Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • विश्व मुटु दिवस : युवा अवस्थामा नै मुटुको समस्या
विश्व मुटु दिवस : युवा अवस्थामा नै मुटुको समस्या
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज १२, २०८०


काठमाडौं - आज नेपालसहित विश्वभर नै ‘विश्व मुटु दिवस’ मनाइँदै छ । ‘मुटुबारे जानौँ र मुटु बचाऔँ’ भन्ने मूल नाराका साथ दिवस बनाउन थालिएको हो । 

दिवसका अवसरमा सहिद गङ्गलाल राष्ट्रिय हृदयरोग केन्द्रले आज बेलुका मुटुसम्बन्धी जनचेतना जगाउन उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरेको छ ।
 
अहिले युवावस्थामा नै मुटुमा समस्या हुँदा धेरै मानिसलाई हृदयघात हुने गरेको छ । युवावस्थामा नै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन, मोटोपनाका कारणले हृदयघातको समस्या बढिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले बताए । 

उनका अनुसार हृदयघात हुनेमध्ये १२ प्रतिशत बिरामी ४५ वर्षमुनिका युवा रहेका छन् ।  “युवाहरूमा बढ्दै गएको चुरोट तथा सुर्ती सेवनले हृदयघातको समस्या बढ्दै गएको छ”, उनले भने, “खासगरी ४५ वर्षमुनिका १२ प्रतिशत युवामा हृदयघात हुनुका मुख्य कारण चुरोट र सुर्ती सेवन देखिएको छ ।”

डा अधिकारीका अनुसार चुरोट र सुर्तीबाहेक युवामा बढ्दै गएको अस्वस्थ्य खानपान, मोटोपना, निष्क्रिय जीवनशैली, तनाबलगायत पनि कम उमेरमै हृदयघात हुने गरेको छ । हृदयघात वङ्शाणुगतका कारण पनि हुने गरेको उनको भनाइ थियो । पैतालीस वर्ष कटेपछि वर्षमा एकपटक मुटुको नियमित जाँच गराउनुपर्ने चिकित्सकहरू बताउँछन् ।  

Hardik health

खासगरी पुरुष ५५ र महिला ६५ वर्ष नाघेपछि उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, मोटोपना, हर्मोन, चिल्लो खानापन, तनावलगायत कारणले हृदयघात हुने गरेको केन्द्रका कार्यकारी निर्देशक डा अधिकारीले बताउनुभयो । नियमित व्यायाम गर्नेमा भन्दा व्यायाम नगर्नेमा हृदयघातको जोखिम बढी हुने उनले उल्लेख गरे  ।

“बिरामीको छाती भारी जस्तो हुने, छातीमा ढुङ्गा राखेको जस्तो लाग्ने, अलिकति हिँड्यो भने दुःखाइ बढ्दै जाने हुन्छ । आराम गर्यो भने कम हुन्छ । यस्तो हुदाँ नशा साँघुरो भएर मुटुलाई रगत पुगेको हुँदैन ”, डा अधिकारीले भने, “हृदयघात हुने बेला रगत मुटुमा जान पाउँदैन । हृदयघात भनेको मुटुमा रक्तसञ्चार नहुनु हो । त्यतिबेला दुःखाइ निरन्तर भइरहन्छ र आराम गर्दा पनि कम हुँदैन र हृदयघात हुन्छ ।” 

उनका अनुसार विगत १० वर्षको तथ्याङ्क अनुसार मुटुरोगका बिरामीमध्ये ५० प्रतिशत  हृदयघात भएका बिरामी छन् । मुटुसम्बन्धी रोग विश्वव्यापीरूपमा मृत्युको प्रमुख कारण बन्दै गइरहेको डा अधिकारीले बताए  । हृदयघातका कारण करिब १६ प्रतिशत बिरामीको मृत्यु हुने गरेको भन्दै उहाँले मुटुसम्बन्धी रोगबाट बच्न स्वस्थ जीवनशैली अपनाउन सुझाव दिए  ।
 
मुटुरोगबाट बच्ने उपाय  

स्वस्थ खानेकुरा खाने, शरीरको तौल नियन्त्रणमा राख्ने, कोलेस्ट्रोल र रक्तचाप नियन्त्रणमा राख्ने, शारीरिक व्यायाम गर्ने, धुमपान र मद्यपान नगर्ने, मानसिक तनाव व्यवस्थापन गर्ने रहेका सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा अधिकारीले बताए ।

दैनिक ३० मिनेट हिँड्ने, हरियो, तरकारी र फलफूल खाने, नुन, चिनी तथा चिल्लो कम खाने, बालबालिकाको घाँटी दुख्दा, टन्सिल बढ्दा तुरुन्त औषधि गराउने, पिरचिन्ता नलिने, कसैसँग नरिसाउने, दैनिक छदेखि आठ घण्टा सुत्नेलगायत क्रियाकलाप गरे मुटुरोगबाट बच्न सकिने उनको भनाइ थियो ।  

कार्यकारी निर्देशक डा अधिकारीका अनुसार अस्पतालमा आएकामध्ये एक हजार छ सय बिरामीको मुटुको शल्यक्रिया गरिन्छ । त्यस्तै एक वर्षमा हृदयघात भएर एक हजार आठ सय मानिस उपचारका लागि आउने गरेका उहाँले जानकारी दिए ।


प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप बुधबार, चैत ४, २०८२
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो बुधबार, चैत ४, २०८२
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी मंगलबार, चैत ३, २०८२
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य मंगलबार, चैत ३, २०८२
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन मंगलबार, चैत ३, २०८२
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै मंगलबार, चैत ३, २०८२
सोह्र औषधि पसल निलम्बनमा
सोह्र औषधि पसल निलम्बनमा सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP