Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
कृषि
  • Home
  • कृषि
  • टिमुरको उत्पादनमा कमी
टिमुरको उत्पादनमा कमी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज ४, २०८०

घोराही– दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा कमी आएको हो ।

जिल्लाबाट आव २०७८/७९ मा दुई लाख ४१ हजार सात सय ४२ किलो बिक्री भएको थियो । आव २०७९÷८० मा एक लाख पाँच हजार नौ सय छ किलो मात्रै टिमुर बिक्री भएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिए । उनका अनुसार गत वर्ष करिब एक लाख ५५ हजार आठ सय ३६ किलो टिमुर कम बिक्री भएको छ । 

सहायक वन अधिकृत चौधरीका अनुसार आव २०७८/७९ मा राष्ट्रिय वनबाट २९ हजार पाँच सय ५० किलो र निजी वनबाट दुई लाख १२ हजार एक सय ९२ किलो टिमुर जिल्ला बाहिर बिक्रीका लागि लगिएको  थियो । बिक्री गरी रु तीन लाख २० हजार राजस्व सङ्कलन भएको सहायक वन अधिकृत चौधरीले बताए। 

Hardik health

आव २०७९/८० मा राष्ट्रिय वनबाट १३ हजार किलो र निजी वनबाट ७२ हजार नौ सय छ किलो बिक्री हुँदा रु एक लाख ४५ हजार मात्रै राजस्व सङ्कलन भएको छ ।  आव २०७८/७९ मा राष्ट्रिय वनबाट ४४ हजार एक सय किलो तेजपात, तीन हजार किलो अमला, ४३ हजार १० किलो रिठा, एक हजार पाँच सय किलो बार्रो, लहरे गुर्जो दुई हजार पाँच सय केजी, ब्राहमी एक हजार, चुत्रोको बोक्रा दुई हजार किलो बिक्री भएको छ भने निजी वनबाट आव २०७९/८० मा बर्रो पाँच सय किलो, लहरे गुर्जो दुई हजार किलो, धाइरोको फूल, बेलचना, पुदिना र भृङ्राज पाँच÷पाँच सय किलो, दुधे–लहरा एक हजार पाँच सय किलो, ब्राहमी एक हजार किलो, चुत्रोको बोक्राका सात हजार सात सय किलो, दालचिनी तीन हजार किलो, टटेलोको बोक्रा चार हजार किलो तथा कालीकाठको दाना १४ हजार किलो बिक्री भएको छ । 

निजी वनबाट आव २०७८/७९ मा २७ हजार चार सय किलो दालचिनीका बोक्रा, काउलो बोक्रा २९ हजार किलो, मालागँेडी ५५ हजार दुई सय किलो, तिगेडी, चुत्रो र कालीकाठ एक हजार किलो, पाषणवेद एक हजार छ सय किलो, अमलावेद छ सय ५० किलो निर्यात भएको थियो भने आव २०७९/८० मा दालचिनीको बोक्रा सात हजार एक सय ४५ किलो, मालागेँडी १३ हजार पाँच सय, काउलो बोक्रा ४३ हजार नौ सय ९५किलो, अमला फल एक हजार किलो, तिगेडी पाँच हजार र कालीकाठ ८० हजार ८० किलो जडीबुटी बिक्री भएको सहायक वन अधिकृत चौधरीले जानकारी दिए । 

गत वर्ष जिल्लामा टिमुर कम उत्पादन हुँदा बिक्रीमा पनि कमी आएको सहायक वन अधिकृत चौधरीले बताए। हिउँदमा पानी नपर्दा टिमुर उत्पादनमा कमी आएको हुनसक्ने भन्दै सहायक वन अधिकृत चौधरीले भने, “जिल्लाबाट बिक्री भएको टिमुरको परिमाणलाई हेर्ने हो भने अघिल्लो वर्षको तुलनामा गत आव करिब दोब्बर कम मात्रामा टिमुर बिक्री भएको छ ।” 

टिमुर उत्पादनका लागि दाङलाई पकेट क्षेत्रका रूपमा लिने गरिन्छ । टिमुर पकेट क्षेत्रअन्तर्गत जिल्लाको बङ्गलाचुली गाउँपालिकासहित घोराही र तुलसीपुर उपमहानगरपालिकाको पहाडी क्षेत्रमा टिमुर खेती हुने गरेको छ । राष्ट्रिय वन क्षेत्रबाट उत्पादित टिमुरबाट राजस्व लिने गरिन्छ भने निजी वनबाट उत्पादन भएको टिमुरको राजस्व लिने नगरिएको सहायक वन अधिकृत चौधरी बताउछन् ।  


प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्
थप कृषि
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै शुक्रबार, पुस ११, २०८२
गड्यौलाकाे मल बिक्रीबाट २५ लाखसम्म आम्दानी
गड्यौलाकाे मल बिक्रीबाट २५ लाखसम्म आम्दानी शुक्रबार, पुस ११, २०८२
प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड
प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड बिहीबार, पुस १०, २०८२
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध बुधबार, पुस ९, २०८२
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग बुधबार, पुस ९, २०८२
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार मंगलबार, पुस ८, २०८२
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP