Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
समाचार
  • Home
  • समाचार
  • ब्युतिँयो ढाकाकुमारको ‘करोड डिल’ प्रकरण
ब्युतिँयो ढाकाकुमारको ‘करोड डिल’ प्रकरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ २९, २०८०
  • व्यवसायी दुर्गा प्रसाईंसँगको ‘डिल’ बाहिरिएपछि श्रेष्ठलाई रास्वपाले गत चैत २६ गते पदबाट निलम्बन गरेको थियो 
  • त्यतिबेला पदबाट जोगाइदिन र उक्त अडियो आफ्नो नभएको बताएका श्रेष्ठले अहिले पार्टीले तीन करोड मागेको खुलासा गरेका छन्
  •  श्रेष्ठले रवि लामिछानेको ‘कोर टिम’का मोहनजंग थापामार्फत पटक–पटक पैसा मागेकोसमेत आरोप लगाएका छन्


काठमाडौं– मन्त्री बन्न दुई करोड रुपैयाँको ‘डिल’ गरेको आरोप लागेपछि सांसद पद गुमाएका डा. ढाकाकुमार श्रेष्ठ पुनः चर्चामा छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातितर्फ सांसद बनाएको श्रेष्ठले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा जान पार्टीले आफूसँग उक्त रकम मागेको बताएका थिए । त्यतिबेला पार्टी सभापति रवि लामिछाने रास्वपाको नेतृत्व गर्दै सरकारमा सहभागी भएका थिए । 

व्यवसायी दुर्गा प्रसाईंसँगको डिल बाहिरिएपछि श्रेष्ठलाई रास्वपाले गत चैत २६ गते पदबाट निलम्बित गरेको थियो । पद जोगाउन उनी सर्वोच्च अदालतसमेत पुगेका थिए । सर्वोच्चले केही समयका लागि उनको पद जोगाए पनि वैशाख १२ गते उनको पद गएको प्रतिनिधिसभामा सुनाइयो । 

त्यतिबेला स्वास्थ्य मन्त्रालय पाउने भएकोले आफूलाई पार्टीले पैसा मागेका कारण साथ दिन श्रेष्ठले प्रसाईंसँग गुहारेको अडियो सार्वजनिक भएको थियो । ‘स्वास्थ्य हामीले पाउने भयो, पार्टीलाई सहयोग गर, साढे दुईजति चाहियो भन्दै थिए । मेरो पक्का भयो, मैले आज फिक्स्ड गर्नु छ क्या सर ! मन्त्री पनि बन्नुप¥यो, धोइपखाली गरेर स्वास्थ्य क्षेत्र पूरा सफा पनि गर्नु छ । मैले धेरै गर्छु भनेर सोचेको छु, त्यसमा हजुरहरूको सहयोग पनि चाहियो,’ श्रेष्ठले अडियोमा भनेका छन् । 

सुरुदेखि नै रास्वपा सभापति लामिछानेलाई सहयोग गर्दै आएको कोर टिमले रकम मागेको श्रेष्ठले बताएका थिए । ‘रवि सर देखा पर्नुभएको छैन, बाहिरका दुई–तीनजना साथी हुनुहुन्छ । उहाँहरूलाई दिने हो, पार्टीलाई जान्छ भनेका छन्,’ श्रेष्ठले प्रसाईंसँगको संवादमा भनेका छन् । पार्टीको अनुशासन समितिमा भने श्रेष्ठले उक्त आवाज आफ्नो नभएको दाबी गरेका थिए । पद गएको चार महिनापछि भने उनी रुँदै मिडियामा फेरि छाउन थालेका हुन् ।

Hardik health

‘कोर टिम’बारे बल्ल बोले
विभिन्न टेलिभिजन अन्तर्वार्ताहरुमा श्रेष्ठले पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापामार्फत मन्त्री बनाउनका लागि तीन करोड मागिएको खुलासा गरेका छन् । मोहनजंग पार्टी सभापति रवि लामिछानेकै घरमा बस्ने गरेको र लामिछानेकी धर्मपत्नी निकिता पौडेलसँग पनि उनले तीन करोड दिए मन्त्रीका लागि लबिइङ गरिदिन्छु भनेको दाबी गरेका छन् । ‘केन्द्रीय सदस्य मोहनजंग थापाले मन्त्री बन्नका लागि तीन करोड माग्नुभयो । उहाँमार्फत मसँग पैसा मागिएको हो,’ श्रेष्ठले भनेका छन् । थापा हाल अमेरिकामा रहेका छन् ।

रास्वपाको दाबी– पार्टी सक्काउँछु भन्थे श्रेष्ठ
रास्वपाले एक विज्ञप्ति जारी गर्दै श्रेष्ठको बोली बाझिएको तर्क गरेको छ । बुधबार महामन्त्री डा. मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै अनुशासन समितिमा उक्त अडियो आफ्नो नभएको श्रेष्ठले दाबी गरेको बताइएको छ । ‘अनुसन्धानको क्रममा उहाँले अनुशासन समितिका सदस्यहरुसँग आफूलाई पार्टीले साथ नदिए आफूलाई मन लागेका पार्टीका सदस्यलाई पोेल्दिन्छु भन्नुका साथै बाहिरिएको अडियोमा भएको आवाज आफ्नो हो÷होइन भनी परीक्षण गर्न इन्कारीसमेत गर्नुभयो,’ रास्वपाको विज्ञप्तिमा भनिएको छ, ‘यस विवरणको अडियो रेकर्ड पार्टीसँग हाल पनि सुरक्षित छ ।’

त्यतिबेला पार्टीले जोगाइदिनुप¥यो भनी अनुरोध गर्दै अनुरोध गरेको र नजोगाएर पार्टीलाई सक्काइदिने भनी धम्कीसमेत दिएको रास्वपाले जनाएको छ । ‘स्पष्टीकरण दिने क्रममा उहाँले पार्टीले मलाई जोगाइदिनु प¥यो, नत्र पार्टीको जोकोहीको नाम पोल्दिन्छु, पार्टीलाई सक्काई दिन्छु भनेर केन्द्रीय समितिलाई धम्क्याउनुभयो,’ महामन्त्री ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीमा कोर टिम को हो भनेर सोध्दा उहाँले त्यस्तो कोही छैन भन्नुभएको थियो ।’

ठोस प्रमाण लिएर आए ७२ घण्टाभित्र जोकोहीलाई कारबाही गर्न तयार रहेकोसमेत रास्वपाले जनाएको छ । ‘राष्ट्रिय स्वतन्त्र पार्टी पारदर्शिता, जवाफदेहिता र भ्रष्ट्राचारप्रति शून्य सहनशीलताको नीति अनुशरण गर्ने पार्टी भएकाले यस प्रकरणमा अझै पनि पार्टीका कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर डा. श्रेष्ठ वा जोकोही आउनुभएको अवस्थामा पार्टीले त्यस्ता सदस्य जोकोही भए पनि प्रमाण पेस भएको ७२ घण्टाभित्र कारबाही गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ ।

थापामाथि छानबिन सुरु
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले श्रेष्ठलाई मन्त्री बनाइदिने भनी पैसा माग गरेको आरोप लागेका पार्टीका नेतामाथि छानबिन भइरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकपछि प्रमुख सचेतक परियारले श्रेष्ठसँग पैसा मागेको आरोप लागेका पार्टीका केन्द्रीय सदस्य थापामाथि छानबिन भइरहेको बताएका हुन् ।

आरोप प्रमाणित भए थापालाई पनि कारबाही गरिने उनले बताए । ‘हामी त्यसको पनि छानबिन गरिरहेका छौं । जसरी उहाँले गरेका कुरा प्रमाणित भएर उहाँलाई पार्टीले जसरी कारबाही ग¥यो,’ परियारले भने, ‘त्यसैगरी उहाँले अहिले बोलेका कुराहरू सत्यतथ्य प्रमाणित भयो भने त्यहाँ पनि कारबाही हुन्छ । हामी छानबिन गर्दै छौं त्यो टुंग्याउँछौं । चाँडै नै हुन्छ ।’

श्रेष्ठबारे भ्रम फैलाउने पक्राउ
पूर्वसांसद श्रेष्ठबारे सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिहीबार पक्राउ पर्नेमा स्याङजा आँधीखोला गाउँपालिका–५, ठूलीबराहका ३५ वर्षीय सुर्यबहादुर रेग्मी छन् ।रेग्मीले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा श्रेष्ठलाई आक्रमण गरेको भन्दै भ्रामक सूचना फैलाएको थिए ।

‘श्रेष्ठलाई अज्ञात समूहले उनकै निवास अगाडि धारिलो हतियार प्रयोग गरी घाइते बनाएको र उनलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको, अवस्था चिन्ताजनक रहेको डाक्टरबाट जानकारी, थप समाचार आउन बाँकी,’ रेग्मीले स्टाटस राखेका थिए ।

आफूबारे नभएको सूचना सामाजिक सञ्जालमा देखेपछि श्रेष्ठले रेग्मीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा रेग्मीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कास्कीले जनाएको छ । पक्राउ परेका रेग्मीलाई विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसूर (साइबर अपराध) अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
 


प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ०९:४३
#डा. ढाकाकुमार श्रेष्ठ
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदूरपश्चिममा उपेक्षित उष्णप्रदेशीय रोगको संक्रमण बढ्दो
सुदूरपश्चिममा उपेक्षित उष्णप्रदेशीय रोगको संक्रमण बढ्दो शुक्रबार, माघ १६, २०८२
युवा संघको अध्यक्षमा गुरुङ
युवा संघको अध्यक्षमा गुरुङ शुक्रबार, माघ १६, २०८२
विधिको शासन शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुन्छः रास्वपा
विधिको शासन शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुन्छः रास्वपा शुक्रबार, माघ १६, २०८२
हिउँदे वर्षाले काँचो इँटामा क्षति
हिउँदे वर्षाले काँचो इँटामा क्षति शुक्रबार, माघ १६, २०८२
राजनीतिलाई नयाँ र पुराना दल तथा पुस्ताका आधारमा विभाजित गर्न हुँदैनः महासचिव पोखरेल
राजनीतिलाई नयाँ र पुराना दल तथा पुस्ताका आधारमा विभाजित गर्न हुँदैनः महासचिव पोखरेल शुक्रबार, माघ १६, २०८२
राष्ट्रपति पौडेल आगामी मङ्गलबार जापानको औपचारिक भ्रमणमा जादै
राष्ट्रपति पौडेल आगामी मङ्गलबार जापानको औपचारिक भ्रमणमा जादै शुक्रबार, माघ १६, २०८२
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र शुक्रबार, माघ १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP