Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘रिगल’को माफीमा सर्वोच्चले खोज्यो कारण
‘रिगल’को माफीमा सर्वोच्चले खोज्यो कारण
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, असोज १९, २०८०

काठमाडौं– सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको सजाय पाएका बाँके नेपालगञ्जका गुन्डा नाइके रिगल भनिने योगराज ढकाललाई छाड्नुपर्नाको कारण पेस गर्न सरकारको नाममा आदेश जारी गरेको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालयसँगै बाँके जिलला प्रशासनसँग लिखित रूपमा कारण पेस गर्ने समय सात दिन दिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले माफी मिनाहाबारे गरेको निर्णयको सक्कल मिसिल पनि सर्वोच्चले मागेको छ ।‘प्रत्यर्थी रिगल ढकालको हकमा मिति २०८०–०६–०३ मा सम्माननीय राष्ट्रपतिज्यूद्वारा माफी मिनाहा सम्बन्धमा भएको निर्णयसहितको सम्पूर्ण सक्कल मिसिल जो जुन निकायमा रहेको छ, सो निकायबाट महान्यायाधिवक्ताको कार्यालयमार्फत २०८०–६–२४ भित्र झिकाउनू’, आदेशमा भनिएको छ । 

मलाई न्याय चाहियो । म न्यायको माग्न आएकी छु । अरु मलाई केही पनि चाहिएन
भारती
चेतन मानन्धरकी श्रीमती


न्यायाधीश शर्माको इजलासले रिट निवेदक भारती शेर्पासँगै पीडित परिवारको सुरक्षा व्यवस्था गर्न पनि सरकारलाई आदेश दिएको छ । भारती खुँडा प्रहार गरी हत्या गरिएका नेपालगञ्जका चेतन मानन्धरका श्रीमती हुन् । हाल उनको विवाह शेर्पा जातिका युवकसँग चेतनकै आमा बुुबाले गराइदिएका छन् ।चेतनको भने २८ असार २०७२ को दिउँसो नेपालगञ्जको धम्बोझीमा रिगलसहितले नियन्त्रणमा लिएर खुुँडा प्रहार गरी हत्या गरेका थिए । रिगललाई हत्या घटनामा अदालतले मुख्य योजनाकार भएको ठहर गरेको थियो । 

Hardik health

बाँके जिल्ला अदालतका न्यायाधीश विष्णुु सुवेदीको एकल इजलासले ११ वैशाख २०७५ मा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । तर, यही ३ असोजमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १२ वर्ष कैद माफी दिएका थिए । कारागारबाट रिहा हुँदा उनको फूलमाला र अबिरजात्रा भएको थियो । समर्थकहरूले नेपालगञ्जमा उनी रिहा भएको खुसियालीमा ¥याली निकालेका थिए । 

खुुँडा प्रहार गरी भएको हत्या घटनाका मुख्य योजनाकार रिहा हुँदा फूलमाला, अबिरजात्रासँगै ¥याली निकालिएपछि चेतनका परिवार भयभीत छन् । भारतीले भने सरकारको सिफारिस र राष्ट्रपतिको कदम फिर्ता गर्न माग गर्दै माइतीघरमा अनसन थालेकी छिन् । उनको चाहना पूर्वपति चेतनको हत्यामा संलग्नलाई अदालतको तोकेअनुसारको सजाय होस् भन्ने छ । अनसनरत उनले प्रभावसँग बिहीबार भनिन्, ‘मलाई न्याय चाहियो । म न्यायको माग्न आएकी छु । अरु मलाई केही पनि चाहिएन ।’

उनले राष्ट्रपति पौडेलप्रति आक्रोश पनि पोखिन् । ‘राष्ट्रपति भन्दैमा हत्यारालाई छाड्ने अधिकार उहाँलाई छैन । हत्यारालाई जेलमा राखियोस् । मेरो भन्नु यत्ति हो ।’पूर्वपति चेतनको हत्यारालाई आममाफी भएको विरोधमा अनसनरत उनी बुधबार भने सर्वोच्चको रिट दायर गर्ने गेटमै अचेत भएर ढलेकी थिइन् । तत्कालै उपचारका लागि उनलाई वीर अस्पताल लगिएको थियो । खाना खान र आराम गर्न उनलाई चिकित्सकले सुुझाएका थिए । यसपछि उनी बिहीबार पनि माइतीघरमै अनसनमा देखिइन् । बेलुकी भने उनी रिट निवेदक भएको मुद्दामा न्यायाधीश शर्माको इजलासले सरकारको नाममा रिगललाई छुुटाउनुपर्नाको कारण र राष्ट्रपतिले छुटाउन गरेको निर्णयको सक्कल मिसिल माग गरेको हो । 

संविधान दिवसको अवसरमा पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले रिगलसहित ६ सय ७० जनालाई आममाफी दिएको हो । गुुण्डा नाइके रिगल तरुण दल बाँके–३ का तत्कालीन सभापतिसमेत हुन् । चेतनको हत्या गर्नअघि उनी र उनको समूह भारतबाट सञ्चालन हुने बसहरूबाट अवैध हप्ता असुली गर्थे । चेतनले असुलीमा व्यवधान गरेको भन्दै रिगल समूहले खुँडा प्रहार गरी उनको हत्या गरेको थियो । 
घटनामा सर्वस्वसहित जन्मकैदको सजाय रिगललाई सुनाइँदा छविलाल बस्नेत, प्रशान्त भन्ने प्रेमध्वज खत्री, मोहनलाल खड्का र नवराज खत्रीलाई जन्मकैद सुनाइएको थियो ।

न्यायाधीश सुवेदीको इजलासले सोहनसिंह ढकाललाई १० वर्ष, दीपेन्द्र ल्ललाई ५ वर्ष तथा हरि वली, यामबहादुर बुढामगर, मनिष चौलागाईं, विवाद पाठक, केशव रोकाय, माधव परियार, प्रीतम थापालाई समान तीन वर्षका दरले कैद सुनाएको थियो । घटनापछि रिगल फरार थिए । भारतमा उनले लामो समय बिताएका थिए । तर, सर्वेन्द्रनाथ खनाल प्रहरी प्रमुख हुँदा गुण्डा नाइकेहरूविरुद्ध ‘इन्काउन्टर’ शृंखला चलाएका थिए । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रिगल पनि थिए । उनलाई प्रहरीको ‘इन्काउन्टर’ गर्ने तयारी थियो । यही सूचना थाहा पाएपछि सीमानाकामा एक जना वकिल झिकाएर वकिलकै गाडीमार्फत् अदालत गएर आत्मसमर्पण गरेका थिए । उनलाई सर्वस्वतसहित जन्मकैद सुनाएपछि आठ वर्ष जेमा रहेका उनी १२ वर्ष कैद सजाय माफी पाएर रिहा भएका हुन् ।

जघन्य प्रकृतिको अपराधमा दोषी ठहरिएकालाई आममाफी दिएपछि सरकार र राष्ट्रपति आलोचित छन् ।जबकि, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ मा ‘क्रूर तथा अमानवीय तरिकाले वा नियन्त्रणमा लिई ज्यान मारेको मुद्दाबाट भएको सजाय माफी गर्न सकिने छैन’, भन्ने उल्लेख छ । संविधानको धारा २७६ मा कुनै अदालतले गरेको सजायलाई कानुनबमोजिम राष्ट्रपतिले माफी गर्न सक्नेछ भन्ने तजबिजी अधिकारको व्यवस्था छ । तर, यो अधिकारको दुरुपयोग गरेको राष्ट्रपतिमाथि आरोप लागेको छ । 

भारतीले दायर गरेको रिटमा भने चार थान खुँडासहितका १५ जना अपराधीको जत्थाले पूर्वतयारीका साथ घेरा हाली भाग्न उम्कन नपाउने गरी निज चेतनलाई खुँडाले हानी दसैँको खसीबोकालाई मार हानेजस्तो गरी काटी मारेको घटनाका अपराधीलाई उल्लिखित संविधान र कानुनमा भएको व्यवस्थाको विपरीत माफी दिएको मिलेको छैन’, भन्दै जिकिर गरेकी छिन् ।चेतन र भारतीबीच प्रेम विवाह भएको थियो । विहेअघि चेतन रिगलकै समूहमा थिए । तर, भारतीसँग विवाह पनि समूहबाट उनी अलग भए । यसपछि असन्तुष्ट रिगल र उनको समूहले हप्ता असुलीमा असहज पु¥याएको भन्दै हत्या गरे । जुन घटनामा आफ्नो पूर्ववर्ती दल कांग्रेसको तण दलका नेतासमेत रहेका गुण्डा नाइके रिगललाई राष्ट्रपतिले छुटाए ।

रिगलको रिहाविरुद्ध गगन–विश्वप्रकाश
नेपाली कांग्रेसका महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मा रिगलको माफी मिनाहाविरुद्धमा उभिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र अन्य नेताहरू यसबारे मौन छँदा दुुई महामन्त्रीले बल्ल मुख खोलेका हुन् ।सांसदसमेत रहेका थापाले त प्रतिनिधिसभा बैठकमा रिगललाई छाड्नुको जवाफ मागेका छन् । ‘सरकारले संसदमा उभिएर हामीलाई बताउनुपर्छ, त्यो फेस गर्नुपर्छ, जवाफ दिनुपर्छ । निर्णय गरेर भाग्न पाइँदैन, यत्रो सार्वजनिक प्रश्न उठेको छ ।’

सांसद थापाले आममाफी दिन सक्नेछ भन्ने विषयमा भएको छिद्र टाल्नुपर्ने पनि बताए । अर्का महामन्त्री विश्वप्रकाश शर्माले अपराध ठहर भएर जेलमा सजाय भोगिरहेकाहरूलाई दिइने आममाफीमा अदालतको प्रवेश स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन् । संविधान र कानुनको व्याख्याको अधिकार अदालतमा हुनुलाई प्राविधिकभन्दा पनि प्राज्ञिक कोणबाट हेरिनुपर्ने मत पनि प्रकट गरे । 
 


प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ०९:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जनजाति आयोगको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस, शोक प्रस्ताव पारित
जनजाति आयोगको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस, शोक प्रस्ताव पारित सोमबार, चैत २३, २०८२
सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल
सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल सोमबार, चैत २३, २०८२
सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ
सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ सोमबार, चैत २३, २०८२
समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
समसामयिक विषयमा सरकारको ध्यानाकर्षण सोमबार, चैत २३, २०८२
यस वर्ष २३ स्थानमा बर्डफ्लु
यस वर्ष २३ स्थानमा बर्डफ्लु सोमबार, चैत २३, २०८२
राष्ट्रियसभमा : ‘विगतमा भएका परिवर्तन र प्रयासको मूल्याङ्कन हुनुपर्छ’
राष्ट्रियसभमा : ‘विगतमा भएका परिवर्तन र प्रयासको मूल्याङ्कन हुनुपर्छ’ सोमबार, चैत २३, २०८२
राष्ट्रियसभा बैठक : इन्धन असहजता र बढ्दो महँगीका विषयमा ध्यानाकर्षण
राष्ट्रियसभा बैठक : इन्धन असहजता र बढ्दो महँगीका विषयमा ध्यानाकर्षण सोमबार, चैत २३, २०८२
लोकप्रिय
  • Week
  • Month
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा  सुनुवार निर्वाचित
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP