Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #भूमि विधेयक
Search Here
समाचार
  • Home
  • समाचार
  • मिथिलामा जितीया पर्वको तयारी
मिथिलामा जितीया पर्वको तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज १६, २०८०

महोत्तरी– महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष ९सोह्रश्राद्ध० सुरु भएपछि सन्तान हुने मिथिलानी ९मिथिलाका नारी० जितीया पर्वका  लागि तयारीमा जुटेका  छन् । यस वर्ष यो पर्व यही असोज १९ गते शुक्रबार परेको छ ।
 
असोज कृष्ण अष्टमीका दिन निराहार उपवास गरिने जितीया पर्वका लागि पितृपक्ष सुरु हुनासाथै व्रतालु आमाहरु आफ्ना सन्तान सुयोग्य हुने कल्पनामा रोमाञ्चित हुने गर्छन् । केही वर्ष पहिलेसम्म यो पर्व छोराको कल्याणका लागि गर्ने गरिएकामा अहिले सबै  सन्तानका लागि गरिने व्रतको भन्न थालिएको छ । अब ‘पुत्रवती आमा’ हैन ‘सन्तानवती आमा’ ले गर्ने व्रत भन्न थालिएको पर्वको तयारीमा रहेका नयाँ पुस्ताका मिथिलानी आमा बताउँछन् । पुत्रका लागि भनिनु पुत्रीप्रतिको विभेद भएको हुँदा यो छोरीप्रतिको उपेक्षा सच्याइँदै अब सन्तानका लागि भन्न लागिएको उनीहरूको भनाइ छ ।  
 
‘यो सन्तानको कल्याणको कामनाका लागि गरिने व्रत हो, मेरा छोरा छैनन् , दुई छोरी छन्, म यिनकै लागि व्रतको तयारी गर्दैछु’ भङ्गाहा–४ की रश्मी चौधरी थारु भन्छन् । मिथिलामा रैथाने सबै जातजातिले यो पर्व मनाए पनि थारु बस्तीमा भने यो पर्वको विशेष चर्चा र तयारी देखिन्छ । थारु बस्तीमा जितीयाका लागि घर रङ्गरोगन र लितपपोत पितृपक्ष सुरु हुनासाथै गरिन्छ । घरैघर देखिने उक्त बस्तीमा घर सफा गरेर  अन्य तयारीका लागि भएको व्यस्तताले यो पर्वका लागि  केही दिन पहिलेदेखि रौनक छाउने गरेको हो ।
 
केही वर्ष पहिलेसम्म छोराका लागि कठोर व्रत बस्दै आएका पुरानो पुस्ताका आमा पनि अब नयाँ पुस्ताका छोरी÷बुहारीसँग सहमत हुँदै सन्तानका लागि भन्न थालेका छन् । ‘हँ , पहिने बेटाक लेल कहायत छल इ पावैन, मुदा आब हमसभ बेटाबेटी सबके लेल करैछी’ बर्दिबास–९ पशुपतिनगरकी रासवती महतो बताउँछन् ।
 
मेरा छोराछोरीले कसैको बिगार गर्दैनन्, भगवान्को आशिर्वादले उनीहरूले परोपकारी काममा मन लगाउनेछन् भन्ने भाव व्रतालु महिलामा भेटिन्छ । पछिल्ला केही दशकयता लैङ्गिक विभेदविरुद्ध घनिभूत आवाज उठ्दै आएपछि परम्परागत चाडपर्वमा लादिएका विभेदपूर्ण मान्यता सच्चिदै गएका भङ्गाहा–९ की सामाजिक कार्यकर्ता किरण यादव बताउँछन् । 
 
पितृपक्षको अष्टमी तिथिको भोग रहने पूर्वरातमा ‘ओगटन’ ९दर० खाएर अष्टमी तिथिमा व्रत गरिन्छ । अष्टमी सकिएर नवमी लागेपछि एक घडी कटाएर व्रत समापन गरिन्छ । छोड्दो अष्टमीका दिन अहोरात्र व्रत बसिने यो पर्वको ‘ओगटन’ अष्टमी तिथि सुरु हुन एक घडी पूर्व नै खाइसक्नु पर्छ  तर एक अहोरात्र पूरा व्रत बस्नुपर्ने हुँदा यसपालि बिहीबार मध्यरातपछि ९राती १२ बजेसँगै० व्रत सुरु गर्नुपर्ने सम्बद्ध पुरोहितको भनाइ छ । यो व्रत कहिलेकाँही ४० घण्टाभन्दा बढी भएको पाका मिथिलानी बताउँछन् । ‘ओगटन’ मा दहीचिउरा खाने चलनले अहिले मिथिला बस्तीमा जितीयाकै लागि शुद्ध दूधको जोहो गर्न थालेका छन्  ।
 
यो व्रत विधि कठिन भएकाले यसको चर्चा र तयारी केही दिन पहिले नै हुँदै आएको हो । यस पर्वमा निराहार व्रत सुरु गरिएपछि समापन नगरियुञ्जेल थुक निल्न, अञ्जानमै पनि किरा, फट्याङ्ग्रा मार्न र झारपात चुँँड्न नहुने धार्मिक मान्यता छ ।  आउँदो शुक्रबार बिहान साढे नौ बजेअघि नै अष्टमी तिथि सुरु हुने हुँदा त्यसको ‘ओगटन’ ९दर० मध्यरातअघि खाइसक्नु पर्ने हुन्छ । निराहार व्रत बस्ने महिलाले शनिबार बिहान साढे १० बजेअघि नवमी लागेपछि त्यसको एक घडि कटाएर व्रत समापन गर्नेछन् । यस हिसाबले यसपालि झण्डै ३५ घण्टाको व्रत बस्नुपर्ने देखिन्छ ।
 
‘सन्तानको दीर्घजीवन, सौर्यबृद्धि र कल्याणको कामना गर्दै आमाले बस्ने जितिया व्रतको प्रभावले नै सामाजिक इज्जत, प्रतिष्ठा र जाँगर बढ्ने जनविश्वास छ’ धार्मिक कर्मकाण्डका ज्ञाता झा भन्छन्, ‘कुनै मानिस लुरे, डरछेरुवा वा हुतिहारा देखिए यसका लागि आमाले जितिया व्रत गर्छिन् भन्ने टिप्पणी जोसुकैले गर्ने गर्छन् ।’ मिथिलामा व्रतबारे गरिने यस्ता टिप्पणीले नै यसको महत्ता बुझ्न सकिने उनको भनाइ छ ।
 
पुत्रको कल्याण र सौर्य बृद्धिको कामना पूरा गराउन मिथिलानीे यस पर्वमा दिवङ्गत पितृ रिझाउन तर्पण पनि गर्छन् । यस व्रतमा पुरुषहरुले पितृपक्षमा दिवङ्गत आफन्तलाई तर्पण दिएजस्तै आफूहरुले पनि दिवङ्गत आफन्त महिलालाई तर्पण दिने परम्परा रहेको भङ्गाहा नगरपालिका—६की  रामवती चौधरी बताउँछन् ।
 
यस पर्वमा सप्तमीका दिन बिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अघ्र्य दिएर व्रतको सङ्कल्प गरिन्छ । व्रर्तालुुले दिवङ्गत सासु, जेठानी, बुढीसासु, नन्द—आमाजु र तीन पुस्ता भित्रको नाता पर्ने महिलालाई तर्पण दिने चलनले यस पर्वलाई ‘षोडष मातृका श्राद्घ’ पनि भन्ने गरिएको छ । ती सबै दिवङ्गत आफन्तलाई तर्पण दिदै ‘तिमी आफ्ना पौत्र ९नाति०, प्रपौत्र ९पनाति० र उनका सन्तानको कल्याण गर, उनीहरुलाई दीर्घजीवनको आशिर्वाद मिलोस् भन्ने कामना गरिन्छ ।
 
व्रत अवधिमा बर्तालुले राजा जितवाहनको कथा सुनेर आफ्ना पुत्र उनीजस्तै परोपकारी र साहसी होउन् भन्ने कामना गर्छन् । अघि द्वापरयुगमा एक विधवा ब्राह्मणीको पुकारमा उनका  पाँच मृत छोरालाई राजा जितवाहन ९देवरुप०ले आफ्नो आर्जित तपशक्तिबाट बचाइदिएको पौराणिक कथाको आधारमा यो कठोर व्रत बस्ने परम्परा बसेको पाका मैथिल बताउँछन् ।
 
राजा जितवाहन र जितीया पर्वको चर्चा भविष्यपुराणमा उल्लेख भएकाले यसको थालनी द्वापरयुगमै सुुरु भएको हुनसक्ने मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पसका उपप्राध्यापक मनोज झाको भनाइ छ ।


प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
प्रेस स्वतन्त्रता हननका ९४ घटना
प्रेस स्वतन्त्रता हननका ९४ घटना बुधबार, साउन २८, २०८२
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली 
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली  बुधबार, साउन २८, २०८२
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP