Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • उत्तेजक ‘स्टाटस’ले नेपालगञ्जमा तनाव
उत्तेजक ‘स्टाटस’ले नेपालगञ्जमा तनाव
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, असोज १७, २०८०
नेपालगञ्जमा मंगलबार बिहान निकालिएको सद्भाव पदयात्रामा सहभागी धर्मगुरु, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारण ।

स्टाटसको नाममा यो विवाद निस्कियो । लेख्ने मान्छे सार्वजनिक व्यक्ति हैन । तर, त्यसले उत्तेजना फैलायो । प्रशासनले छानबिन गरिरहेको छ । अहिले जे तनाव उत्पन्न भएको छ, यसलाई रोक्न र समाजलाई शान्तिपूर्ण बाटोमा फर्काउन सामुदायिक अगुवा, धार्मिक गुरुहरू, मिडिया र सिंगो बाँकेवासी लाग्नुपर्छ । 
विपीन आचार्य
प्रजिअ, बाँके

काठमाडौं– सामाजिक सञ्जाल फेसबुकमा लेखिएको एउटा उत्तेजक स्टाटस र त्यसमा व्यक्त भएका सनकपूर्ण क्रिया–प्रतिक्रियाले बाँकेको नेपालगञ्जमा दुई धार्मिक समुदायबीच तनाव सिर्जना भएको छ । मंगलबार हिन्दू र मुस्लिम समुदाय आमने–सामने भएपछि नेपालगञ्जको अवस्था असहज बनेको हो । धरान, मलंगवा र वीरगञ्जपछि नेपालगञ्जमा धार्मिक सद्भाव भड्किने स्थिति निम्तिएको हो ।

उक्त घटनासँगै धार्मिक सद्भाव भड्काउने जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगरभित्र अनिश्चितकालीन कफ्र्यु लगाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यका अनुसार पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाका क्षेत्रसम्म कफ्र्यु लगाइएको छ ।

स्थानीय प्रशासनले जारी गरेको कफ्र्यु आदेशमा सामाजिक सञ्जाल फेसबुकमा मुस्लिम समुदायलाई निन्दा गर्नेगरी एक हिन्दू युवकले यही आइतबार स्टाटस लेखेका थिए । त्यसपछि मुस्लिम समुदायले विरोध ¥याली निकालेको थियो । मंगलबार ओमकार परिवार हिन्दू समाजले ¥याली निकालेपछि विवाद भएर ढुंगामुडा प्रहारलगायतका उच्छृंखल गतिविधि भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । त्यसपछि अनिश्चितकालका लागि कफ्र्यु आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी आचार्यको भनाइ छ ।

Hardik health

स्टाटस लेखेर धार्मिक सद्भाव भड्काउन खोज्नेलाई साइबर कानुनअन्तर्गत कारबाही गर्नुपर्छ ।
डा. धवलशमशेर राणा
प्रतिनिधिसभा सदस्य


प्रहरी स्रोतका अनुसार दुई समुदायलाई आमनेसामने ल्याउन नेपालगञ्ज उपमहानगरपालिका–५ का वडाध्यक्ष सराफत खानको मुख्य भूमिका देखिएको छ । जथाभावी स्टाटस लेखेको भन्दै खानकै नेतृत्वमा आइतबार मुस्लिम समुदायले नेपालगञ्जमा प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा टायर बाल्ने, अर्कोे समुदायप्रति उग्र नाराबाजी गर्ने र जिल्ला प्रशासन कार्यालयभित्र पुगेर झण्डा गाडेपछि अर्को पक्ष विरोधमा उत्रियो ।

यहीबीचमा खजुराखुर्दका युवाहरूले कलुवा नामको टिकटक आइडीमा हिन्दूप्रति गालीगलौज गरेको भिडियो भाइरल भइसकेको थियो ।यी घटनाक्रमको पृष्ठभूमिका मंगलबार नेपालगञ्जमा दुुई धार्मिक समुदायबीच तनाव उत्पन्न भएको हो । तनावलाई ध्यानमा राखेर मंगलबार बिहानै नेपालगञ्जमा केही धार्मिक अगुवा, राजनीतिक कार्यकर्ता, उद्योगी व्यवसायी सहभागी भएर सद्भाव ¥याली निकालेका थिए ।

त्यसपछि ओमकार परिवारले जुलुस निकालेको थियो । प्रहरीका अनुसार बागेश्वरी मन्दिरको पूर्वी गेटबाट निस्केको जुलुस सेतु विक चोक, धम्बोझीहुँदै बिपी चोक पुग्दासम्म शान्त नै थियो । जुलुसमा सिसा प्रहार भएपछि सहभागीको भागाभाग भएको र सोही घटनाले दुई पक्षबीच झडपको स्थिति आएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । 

बिपी चोक र इदगाह रोडमा दुई पक्ष आमनेसामने भएर ढुंगा हानाहान गरेपछि नियन्त्रण गर्न प्रहरीले एक दर्जनपटक हवाई फायर गरेको थियो । सो झडपमा प्रहरी र प्रदर्शनकारीहरू घाइते भएका छन् । घाइतेको नेपालगञ्जका अस्पतालमा उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ ।  

कतिपयले भने फेसबुक स्टाटसको विवाद धार्मिक तनावसम्म पुग्नुमा स्थानीय प्रशासनको कमजोरी रहेको आरोप लगाएका छन् । धार्मिक र साम्प्रदायिक प्रदर्शनलाई निषेधाज्ञा लगाएर रोक्नुपर्नेमा जिल्ला प्रशासनले अनुमति दिनु गलत भएको टिप्पणी हुँदै आएको छ । तर, प्रमुख जिल्ला अधिकारी आचार्यले भने स्थिति नियन्त्रणउन्मुख भएको दाबी गरेका छन् । उनले सबै पक्षले धार्मिक सद्भाव कायम गर्नेगरी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

धार्मिक सद्भाव बिग्रिने गरी भएका गतिविधि निन्दनीय छ । कुनै धार्मिक समुदायले अर्को धार्मिक समुदायप्रति प्रहार गर्नु ठीक हुँदैन ।
जनार्दन शर्मा
प्रतिनिधिसभा सदस्य


‘स्टाटसको नाममा यो विवाद निस्कियो । लेख्ने मान्छे सार्वजनिक व्यक्ति हैन । तर, त्यसले उत्तेजना फैलायो । प्रशासनले छानबिन गरिरहेको छ । अहिले जे तनाव उत्पन्न भएको छ, यसलाई रोक्न र समाजलाई शान्तिपूर्ण बाटोमा फर्काउन सामुदायिक अगुवा, धार्मिक गुरुहरू, मिडिया र सिंगो बाँकेवासी लाग्नुपर्छ,’ आचार्य भन्छन् । 

पछिल्ला केही महिनायता एकपछि अर्को धार्मिक सद्भाव भड्किने खालका गतिविधिहरू देशका ठाउँ–ठाउँमा भइरहेका छन् । सरकार यसप्रति गम्भीर रहेको गृह मन्त्रालयले बताउँदै आएको छ । नेपालगञ्जमा धार्मिक तनाव भएलगत्तै संघीय सरकारको मन्त्रिपरिषद् बैठक बस्यो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बैठकबारे जानकारी दिँदै जातीय र धार्मिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न सबै पक्षलाई आग्रह गर्ने निर्णय भएको बताइन् । 

विचार तथा अभिव्यक्ति स्वतन्त्रतालगायतका संविधानप्रदत्त मौलिक हकको सम्मान गर्दै सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई सकारात्मक तथा मर्यादित बनाउने सन्दर्भमा सामाजिक सञ्जाल सञ्चालक र प्रयोगकर्ताले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान वा राष्ट्रिय हित वा संघीय एकाइबीचको सुसम्बन्धमा प्रतिकूल असर हुनेगरी वा वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक र यस्तै अरु कुनै आधारमा घृणा, द्वेष वा अवहेलना हुने कुनै काम कारबाही नगर्न नगराउनुहुन एवं विभिन्न जात, जाति वा सम्प्रदायबिचको सुसम्बन्धमा खलल पुग्ने गतिविधि नगर्न र नगराउन सम्बन्धित सबैमा मन्त्रिपरिषद्ले अनुरोध गरेको छ ।

साथै, सामाजिक सञ्जाल प्रयोग गर्दा आधारहीन सूचना राख्नबाट बच्न पनि सरकारले सचेत गराएको छ । संघीय संसद्मा सांसदहरूले धार्मिक सद्भाव नियन्त्रण गर्न सरकारलाई आग्रह गरेका छन् । नेपालगञ्जकै सांसद डा. धवलशमशेर राणाले स्टाटस लेखेर धार्मिक सद्भाव भड्काउन खोज्नेलाई साइबर कानुन आकर्षित गरेर कारबाही गर्न माग गरेका छन् । 

सत्ता नेतृत्व दल नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले पनि नेपालगञ्ज, वीरगञ्ज, मंलगवा र धरानमा धार्मिक सद्भाव बिग्रिने गरी भएका गतिविधिको निन्दा गरेका छन् । उनले कुनै धार्मिक समुदायले अर्को धार्मिक समुदायप्रति प्रहार गर्न नहुने पनि बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद बिना लामाले कसैको स्वार्थमा लागेर धार्मिक सद्भाव भड्काउन नहुने बताएकी छन् । संसद्मा अन्य केही सांसदहरूले पनि नेपालगञ्ज घटनाबारे सरकारको जवाफ मागेका छन् ।

हिंसात्मक अभिव्यक्ति दिने श्रीनिवास पक्राउ
धार्मिक हिंसा भड्काउने गरी अभिव्यक्ति दिने श्रीनिवास आचार्य पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले मंगलबार सुनसरीको प्रकाशपुरबाट आचार्यलाई पक्राउ गरेको हो । उनी प्रकाशपुरको आश्रममा बस्दै आएका थिए ।

उनले गत साता गाई हत्याको विषयमा हिंसात्मक अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ । उनलाई आज (बुधबार) धनुषा पठाइने प्रहरीले बताएको छ । 

यसअघि सुनियोजित ढंगले सुनसरीको इटहरीमा आफैंलाई गोली हान्न लगाएपछि उनी विवादमा तानिएका थिए । धार्मिक हिंसा मच्चाउन चाहेको आरोपमा उनी पक्राउ परेका हुन् ।


 


प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १०:३१
#नेपालगञ्ज #धार्मिक
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वाग्मती प्रदेशसभाको १७औँ  अधिवेशन गर्न आह्वान
वाग्मती प्रदेशसभाको १७औँ अधिवेशन गर्न आह्वान सोमबार, चैत २३, २०८२
जनजाति आयोगको प्रतिवेदन राष्ट्रिय सभासमक्ष पेस, शोक प्रस्ताव पारित
जनजाति आयोगको प्रतिवेदन राष्ट्रिय सभासमक्ष पेस, शोक प्रस्ताव पारित सोमबार, चैत २३, २०८२
सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल
सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल सोमबार, चैत २३, २०८२
सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ
सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ सोमबार, चैत २३, २०८२
समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
समसामयिक विषयमा सरकारको ध्यानाकर्षण सोमबार, चैत २३, २०८२
यस वर्ष २३ स्थानमा बर्डफ्लु
यस वर्ष २३ स्थानमा बर्डफ्लु सोमबार, चैत २३, २०८२
राष्ट्रियसभमा : ‘विगतमा भएका परिवर्तन र प्रयासको मूल्याङ्कन हुनुपर्छ’
राष्ट्रियसभमा : ‘विगतमा भएका परिवर्तन र प्रयासको मूल्याङ्कन हुनुपर्छ’ सोमबार, चैत २३, २०८२
लोकप्रिय
  • Week
  • Month
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा  सुनुवार निर्वाचित
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP