Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • २९ जनाविरुद्ध मुद्दा दायर, ३६२ किलो सुन बराबरको बिगो दाबी
६१ किलो सुन प्रकरण २९ जनाविरुद्ध मुद्दा दायर, ३६२ किलो सुन बराबरको बिगो दाबी
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, असोज १, २०८०
  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले भदौ २७ गते ५० जनालाई प्रतिवादी बनाउन रायसहित प्रतिवेदन बुझाएको थियो
  • अनुसन्धानका क्रममा अहिलेसम्म गिरोहले विभिन्न सातवटा कम्पनीबाट ३६२ किलोभन्दा बढी सुन तस्करी गरेको खुलेको दाबी
  • मुद्दामा तीन अर्ब ५० करोड ३० लाख ९१ हजार बिगो दाबी

काठमाडौं– सय किलो भनिए पनि गालेर जोख्दा ६० किलो ७१६ ग्राममात्र भएको सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध मुद्दा दायर भएको छ । आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले २९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले भदौ २७ गते ५० जनालाई प्रतिवादी बनाउन रायसहित प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनअनुुसार मुद्दा दायर गरिएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार कौशलेश्वर ज्ञवालीले जानकारी दिए ।

अभियोगपत्रमा २९ जनालाई प्रतिवादी बनाउन माग गरिएको छ । मुद्दामा तीन अर्ब ५० करोड ३० लाख ९१ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । सिआइबीले उनीहरुमाथि विभिन्न सातवटा कसूर लगाउन सिफारिस गरेको थियो । उक्त प्रकरणका आरोपीमाथि हालसम्म भन्सार ऐन, संगठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, अपराधसंहिता, नेपाल नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार कारबाहीका लागि सिफारिस गर्ने गरी अनुसन्धान प्रतिवेदन तयार पारिएको सिआइबी प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले पत्रकार सम्मेलनमार्फत बताएकी थिइन् ।

अनुसन्धानका क्रममा अहिलेसम्म गिरोहले विभिन्न सातवटा कम्पनीबाट ३६२ किलो (३०२ र ६० किलो) भन्दा बढी सुन तस्करी गरेको खुलेको दाबी सिआइबीको छ । सोही मूल्य बराबरको सुन तस्करी भएकाले सो रकमलाई बिगो कायम गरी मुद्दा अघि बढाउन पनि राय दिइएको थियो सिआइबीले । उक्त घटनामा आइतबारसम्म ३२ जना पक्राउ परेका छन् । त्यसमध्ये १८ जना फरार छन् । 

Hardik health

राजस्व अनुसन्धान विभागले साउन २ गते साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरिएको अवस्थामा सुन बरामद गरेको थियो । विभागले आवश्यक अनुसन्धान सकेर १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा सिआइबीलाई दिएको थियो । ब्रेक सुसहितको सुन १५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो ७१६ ग्राम पुगेको थियो । उक्त सुन अहिले नेपाल राष्ट्र बैंकको संरक्षणमा रहेको छ ।

 

चीन, भारत र बेल्जियमका नागरिक पनि प्रतिवादी

सरकारी वकिल कार्यालय यो प्रकरणमा २९ जनालाई प्रतिवादी किटान गरेको छ । प्रतिवादीमध्ये तीन जना फरार रहेका छन् । जसमध्ये ठमेलमा रहेको होटेल भियनाकी सञ्चालक अमला रोका, बाराको कलैयाका भोला साह सोनार र बर्दियाका जीवन चलाउने छन् । अमला सुन प्रकरणमा पक्राउ परेका बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन् ।

हङकङ हुँदै भित्रिएको सुन प्रकरणमा छ जना प्रतिवादी चिनियाँ नागरिक छन् । एलेक्स भन्ने याओ पुचेङ, रोजर वा स्टेप्स भन्ने लि नेङकाइ, साउतेन भन्ने डिङ सेङ फा, लिन चछ्याङ, होटल भियाना बस्ने याङ वेन र एममी सियन प्रतिवादी रहेका छन् । त्यसैगरी ताइवान स्थायी ठेगाना भएका अली भन्ने लि वेन सुङ, भारत स्थायी ठेगाना भई हाल काठमाडौं बस्ने ५३ वर्षीय टासी भन्ने थुप्तिन छिरिङ, बेल्जियम स्थायी ठेगाना भई कामनपा २६ कपुरधारामा बस्ने ४० वर्षीय दावा छिरिङ रहेका छन् ।

प्रतिवादी बनाइएका नेपालीमा भोजपुर अरुण गाउँपालिका वडा नम्बर ४ चरम्बीगाउँका ४९ वर्षीय हर्कराज राई, भोजपुरका ५५ वर्षीय कृष्णकुमार श्रेष्ठ, डडेलधुरा अजयमेरु गाउँपालिकाका ४९ वर्षीय पुष्करराज भट्ट, खोटाङ जन्तेढुङगा गाउपालिका ४ का ४६ वर्षीय राजेन्द्रकुमार राई, सिन्धुपाल्चोक बलेफी गाउँपालिका ७ खाडीचौर का ३५ वर्षीय यादव पराजुली छन् ।

त्यसैगरी चितवन रत्ननगर नगरपालिका १२, चितवनका ३८ वर्षीय सुदर्शन गौतम, दोलखा मेलुङ गाउँपालिका वडा नम्बर ३, घ्याङसुकाठोकरका रामकुमार भुजेल, मेलुङ गाउँपालिका वडा १ का दीलिप भुजेल, गुल्मी चन्दकोट गाउँपालिका ६ का ३४ वर्षीय सुमन खरेल, बारा कलैया उपमहानगरपालिका वडा नम्बर ४ का ४५ वर्षीय शिवकुमार सरार्फ, दोलखा भिमेश्वर नगरपालिका वडा नम्बर ११ का ४५ वर्षीय किशोर बस्नेत छन् ।

त्यसैगरी कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ८ क्याम्पस रोडका ३४ वर्षीय सन्तोष चन्द, भन्सार अधिकृत ५६ वर्षीय गणेशप्रसाद पौडेल, नायब सुब्बा ३३ वर्षीय वीरेन्द्र नेपाली छन् । त्यसैगरी भन्सार खरिदार ५७ वर्षीय कुमार ढकाल, भन्सार कार्यालयमा टेलिफोन अपरेटर पदमा कार्यरत ५० वर्षीय सरोज श्रेष्ठ रहेका छन् ।

रुक्मिनाविरुद्ध पनि मुद्दा
भन्सार एजेन्ट रुक्मिना सुब्बाविरुद्ध पनि मुद्दा दायर भएको छ । मानवीय कारण ‘जिम्मा जमानी’मा रिहा भएकी उनीविरुद्ध पनि मुद्दा दायर भएको हो । उनी क्यान्सरबाट पीडित भएको हुनाले बोलाएको बेलामा हाजिर गराउने सर्तमा परिवारको जमानीमा रिहा गरिएको थियो । घाँटीको क्यान्सरबाट पीडित रुक्मिनालाई उपचारका लागि साउन १९ गते रिहा गरिएको थियो ।


प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १०:४३
#सुन तस्करी
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने शुक्रबार, जेठ १५, २०८३
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम शुक्रबार, जेठ १५, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP