Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #सम्बन्धविच्छेद
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • साहसिक पर्यटन प्रवर्द्धनमा जुटेका आरडी, मदन र अर्जुन
साहसिक पर्यटन प्रवर्द्धनमा जुटेका आरडी, मदन र अर्जुन
दिपा सुनुवार
दिपा सुनुवार
सम्झना राई
सम्झना राई
शनिबार, असोज १३, २०८०

‘अफसिजन’मा गरेको पाल्दोर आरोहणले विभिन्न मिथकहरुलाई तोड्न सफल भएका छौं । यो आरोहण वर्षभरि नै नेपालमा हिमाल आरोहण गर्न सम्भव छ है भनेर संसारलाई देखाउनका लागि पनि थियो । 
- आरडी तामाङ

त्यो प्रकृतिसँग जति लडाइँ थियो, त्यति नै हामी आफैंसँगको लडाइँ थियो । पहाडले हामीलाई संघर्ष गर्न सिकायो, हाम्रा कमजोरीहरु देखायो र बदलामा हामीले हाम्रा सबै शक्तिका साथ पाल्दोरको शिखर चुम्न सफल भयौं ।
- मदन मगर

पाल्दोरको शिखरमा उभिरहँदा सपनाको क्यान्भासमा देखेजस्तै सूर्यले पहाडलाई चुम्बन गरेझैं सारा संसार सुनको रङमा रंगिएको पाएँ । हिउँको टहक आँखै अगाडि चाँदीझैं टल्किरहेको थियो । खुसीको सीमा नै रहेन ।
- अर्जुन तामाङ

 

‘जीवन या त एक महान साहसिक कार्य हो वा केही पनि होइन ।’

प्रसिद्ध अमेरिकी लेखक हेलेन एडम्स केलरको भनाइ हो यो । एडभेञ्चर (साहसिक कार्य) मन पराउनेहरुमाझ उनको यो भनाइ निकै लोकप्रिय छ । यसलाई मनन् गर्दै धेरैले एडभेञ्चरमा आफ्नो जीवन समर्पित गरेका छन् । युवा पुस्ताका आरडी (रक्षराज) तामाङ, मदन मगर र अर्जुन तामाङ यसैगरी अघि बढेका छन् । नेपालमा साहसिक पर्यटन प्रवर्द्धन गर्न लागिपरेका यी तीन युवा । यसलाई उनीहरुले अभियानकै रुपमा अगाडि बढाएका छन् । यही क्रममा उनीहरुले यसै वर्ष ‘अफसिजन’मा हिमाल आरोहण गर्ने साहसिक कार्य रोजे । जसमा उनीहरु सफल पनि भए । जबकि, अफसिजनमा हिमाल आरोहण गर्नु जोखिमपूर्ण मानिन्छ । त्यो जोखिम मोल्ने आँट उनीहरुले गरे । 

काभ्रेका आरडी, पाँचथरका मदन र नुवाकोटका अर्जुन लामो समयदेखि यसै क्षेत्रमा क्रियाशील छन् । एडभेञ्चरलाई नै उनीहरुले पेसा बनाएका छन् । गत साउन (अगस्ट)मा लाङटाङ क्षेत्रमा पर्ने पाल्दोर हिमालको तीनै जनाले एकसाथ आरोहण गरेका हुन् । पाल्दोरको उचाइ समुद्र सतहदेखि पाँच हजार ८६६ मिटर (१९ हजार ३४३ फिट) रहेको छ । खासमा हिमाल आरोहण गर्ने उपयुक्त समय फागुन अन्तिम सातादेखि जेठ पहिलो हप्तासम्म (मार्च, अप्रिल, मे) र असोजदेखि मंसिरसम्म (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर) लाई मानिन्छ ।

एकै पृष्ठभूमिबाट आएका उनीहरु विगत एक दशकदेखि यही पेसामा रमाइरहेका छन् । मदन र अर्जुन र्‍याफ्टिङ, कायाकिङ र ट्रेकिङ गाइड हुन् । आरडी भने माउटेन/ट्रेकिङ गाइडको रुपमा पर्यटन क्षेत्रमा क्रियाशील छन् । उनले आफ्नै ट्रेकिङ कम्पनी चलाइरहेका छन् । लामो समयदेखि एडभेञ्चरमा आबद्ध भए पनि मदन र अर्जुनको भने यो पहिलो हिमाल आरोहण हो । मदन पाँचथरको तुम्बेवा गाउँपालिकाबाट हिमाल आरोहण गर्ने सम्भवतः पहिलो व्यक्ति बनेका छन् । यस आरोहणसँगै उनले तुम्बेवाको इतिहासमा आफ्नो नाम लेखाएका छन् ।

यस्तै अर्जुनले पनि पाल्दोरको आरोहणसँगै आफ्नो बायोडेटामा नयाँ उपलब्धि थपेका छन् । आरडीले भने यसअघि आइल्याण्डपिक, आमाडब्लम, हिम्लुङलगायत हिमाल आरोहण गरिसकेका छन् । पाल्दोरको आरोहणले भविष्यमा थप शिखर चुम्ने मनोबल उच्च पारिदिएको बताउँछन्, मदन र अर्जुन । अफसिजनमा आरोहण गर्नु आफैंमा चुनौतीपूर्ण कार्य भएको उनीहरु बताउँछन् ।

 हिमाल आरोहण गर्न मौसमले पनि साथ दिनुपर्छ । अफसिजनमा गरेको पाल्दोर आरोहणले विभिन्न मिथकहरुलाई तोड्न सफल भएको आरडी बताउँछन् । ‘यो आरोहण वर्षभरि नै नेपालमा हिमाल आरोहण गर्न सम्भव छ है भनेर संसारलाई देखाउनका लागि पनि थियो,’ उनले भने ।

adventure31696076150.jpg
पाल्दाेर हिमाल आराेहणमा उकालाे लाग्दै

 

नेपालमा हिमाल आरोहणका लागि दुई सिजन खुला गरिन्छ । तर, वषैभरि खुला गर्न सकिए पर्यटन क्षेत्र अझ फराकिलो बन्न उनीहरुको विश्वास छ ।

एडभेञ्चरको क्षेत्रमा मदन र अर्जुनको यात्रा नदीको छलाङबाट सुरु भयो । उनीहरुले एक दशकदेखि हिमाल, पहाड, खोला, नदीमार्फत कयौं यात्रुहरुलाई मार्गदर्शन गरेका छन् । एक अनुभवी ट्रेकर, पर्यटक गाइडको रुपमा नेपालका पूर्वदेखि पश्चिमका जलमार्गहरुलाई अँगादै तल्लो सेती, भोटेकोशी, सुनकोशी, तमोर, त्रिशूलीजस्ता नदीहरुमा कयौंपटक र्‍याफ्टिङ गरिसकेका छन् । ट्रेकिङ गाइडको रुपमा सगरमाथा, लाङटाङ, अन्नपूर्ण, अपर मुस्ताङलगायत क्षेत्रमा कैयौंपटक पाइला टेकेका छन् ।

adventure21696076149.jpg

प्रकृतिसँग जोडिएका ती नदी, खोला, पहाड र भीरहरुमा भिजिरहँदा आफूलाई रोमाञ्चक महसुस हने बताउँछन् अर्जुन । प्रकृतिका धुनहरुसँग मोहित हुँदै हुर्किएका उनीहरुले बाल्यकालदेखि नै प्रकृतिकसँग नजिक हुने मौका पाएका थिए । उनीहरु कहिले खोलामा डुंगा लिएर त कहिले जंगलमा साइकलिङ त कहिले भीर पहरामा क्यानोइङ गर्न पुगिरहन्छन् । यी हरेक एडभेञ्चरले मनमा छुट्टाछुट्टै आनन्द दिने गर्छ । र्‍याफ्टिङ गाइडको रुपमा काम गर्दा मानिस र नदीबीचको सुन्दर नृत्य महसुस भएजस्तै क्यानोइङको रोमाञ्चकता, झरनाहरुबाट बगेको पानीसँगै ओर्लिंदा थाहा हुने अनुभव सुनाउँछन् मदन । यसरी नै प्रकृतिको सौन्दर्य उनीहरुको जीवनको आड बन्यो । ‘तर, पानीको नित्य र झरनाको अँगालोको लोभ बीचमा मात्र मनलाई सीमित राख्न सकिएन, त्यसैले हिमाल आरोहण गर्ने निर्णय लियौं,’ उनले भने ।

पहाडका मनमोहक ट्रेलहरु, जीवनसँग नाच्ने भू-भागमा साइकल चलाउने र स्वर्ग छुने चुचुराहरुमार्फत पर्यटकलाई मार्गदर्शन गर्ने आरडीको जीवन एडभेञ्चरका रंगहरुले रंगिएको क्यानभासजस्तै छ । न्यानोपनले भरिएको हृदय र उत्साहले भरिएको आत्माका साथ उनी नेपालका भव्य चुचुराहरुको भूलभूलैयाबाट असंख्या यात्रुहरुलाई डोर्‍याउने मार्गदर्शक बनेका छन् ।

विदेशी पाहुनालाई मार्गनिर्देश गर्न पाउनु पेसाभन्दा बढी उपहार मान्छन् । प्रत्येक यात्रासँगै हिमालसँग आरडीको सम्बन्ध गहिरिँदै गएको छ । प्रकृतिसँग आफ्नो सम्बन्ध क्षणिक रोमान्स मात्र नभई जीवनभरको प्रतिबद्धता भएको उनी बताउँछन् । उनी पहाडको हावामा सास फेर्दै शिखरको चुचुरोमा उभिँदा अन्तररंगमा डुब्ने गरेको बताउँछन् ।

‘पहाडको जोन’ र राष्ट्रिय निकुञ्जका पिता भनेर चिनिने अमेरिकी प्रकृतिविद् एवं लेखक जोन मुइरको भनाइ- ‘पहाडहरु बोलाउँदै छन्, त्यसैले म जानुपर्छ’ भनेजस्तै मदन र अर्जुनलाई पनि पहाडले बोलाएझैँ आभाष हुने बताउँछन् । पानीमा रमाइरहेका उनीहरुलाई हिमालको सुन्दरताले लोभ्याउन थाल्यो । ‘नेपालको सुन्दर हिमालहरुमा उभिने चाहनासँगै पाल्दोर हिमालमा नजर रोकियो,’ मदनले भने, ‘जब पानीले रमाइलो दिन्छ, पहाडहरुले प्रेरणा । मलाई थाहा थियो कि मैले साँच्चै जीवित महसुस गर्न दुवैलाई अँगाल्नुपर्छ ।’

rd1696148302.jpg
पाल्दाेर हिमाल आराेहण गरेर फर्कने क्रममा

 

त्यसपछि उनीहरुले हिमाल आरोहणको कठिन यात्रा सुरु गर्ने निर्णय गरे । हरेक साहसिक कार्य गर्नु आफैंमा एक यात्रा हो । शान्त मुस्कानकासाथ आरडी भन्छन्, ‘म आफ्नो खुट्टामुनिको पृथ्वी र टाउकोमाथि आकाश महसुुस गर्न चाहन्थें, जुन र्‍याफटिङ, कायाकिङ वा अन्य कुनै प्रयासले पूरा गर्न सक्दैन । पहाडहरुमा मौनता छ र म त्यो मौनतालाई नजिकबाट नियाल्न चाहन्थें ।’

उनीहरुका लागि पाल्दोरसम्मको यात्रा परीक्षाविहीन भने थिएन । बदलिरहने मौसम र कठिन भूभागले गन्तव्यसम्म पुग्न उनीहरुको यात्रामा परीक्षण लिइरह्यो । पाल्दोर हिमालमाथिको कष्टप्रद यात्रा सफल पार्न उनीहरुले पसिना, आँसु र थकान सबैलाई बिर्सनुपर्‍यो । प्रकृतिको लयलाई अँगालो कस्दै जोशका साथ विपद्को सामना गर्दै पाइला अघि बढाइरहे । ‘त्यो प्रकृतिसँग जति लडाइँ थियो, त्यति नै हामी आफैंसँगको लडाइँ थियो,’ मदनले भने, ‘पहाडले हामीलाई संघर्ष गर्न सिकायो, हाम्रा कमजोरीहरु देखायो र बदलामा हामीले हाम्रा सबै शक्तिका साथ लक्ष्यतर्फ पाइला चालिरह्यौं ।’

शारीरिक पीडाको सहनशीलतामात्र नभई मानसिक शक्तिलाई पनि चुनौती लिने अभियानमा लागेका आरडी, मदन र अर्जुनले अन्ततः पाँच हजार ८९६ मिटर उचाइमा रहेको पाल्दोर पर्वत तीन दिनको कठिन यात्रापछि चुम्न सफल भए । मन हर्षले भरियो । पाल्दोरको शिखरमा उभिरहँदा सपनाको क्यान्भासमा देखेजस्तै सूर्यले पहाडलाई चुम्बन गरेझैं सारा संसार सुनको रङमा रंगिएको पाए । ‘हिउँको टहक आँखै अगाडि चाँदीझैं टल्किरहेको पाएँ । म खुसीले गदगद भएँ,’ अर्जुनले सुनाए ।

त्यो एउटा सपनाजस्तै थियो मदनका लागि । समय स्थिर रहेको अनौठो पल, मदनको आवाज काँप्छ जब उसले त्यो क्षण सम्झन्छ । ‘जब तपाईं पहाडको चुचुरोमा उभिनुहुन्छ, तपाईं चट्टान र हिउँलाई मात्र छुनुभएको हुँदैन, तपाईंले अनन्तकाललाई छुनुभएको हुन्छ,’ उनले भने ।

‘हामी नेपालको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न चाहन्थ्यौं, एडभेञ्चर हुनलाई कुनै मौसम बाधा हुँदैन भनेर देखाउन चाहन्थ्यौं त्यसैँले अफसिजनको समय रोजेका हौं,’ आरडीले भने, ‘एडभेञ्चर मेरो जीवनरेखा हो, साँच्चै जीवित रहने मेरो तरिका हो ।’
अफसिजनको समयामा चुनौती मोलेर पाल्दोरको शिखर चुमेसँगै एडभेञ्चरको अर्को कृति उनीहरुको नयाँ क्यान्भासमा थपिएको छ । पाल्दोरसम्मको यात्रा जीवनको एक सुन्दर अध्याय बनेको उनीहरु बताउँछन् ।

पाल्दाेर हिमाल आराेहण गर्दै
पाल्दाेर हिमाल आरोहण गर्दै

‘प्रकृति हाम्रो सबैभन्दा ठूलो उपहार हो, र एडभेञ्चर हाम्रो सञ्चारको माध्यम । प्रकृतिको नजिक हुनु भनेको जीवनको सारको नजिक हुनु हो । प्रकृतिलाई बेवास्ता गर्नु भनेको जीवनको पूर्णतालाई इन्कार गर्नु हो । र, एडभेञ्चर भनेको त्यो सुन्दरतासँग जोड्ने पुल हो,’ आरडी व्याख्या गर्छन् ।

पर्यटकलाई लिएर हिमाली क्षेत्रमा गाइड गरिहँदा उनीहरुलाई हिमालमात्र देखाउने भन्दा पनि नेपालको सुन्दरता देखाउँदै छु भन्ने आभाष हुने बताउँछन्, अर्जुन । ती चुचुराहरुमा उभिएर पर्यटकलाई हिमाल देखाउन पाउनुमा गर्व गर्छन् उनी । प्रकृतिको यो उपहार (नेपालका हिमाल र प्रकृति) संसारसँग बाँड्न चाहन्छन् उनी ।

mm1696148302.jpg
पाल्दाेर हिमाल आरोहण गर्नुअघि सामूहिक तस्विर खिचाउँदै :मदन , आरडि र अर्जुन

पाल्दोरको सफल आरोहणले उनीहरुको भविष्यमा थप शिखरको आरोहण गर्ने ढोका खोलिदिएको छ । उनीहरु तीनैजना आफ्नो देश, आफ्नो ठाउँ एडभेञ्चरको क्षेत्रमा फस्टाएको हेर्न चाहन्छन् । नेपालको भू-दृश्यको सौन्दर्य र सभ्यतालाई देखाएर प्रकृतिसँग गहिरो सम्बन्ध गाँस्न अरुलाई पनि प्रेरित गर्न पाउँदा सुखद् अनुभूति हुने उनीहरु बताउँछन् । 

आरडी, मदन र अर्जुनको आगामी लक्ष्य विश्वको सर्वोच्च शिखर सगरमाथा चुम्ने रहेको छ । यही अठोट लिएर उनीहरु अगाडि बढेका छन् । उनीहरुकै भनाइमा पाल्दोर आरोहण एउटा अभियानमात्र थियो । अफसिजनको समयमा हिमाल आरोहण गर्नु भनेको एडभेञ्चरको कुनै सीमा हुँदैन भनेर बुझाउनु थियो । यसमा उनीहरु सफल भएका छन् । तीन साहसिक आरोहीको यो प्रयास र सफलता एडभेञ्चर मनपराउनेहरुका लागि प्रेरणादायी बन्ने निश्चित छ ।

 


प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १०:००
#पाल्दोर_आरोहण
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा आइतबार, साउन १८, २०८२
जुलाईमा भित्रिए ७० हजार अन्तर्राष्ट्रिय पर्यटक, ७महिनामा ६ लाख ४७ हजार
जुलाईमा भित्रिए ७० हजार अन्तर्राष्ट्रिय पर्यटक, ७महिनामा ६ लाख ४७ हजार शनिबार, साउन १७, २०८२
 वर्षाका कारण देशभरका सात राजमार्ग  अवरुद्ध
 वर्षाका कारण देशभरका सात राजमार्ग  अवरुद्ध बिहीबार, साउन १५, २०८२
राष्ट्रिय पर्यटन परिषद्को पहिलो बैठक : आरोग्य पर्यटनसम्बन्धी रणनीतिक अवधारणा तयार गरिने
राष्ट्रिय पर्यटन परिषद्को पहिलो बैठक : आरोग्य पर्यटनसम्बन्धी रणनीतिक अवधारणा तयार गरिने बिहीबार, साउन १५, २०८२
पोखरा साहसिक पर्यटनको हबः परराष्ट्रमन्त्री देउवा
पोखरा साहसिक पर्यटनको हबः परराष्ट्रमन्त्री देउवा बुधबार, साउन १४, २०८२
पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाले दिए उम्मेदवारी घोषणा
पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाले दिए उम्मेदवारी घोषणा मंगलबार, साउन १३, २०८२
माङ्मा  पोखरी ओझेलमा
माङ्मा  पोखरी ओझेलमा सोमबार, साउन १२, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP