Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
  • #बाघ
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • विश्व मुटु दिवस : युवा अवस्थामा नै मुटुको समस्या
विश्व मुटु दिवस : युवा अवस्थामा नै मुटुको समस्या
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज १२, २०८०


काठमाडौं - आज नेपालसहित विश्वभर नै ‘विश्व मुटु दिवस’ मनाइँदै छ । ‘मुटुबारे जानौँ र मुटु बचाऔँ’ भन्ने मूल नाराका साथ दिवस बनाउन थालिएको हो । 

दिवसका अवसरमा सहिद गङ्गलाल राष्ट्रिय हृदयरोग केन्द्रले आज बेलुका मुटुसम्बन्धी जनचेतना जगाउन उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरेको छ ।
 
अहिले युवावस्थामा नै मुटुमा समस्या हुँदा धेरै मानिसलाई हृदयघात हुने गरेको छ । युवावस्थामा नै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन, मोटोपनाका कारणले हृदयघातको समस्या बढिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले बताए । 

उनका अनुसार हृदयघात हुनेमध्ये १२ प्रतिशत बिरामी ४५ वर्षमुनिका युवा रहेका छन् ।  “युवाहरूमा बढ्दै गएको चुरोट तथा सुर्ती सेवनले हृदयघातको समस्या बढ्दै गएको छ”, उनले भने, “खासगरी ४५ वर्षमुनिका १२ प्रतिशत युवामा हृदयघात हुनुका मुख्य कारण चुरोट र सुर्ती सेवन देखिएको छ ।”

डा अधिकारीका अनुसार चुरोट र सुर्तीबाहेक युवामा बढ्दै गएको अस्वस्थ्य खानपान, मोटोपना, निष्क्रिय जीवनशैली, तनाबलगायत पनि कम उमेरमै हृदयघात हुने गरेको छ । हृदयघात वङ्शाणुगतका कारण पनि हुने गरेको उनको भनाइ थियो । पैतालीस वर्ष कटेपछि वर्षमा एकपटक मुटुको नियमित जाँच गराउनुपर्ने चिकित्सकहरू बताउँछन् ।  

Hardik health

खासगरी पुरुष ५५ र महिला ६५ वर्ष नाघेपछि उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, मोटोपना, हर्मोन, चिल्लो खानापन, तनावलगायत कारणले हृदयघात हुने गरेको केन्द्रका कार्यकारी निर्देशक डा अधिकारीले बताउनुभयो । नियमित व्यायाम गर्नेमा भन्दा व्यायाम नगर्नेमा हृदयघातको जोखिम बढी हुने उनले उल्लेख गरे  ।

“बिरामीको छाती भारी जस्तो हुने, छातीमा ढुङ्गा राखेको जस्तो लाग्ने, अलिकति हिँड्यो भने दुःखाइ बढ्दै जाने हुन्छ । आराम गर्यो भने कम हुन्छ । यस्तो हुदाँ नशा साँघुरो भएर मुटुलाई रगत पुगेको हुँदैन ”, डा अधिकारीले भने, “हृदयघात हुने बेला रगत मुटुमा जान पाउँदैन । हृदयघात भनेको मुटुमा रक्तसञ्चार नहुनु हो । त्यतिबेला दुःखाइ निरन्तर भइरहन्छ र आराम गर्दा पनि कम हुँदैन र हृदयघात हुन्छ ।” 

उनका अनुसार विगत १० वर्षको तथ्याङ्क अनुसार मुटुरोगका बिरामीमध्ये ५० प्रतिशत  हृदयघात भएका बिरामी छन् । मुटुसम्बन्धी रोग विश्वव्यापीरूपमा मृत्युको प्रमुख कारण बन्दै गइरहेको डा अधिकारीले बताए  । हृदयघातका कारण करिब १६ प्रतिशत बिरामीको मृत्यु हुने गरेको भन्दै उहाँले मुटुसम्बन्धी रोगबाट बच्न स्वस्थ जीवनशैली अपनाउन सुझाव दिए  ।
 
मुटुरोगबाट बच्ने उपाय  

स्वस्थ खानेकुरा खाने, शरीरको तौल नियन्त्रणमा राख्ने, कोलेस्ट्रोल र रक्तचाप नियन्त्रणमा राख्ने, शारीरिक व्यायाम गर्ने, धुमपान र मद्यपान नगर्ने, मानसिक तनाव व्यवस्थापन गर्ने रहेका सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा अधिकारीले बताए ।

दैनिक ३० मिनेट हिँड्ने, हरियो, तरकारी र फलफूल खाने, नुन, चिनी तथा चिल्लो कम खाने, बालबालिकाको घाँटी दुख्दा, टन्सिल बढ्दा तुरुन्त औषधि गराउने, पिरचिन्ता नलिने, कसैसँग नरिसाउने, दैनिक छदेखि आठ घण्टा सुत्नेलगायत क्रियाकलाप गरे मुटुरोगबाट बच्न सकिने उनको भनाइ थियो ।  

कार्यकारी निर्देशक डा अधिकारीका अनुसार अस्पतालमा आएकामध्ये एक हजार छ सय बिरामीको मुटुको शल्यक्रिया गरिन्छ । त्यस्तै एक वर्षमा हृदयघात भएर एक हजार आठ सय मानिस उपचारका लागि आउने गरेका उहाँले जानकारी दिए ।


प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १५ सय शिशुको जन्म
लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १५ सय शिशुको जन्म मंगलबार, कात्तिक ११, २०८२
जुम्लामा एक लाख नागरिकले गरे स्वास्थ्य बीमा
जुम्लामा एक लाख नागरिकले गरे स्वास्थ्य बीमा सोमबार, कात्तिक १०, २०८२
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु सोमबार, कात्तिक ३, २०८२
स्वास्थ्य सेवा विभागमा भ्रष्टाचार
स्वास्थ्य सेवा विभागमा भ्रष्टाचार सोमबार, कात्तिक ३, २०८२
नर्सिङ स्वास्थ्यकर्मीहरूको माग सम्बोधन गर्न १४ सदस्यीय समिति गठन
नर्सिङ स्वास्थ्यकर्मीहरूको माग सम्बोधन गर्न १४ सदस्यीय समिति गठन आइतबार, कात्तिक २, २०८२
सिटिजन्स् बैंक र काठमाडाैं मेडिकल कलेजबीच  समझदारी
सिटिजन्स् बैंक र काठमाडाैं मेडिकल कलेजबीच समझदारी शुक्रबार, असोज ३१, २०८२
एक सय जनामा क्षयरोग सङ्क्रमण
एक सय जनामा क्षयरोग सङ्क्रमण शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP