Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • भोजपुरमा भेटिए कालाजारका बिरामी
भोजपुरमा भेटिए कालाजारका बिरामी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ २७, २०८०

भोजपुर - पूर्वी पहाडी जिल्ला भोजपुरमा कालाजारका बिरामी फेला परेका छन् । यहाँको पौवादुङमा गाउँपालिका-५ सानो दुम्माका दुईजनामा कालाजारको सङ्क्रमण फेला परेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

सात वर्षीय बालक बिरामी भएपछि उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गराउँदा कालाजार देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिए ।

बच्चामा कालाजार देखिएपछि बाह्र जनाको स्वास्थ्य परीक्षण गर्दा थप एक जना ६६ वर्षीय वृद्धमा कालाजार देखिएको पौवादुङमा-५ सानोदुम्माका वडाध्यक्ष बोमप्रसाद राईले जानकारी दिए । वडामा कालाजार देखिएपछि रोकथामसँगै थप फैलन नदिन सजकता अपनाइएको उनले बताए ।

Hardik health

“हाम्रो वडामा दुई जनामा कालाजार देखिएको छ । यसलाई थप फैलन नदिन वडा तथा गाउँपालिकाको पहलमा सक्रियता र सचेतनाका कार्यक्रम अगाडि बढाएका छौँ”, वडाध्यक्ष राईले भने, “कसैमा ज्वरोकोे लक्षण देखिएमा तत्काल मानेडाँडा आधारभूत अस्पतालमा आएर जाँच गराउन सूचना जारी गरेका छौँ ।”

कालाजार थप रोकथामका लागि प्रभावकारी पहल गर्न सरकारसँग अनुरोध गरिएको उनले बताए । मानेडाँडा अस्पतालसँगै वडाका विभिन्न ठाउँमा परीक्षण भइरहेको वडाध्यक्ष राईले जानकारी दिए । कालाजार देखिएका वृद्धको आर्थिक अवस्था कमजोर रहेकाले गाउँपालिकाबाट सहयोग जुटाएर बाहिरका अस्पताल पठाउने तयारी भइरहेको उनको भनाइ थियो ।

गाउँपालिकामा कालाजारको बिरामी देखिएकाले यसको रोकथामका लागि पालिकाले सचेतनामूलक कार्यक्रम गर्नुका साथै सजकता अपनाएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताए । “पालिकामा कालाजारका बिरामी देखिएसँगै हामीले थप सजकता अपनाएका छौँ ।

बिरामी देखिएका क्षेत्रमा किटनाशक विषादी छर्ने तयारी भइरहेको छ”, उनले भने, “योसँगै परीक्षणको दायरा बढाएका छौँ । लक्षण देखिएका बिरामीलाई उपचारको लागि गाउँपालिकाबाट आवश्यक सहयोग गर्नेछौँ ।” पालिकाभित्र कालाजार देखिएपछि डब्लुएचओको सहयोगमा परीक्षण भइरहेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।

कालाजार देखिएका बिरामीलाई पालिकाले निःशुल्क उपचारको व्यवस्था गर्ने उहाँको भनाइ थियो । तराईका जिल्लामा बढी मात्रामा कालाजारका बिरामी देखिए पनि यहाँको तल्लो भेगमा गर्मी बढी हुने भएकाले बिरामी फेला परेका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्र उपाध्यायले बताए । रोकथाम तथा नियन्त्रणका लागि शाखाले पालिका तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक काम गरिरहेको उनले बताए । 


प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
कार्यकारी निर्देशक डा काफ्लेको राजीनामा
कार्यकारी निर्देशक डा काफ्लेको राजीनामा आइतबार, माघ ४, २०८२
डिमेन्सिया बिरामीको २४ वर्षमै निधन
डिमेन्सिया बिरामीको २४ वर्षमै निधन शुक्रबार, माघ २, २०८२
आयुर्वेदकाे भ्रामक प्रचार प्रसार नगर्न चिकित्सा परिषद्काे निर्देशन
आयुर्वेदकाे भ्रामक प्रचार प्रसार नगर्न चिकित्सा परिषद्काे निर्देशन शुक्रबार, माघ २, २०८२
नेपाल चिकित्सक संघको निर्वाचन स्थगित
नेपाल चिकित्सक संघको निर्वाचन स्थगित शुक्रबार, माघ २, २०८२
एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड
एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड बिहीबार, माघ १, २०८२
स्वास्थ्य बीमा कार्यक्रम चरम आर्थिक संकटमा,शहीद गंगालालले  पनि गर्‍याे बन्द
स्वास्थ्य बीमा कार्यक्रम चरम आर्थिक संकटमा,शहीद गंगालालले पनि गर्‍याे बन्द बिहीबार, माघ १, २०८२
पोखरामा विशिष्टीकृत अस्पताल बनाउने योजना अधुरै
पोखरामा विशिष्टीकृत अस्पताल बनाउने योजना अधुरै बुधबार, पुस ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP