Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #नेता झलनाथ खनाल
  • #मेची_राजमार्ग
  • #इजिप्टमा सडक दुर्घटना
  • #हुक्कालोली
Search Here
अपराध-सुरक्षा
  • Home
  • अपराध-सुरक्षा
  • न्यायिक समितिले मिलायो ३७ विवाद 
न्यायिक समितिले मिलायो ३७ विवाद 
सत्य बटाला 
सत्य बटाला  सोमबार, असोज १५, २०८०

रुकुम पश्चिम– आठबिसकोट नगरपालिकाको न्यायिक समितिले ३७ ओटा विवाद मिलाएको छ । गत आर्थिक वर्षमा दर्ता भएका ५२ वटा मुद्दामध्ये ३७ वटाको फर्च्छट गरेको हो । 

गत आर्थिक वर्षमा दर्ता भएका मध्ये १५ वटा मुद्दा छिनोफानो बाँकी रहेको र ४ वटा थप प्रकृयाको लागि जिल्ला अदालत रुकुम पश्चिम पठाइएको न्यायिक समितिका उजुरी प्रशासक रत्न बहादुर परियारले बताएका छन्  । यस्तै चालु आर्थिक वर्षमा हालसम्म ६ वटा मुद्दा दर्ता भएको उनले जानकारी दिए । जसमध्ये ३ वटा फर्छौट गरिएको, एउटा अदालत पठाइएको र २ वटा मुद्दा हेर्न बाँकी रहेको उनले बताए । अब न्यायिक समितिमा नयाँ र पूराना गरेर १७ वटा मुद्दाको छिनोफानो बाँकी रहेको उनले जानकारी दिए । 

न्यायिक समितिमा धेरैजसो जग्गा विवाद, घर निर्माणमा खिचोला, लेनदेन, बालीनाली नोक्सानी, गालिगलौज लगयातका मुद्दा आउने गरेको नगरपालिकाको उपप्रमुख तथा न्यायिक समितिकी संयोजक धनकुमारी शाहीले बताइन् । न्यायिक समितिमा आउने उजुरीलाई स्थानीय जनप्रतिनिधिकै सक्रियतामा सम्बन्धित पक्षबीच मेलमिलाप गराउने काम भइरहेको उनले जानकारी दिइन् । समितिको अधिकार क्षेत्रभन्दा बाहिरको घटनालाई भने आफूहरुले नहेरी सिधै जिल्ला अदालतमा पठाउने गरेको उनले बताइन् । 

Hardik health

न्यायिक समितिमा सबैभन्दा बढी आर्थिक लेनदेनका मुद्दा दर्ता हुने गरेको उनले बताइन्। उनको अनुसार दर्ताभएका मुद्दामध्ये ११ वटा मुद्दा लेनदेनका र ५ वटा मुद्दा जग्गा विवादका छन्।  उनले भनिन्, ‘हामीले एक वर्षको अवधीमा न्यायको क्षेत्रमा गरेका कामदेखि म सन्तुष्टि छु । इजालास बस्दा तपाईहरु मिलेर जानुपर्छ भनेर उहाँहरुलाई मिलमिलाप गराएर विवादको समाधान गरेकी छु । हामिले स्थानीय तहमै गरेका कामबाट अदालत जानु पर्ने अवस्था कम भएको छ ।’

न्यायिक समितिको प्रमुखको हौसियतले आफूले निष्पक्ष रुपमा काम गरेर नगरवासीका विवादहरुलाई सकेसम्म मेलमिलापको माध्यमबाट नै समाधान गरेको उनले सुनाइन् । न्यायिक समितिमा जग्गा सम्बन्धी उजुरी दिएकी बिमला गिरीले साना–साना कामको लागि पनि अदालत जानुपर्ने अवस्थाको अन्त्य भइ मेलमिलाप केन्द्र र न्यायिक समिति हुनुले राहत भएको महसुस भएको बताइन् । उनले भनिन्, ‘एक त अदालती प्रक्रिया लामो र खर्चिलो छ । यसैमाथि कतिपय मुद्दा वर्षौँसम्म पनि टुङ्गो लाग्दैनन् । जिल्ला अदालत सम्म पुग्दा खर्च पनी बढ्ने र समयपनि त्यतिकै लाग्ने हुँदा स्थानीय तहबाटै न्याय पाउँदा सिँहदरबार गाउँमै आएको अनुभूति भएको छ ।’

 


प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्
थप अपराध-सुरक्षा
मलेसियामा अपराध दरमा वृद्धि
मलेसियामा अपराध दरमा वृद्धि शुक्रबार, असोज ३१, २०८२
देशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता
देशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता बिहीबार, असोज ३०, २०८२
मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि ।।।
मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि ।।। मंगलबार, असोज २८, २०८२
फरार कैदीबन्दी आफैँ फर्किए भीमफेदी कारागार 
फरार कैदीबन्दी आफैँ फर्किए भीमफेदी कारागार  मंगलबार, असोज २८, २०८२
पाँच हजार ५४७ कैदीबन्दी अझै फरार
पाँच हजार ५४७ कैदीबन्दी अझै फरार सोमबार, असोज २७, २०८२
हराएको ३०३ राइफल दमकमा फेला
हराएको ३०३ राइफल दमकमा फेला आइतबार, असोज २६, २०८२
आठ हजारभन्दा बढी कैदीबन्दी कारागार फर्किए
आठ हजारभन्दा बढी कैदीबन्दी कारागार फर्किए शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP