गर्न आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्नेलगायतका सम्पूर्ण कार्य गर्ने भनिएको छ । 

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीहरूलाई इजरायल सरकारले जारी गरेका सुरक्षा सन्देशहरू र प्रोटोकलहरू पालना गर्न आग्रह गरेकी छन् । सुरक्षित ठाउँ (बंकर)मा बस्न र बंकरदेखि बाहिर नजान पनि उनको आग्रह छ । ‘इजरायलको सबै घरमा बंकर हुन्छ भन्ने जानकारी छ । त्यसले गर्दा नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सुरक्षा संवेदनशीताका कारण बंकरमा बस्न र बाहिर नजान सुरक्षा अपिल गर्छु,’ उनले प्रभावसँग भनिन्, ‘साथै, इजरायल सरकारले जारी गरेका सुरक्षा सन्देश र प्रोटोकलहरूको पनि कडाइका साथ पालना गर्न अनुरोध गर्दछु ।’

द्वन्द्वग्रस्त क्षेत्रमा रहेका आफ्ना विद्यार्थीहरूलाई सुरक्षित स्थानमा पु¥याउन चितवनको रामपुरस्थित कृषि विश्वविद्यालयले सरकारसँग  आग्रह गरेको छ । रजिस्ट्रार शारदा थपलियाले आइतबार विज्ञप्ति जारी गर्दै इजरायलमा विश्वविद्यालयका ११९ जना विद्यार्थी रहेको बताएकी छन् । कृषि विश्वविद्यालयबाट यसै वर्ष ११३ जना र अघिल्लो वर्षमा छ जना विद्यार्थी इजरायल पुगेका थिए । त्यहाँका विद्यार्थीसँग नियमित सम्पर्क भइरहेको र स्थानीय सुरक्षा प्रणालीबाट अनुरोध भएअनुसार सुरक्षा विधि अपनाउन सुझाव दिएको रजिष्ट्रार थपलियाले बताएकी छन् ।

इजरायल–हमास लडाकुबीचको संघर्ष जारी छ । इजरायलले प्यालेस्टाइनी सहर गाजामा आक्रमण जारी राखेको छ । त्यहाँका प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुँले इजरायल प्रवेश गरेका हमासका लडाकुहरूलाई पहिलो चरणको प्रत्याक्रणको केही घण्टामै परास्त गर्ने चेतावनी दिइसकेका छन् । नेपालस्थित परिवारका सदस्यहरूले भने इजरायलमा रहेका आफन्तहरूको उद्धार कार्य छिटो थाल्न आग्रह गरिरहेका छन् । केहीले उद्धार कार्य ढिला भएको भन्दै सरकारविरुद्ध आक्रोश पोख्न थालेका छन् । बंकरमा सुरक्षित साथ रहेका नेपालीहरूले पनि पानीमात्रै खाएर बस्नुपरेको भन्दै उद्धारको अपेक्षा गरिरहेका छन् । तर, उद्धार कार्यमा इजरायलस्थित नेपाली राजदूतावास चुकेको छ ।

शीघ्र उद्धारको माग
सत्तारूढ दल नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीको उद्धार तथा स्वदेश फर्काउन सरकारसँग माग गरेको छ । सभापति शेरबहादुर देउवाले आइतबार वक्तव्य जारी गर्दै केही नेपाली घाइते भएको र केही बन्धक बनाएको भन्दै इजरायलस्थित नेपालीहरूलाई तत्काल सुरक्षित स्थानमा पु¥याउन माग गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘आवश्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्ब कूटनीतिक पहल गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ ।’
इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन छिमेकी देशहरू, अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्था, आप्रवासनसम्बन्धी संगठन, अन्तर्राष्ट्रिय रेडक्रस समितिलगायत सम्बद्ध सबै अन्तर्राष्ट्रिय समुदायहरूसँग देउवाले आग्रह गरे । 
संसद्को प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि युद्धग्रस्त देश इजरायलबाट नेपालीहरूको उद्धार कार्य प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् । अन्य दलका नेताहरूको पनि शीघ्र उद्धारको माग छ । 

 


प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ०९:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन मंगलबार, साउन १९, २०८३
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु मंगलबार, साउन १९, २०८३
सांसदद्वारा सदनमा समसामयिक विषयमा ध्यानाकर्षण
सांसदद्वारा सदनमा समसामयिक विषयमा ध्यानाकर्षण मंगलबार, साउन १९, २०८३
अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यकः कानुनमन्त्री
अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यकः कानुनमन्त्री मंगलबार, साउन १९, २०८३
विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै
विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै मंगलबार, साउन १९, २०८३
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक मंगलबार, साउन १९, २०८३
पर्यटन क्षेत्रको विकास गर्न विधेयक संशोधन गर्नुपर्छः पर्यटनमन्त्री पौडेल
पर्यटन क्षेत्रको विकास गर्न विधेयक संशोधन गर्नुपर्छः पर्यटनमन्त्री पौडेल मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP