Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मुग्लिन–पोखरा सडक
  • #विप्रेषण
  • #एचआइभी एड्स दिवस
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #वार्षिक साधारणसभा
  • #आगाेलागी_घटना
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रादेशिक संरचना सुदृढ भए संघीयता बलियो हुन्छ : मुख्यमन्त्री जम्कट्टेल
प्रादेशिक संरचना सुदृढ भए संघीयता बलियो हुन्छ : मुख्यमन्त्री जम्कट्टेल
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज २, २०८०

मनहरी– बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रादेशिक संरचना सुदृढ नभएसम्म सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था बलियो हुन नसक्ने बताएका छन् । 

संविधान दिवस २०८० को अवसरमा आज बिहान हेटौँडा–६ स्थित  चित्रेपानी सामुदायिक वन वृक्षरोपण गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रादेशिक संरचनालाई जति छिटो सुदृढ र संस्थागत गर्न सकिन्छ त्यति छिटो संविधानको मर्म बमोजिम समाजवादको लक्ष्यमा पुग्न सकिने बताए । 

उनले स्थानीय तहको संरचना पुरानो भए पनि प्रादेशिक संरचना नयाँ भएको यही सङ्घीयताको खम्बा रहेको बताए । मुख्यमन्त्री जम्कट्टेलले संविधानसभाबाट बनेको संविधान जनताकै रक्षाका लागि भएको भन्दै संविधानको मर्मअनुसार प्रदेश सरकार काम गरिरहेको बताए। 

Hardik health

संविधानले प्रदेशलाई दिएका एकल अधिकारका विषयमा धेरैजसो कानुन निर्माण भए पनि  सङ्घ र प्रदेश, प्रदेश र स्थानीय तह, सङ्घ, प्रदेश र स्थानीय तहका साझा अधिकारको सूचिमा रहेका कतिपय कानुन निर्माण हुन बाँकी रहेको उनको भनाइ छ । उनले सङ्घीय कानुन बन्न ढिलाइ हुँदा ती विषयले मूर्तरुप लिन नसकिरहेको धारणा राखे । 

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्ने राजनीतिक दस्तावेजका रुपमा रहेको संविधान कार्यान्वयनका लागि तीन वटै तहका सरकार क्रियाशील हुनुपर्नेमा जोड दिए । नेपाललाई सङ्घीय संरचनामा लैजाने सङ्घीयताको मुटुका रुपमा रहेका प्रदेशहरु संविधानले दिएका अधिकार बमोजिम कानुन निर्माण गरी कार्यान्वयनसमेत गरिरहेको उनको भनाइ छ । 

बागमती प्रदेश सरकारले आजदेखि तीन दिनसम्म संविधान दिवस मनाउँदै छ । असोज ३ गते संविधान दिवसलाई भव्यरुपमा मनाउन सोमबारदेखिनै विभिन्न कार्यक्रम भइरहेका छन् । जिल्ला वन कार्यालय मकवानपुरद्वारा आयोजित वृक्षरोपण कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, जिल्ला वन कार्यालय मकवानपुरका प्रमख शिव सापकोटा, हेटौँडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, प्रदेशसभा सदस्य एकलाल श्रेष्ठलगायतले संविधान दिवसका बारेमा चर्चा गर्दै वृक्षरोपण गरेर गाँउ र सहर हराभरा बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिए । 

संविधान दिवसका अवसरमा आज बिहानै हेटाँैडामा  पाँच किमी दौड प्रतियोगिता सम्पन्न भएको छ । खेलको उदघाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले स्वास्थ्यका लागि खेलकुद महत्वपूर्ण रहेकोमा जोड दिए। सो अवसरमा प्रतियोगितामा सहभागी खेलाडीलाई उनले शुभकामना दिएको थियो ।
 


प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १२:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोर्चुगलको मदेइरामा घुम्ती शिविर सुरुः पहिलो दिन ५५ नेपालीले लिए सेवा
पोर्चुगलको मदेइरामा घुम्ती शिविर सुरुः पहिलो दिन ५५ नेपालीले लिए सेवा आइतबार, मंसिर २१, २०८२
सिंहदरबारका क्षतिग्रस्त संरचना चाडै पूरा हुनेमा विश्वास :पूर्वराष्ट्रपति भण्डारी
सिंहदरबारका क्षतिग्रस्त संरचना चाडै पूरा हुनेमा विश्वास :पूर्वराष्ट्रपति भण्डारी आइतबार, मंसिर २१, २०८२
जर्नल ‘अर्थचित्र’ विमोचनसहित नाफिजको साधारणसभा तथा पुरस्कार वितरण समारोह सम्पन्न
जर्नल ‘अर्थचित्र’ विमोचनसहित नाफिजको साधारणसभा तथा पुरस्कार वितरण समारोह सम्पन्न आइतबार, मंसिर २१, २०८२
सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पूरा हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास
सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पूरा हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास आइतबार, मंसिर २१, २०८२
कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ‘भजन सन्ध्या’
कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ‘भजन सन्ध्या’ आइतबार, मंसिर २१, २०८२
निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल आइतबार, मंसिर २१, २०८२
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट आइतबार, मंसिर २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
सुनकाे मूल्यमा नयाँ रेकर्ड
सुनकाे मूल्यमा नयाँ रेकर्ड
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP