Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
समाचार
  • Home
  • समाचार
  • जलहरीमा भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष
विशेष अदालतमा मुद्दा दर्ता जलहरीमा भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, असोज १५, २०८०
  •  कोषका सदस्यसचिव डा. मिलनकुमार थापा, तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाल र स्टोर किपर अरुणकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर
  •  एक करोड १७ लाख एक हजार रूपैयाँ बिगो मागदाबी
  •  एक किलो ४९१ ग्राम ७१८ मिलिग्राम सुन हिनामिना भएको ठहर 


काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । अख्तियारले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापा, तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाल र स्टोर किपर अरुणकुमार श्रेष्ठविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले उनीहरूविरुद्ध एक करोड १७ लाख एक हजार ७८१ रूपैयाँ बिगो मागदाबी गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालले आइतबार जारी गरेको विज्ञप्तिअनुसार पशुपतिको शिवलिंग (ज्योर्तिलिंग)को गर्भगृहलाई पूर्णरूपले ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजार रुपैयाँमा खरिद गरेको थियो । सोही सुनमा कोषले दुई किलो ८९० ग्राम तामा, एक किलो २४९ ग्राम चाँदी र १२.७५ ग्राम जिंकसमेत गरी कूल १०७ किलो ४७० ग्राम सुन कायम गरिने उल्लेख गरिएको थियो । आयोगका प्रवक्ता दाहालले भने स्थलगत खोजबिनको क्रममा तोकिएको सर्त र निर्णयअनुसार सुनको जलहरी बनाएको नपाइएको बताएका छन् । 

निर्माण गरिएको जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग गरिएको सुनको परिमाण ९६ किलो ८२२ ग्राम रहेको अख्तियारले जनाएको छ । तर, कोषले भने १० किलो ९७६ ग्राम सुन रिङ बनाएर चढाइएको दाबी गरेको थियो । उक्त परिमाणको सुनको तत्कालीन बजार मूल्य भनेका सात करोड ८६ लाख ४ हजार बराबर हो । आयोगले खोजबिन गर्दा भने रिङ नै फेला परेन । यसपछि आयोगले जलहरीको मुचुल्कामै शंका गरेको थियो । अर्कातिर कोषकै केही सदस्यले जलहरी बनाएर बाँकी रहेको सुन केही पदाधिकारी र कर्मचारीको मिलेमतोमा गायब पारेको भन्दै खोजबिन पनि गरे । यसपछि अख्यितारमा उजुरी परेको हो । उजुरीलाई लिएर अख्तियार जलहरीको सुन खोजबिनमा लागेकै बेला महालेखापरीक्षकको कार्यालयले पनि ५९ औं वार्षिक प्रतिवेदनमार्फत जलहरीमा ‘कैफियत’ भएको किटान गरेको थियो ।


कार्यालयले प्रतिवेदनमा यस्तो विषय उल्लेख गरेपछि संघीय संसद्मा सत्ता नेतृत्व दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिको जलहरीमा अनियमितता भएको अभिव्यक्ति दिएका थिए । उनले सुन लगाउनुपर्नेमा जलहरीमा ‘पित्तल’ लगाएको आरोप लगाएका थिए ।उनको यो अभिव्यक्ति प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लक्षित थियो । यसपछि एमालेले जेठको दोस्रो साता लगातारजस्तो संसद् अवरोध ग¥यो । अन्ततः एकातिर आर्थिक वर्ष २०८०÷८१ को वार्षिक बजेट पारित गराउनुपर्ने र अर्कातिर भारत भ्रमणमा जानुपर्ने अवस्थापछि प्रधानमन्त्री पुष्पकमल दाहालले जलहरी काण्डमा पूर्वप्रधानमन्त्री ओलीको संलग्नता नभएको प्रस्टीकरण संसद्मै दिएका थिए । जलहरीमा अनियमितता भए पनि त्यो तत्कालीन प्रधानमन्त्री ओलीभन्दा पनि कोषकै क्षेत्राधिकारमा पर्ने भएकाले जलहरी काण्डमा ओलीलाई मुछ्न नहुने भन्दै दाहालले प्रस्टीकरण दिएका थिए । लगत्तै सभामुख देवराज घिमिरेले सांसद दाहालको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाएका थिए । 

Hardik health

यी विकसित राजनीतिक घटनाक्रमबीच अख्तियारले जहलरी काण्डमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै वर्तमान सदस्यसचिव, निवर्तमान सदस्यसचिव र स्टोर किपरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले सुनको जलहरी बनाउनेजस्तो संवेदनशील विषयमा सम्बन्धित आधिकारिक ज्ञान भएको विज्ञ व्यक्तिमार्फतमात्र कार्य अगाडि बढाउनुपर्नेमा त्यसो नगरेको जनाएको छ । बरु, सुनसम्बन्धी काम गर्न सक्ने सम्बन्धित निकायबाट इजाजत नलिएको अनधिकृत व्यक्तिमार्फत कालिगढका रूपमा काममा लगाएको ठहर गरेको छ । एक किलो ५६५.६ ग्राम शुद्ध सुनको परिमाण जलहरीमा कम देखिएको दाबी पनि अख्तियारको छ । एक किलो ४९१ ग्राम ७१८ मिलिग्राम सुन भने निवर्तमान सदस्यसचिव ढकाल र वर्तमान सदस्यसचिव थापाले हिनामिना गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । 

२०७७ फागुन ११ गतेपछि रिङ बनाउने क्रममा कुनै पनि मुचुल्का नगरी अनधिकृतरुपमा रुद्रगाडेश्वरस्थित सेफबाट सुन बाहिर निकाली प्रयोगमा ल्याएको, सुनको हिनामिना गर्ने नियतका साथ मिश्रणमा सुनको मात्रा एक किलो ४९१.७१८ ग्राम घटाइ चाँदी र तामाको मात्रा बढाएको विवरण पनि आरोपपत्रमा छ ।कोषमा बिसेट नाइके (स्टोरकिपर) अरुणकुमार श्रेष्ठले कोषको सम्पत्ति संरक्षण गर्ने जिम्मेवार व्यक्ति भए पनि जलहरी निर्माणका क्रममा रुद्रगाडेश्वरमा बाँकी रहेको सुनबाट रिङमा प्रयोग गरिएको सुनको उचित हिसाब नराखेर बद्नियतपूर्वक कार्य गरेको उल्लेख गरिएको छ । उनले विनामुचुल्का गैरजिम्मेवार तवरले कार्य गरेको बताइएको छ । 

यसअघि वर्तमान सदस्यसचिव थापाले भने जलहरीमा भ्रष्टाचार नभएको जिकिर संसदीय समिति बैठकमा गरेका थिए । बैठकमा रोएका उनले आफूलाई अनुहार देखाएर हिँड्न समस्या भएको भन्दै आत्महत्या गर्न मन लागेको बताएका थिए । तर, अख्तियारले जलहरीमा थापासहितले भ्रष्टाचार गरेको ठहरसहित अदालतमा मुद्दा चलाएको हो ।


मेरो अभिव्यक्ति सही ठहरियो: सांसद दाहाल
माओवादी सांसद लेखनाथ दाहालले संसद्मा यसअघि पशुपतिको जलहरीमा भ्रष्टाचार भएको भन्ने आफ्नो अभिव्यक्ति सही ठहरिएको बताएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संस्थागत भ्रष्टाचारअन्तर्गत वाइडबडी जहाज, गोकर्ण रिसोर्ट, गिरिबन्धु टि स्टेट र पशुपतिको जलहरीमा भ्रष्टाचार भएको भनेकोमा अख्तियारले भ्रष्टाचार नै भएको निष्कर्ष निकालेपछि आफ्नो अभिव्यक्ति तथ्यहीन नभएको उनले बताए ।

उनले सभामुख देवराज घिमिरेले संसद्को रेकर्डबाट आफ्नो अभिव्यक्ति हटाएर अभिव्यक्ति स्वतन्त्रता हनन् गरेको भन्दै असन्तुष्टि पोखे । ‘मैले त महालेखापरीक्षकको कार्यालयको प्रतिवेदन, सार्वजनिक खरिद ऐन अनुगमन कार्यालय र पशुपति क्षेत्र विकास कोषकै बहुमत सदस्यहरूको दाबीका आधारमा जहलरीमा अनियमितताको सवाल उठाएको थिएँ,’ उनले प्रभावसँग भने, ‘तर, संसद्को रेकर्डबाट हटाइयो । जुन मेरो अभिव्यक्ति स्वतन्त्रता कुण्ठितसँग सम्बन्धित थियो । तर, अहिले सही ठहरियो ।’जलहरी पूर्वप्रधानमन्त्री ओलीको निर्देशनमा लगाइएको हो ।
 


प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १०:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री सोमबार, कात्तिक ३, २०८२
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु सोमबार, कात्तिक ३, २०८२
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान सोमबार, कात्तिक ३, २०८२
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै सोमबार, कात्तिक ३, २०८२
गर्भवतीको समयमै हवाई उद्धार हुँदा 
गर्भवतीको समयमै हवाई उद्धार हुँदा  सोमबार, कात्तिक ३, २०८२
कार्तिक कृष्ण आमावास्या:  धन धान्यकी देवी लक्ष्मी पूजा
कार्तिक कृष्ण आमावास्या:  धन धान्यकी देवी लक्ष्मी पूजा सोमबार, कात्तिक ३, २०८२
लुटिएका हतियारको त्रास
लुटिएका हतियारको त्रास सोमबार, कात्तिक ३, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP