Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • तनहुँमा सात सय ३२ जनामा डेंगु सङ्क्रमण
तनहुँमा सात सय ३२ जनामा डेंगु सङ्क्रमण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ २७, २०८०

दमौली– तनहुँमा सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । साउन महिनायता जिल्लाका विभिन्न ठाउँका सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । डेङ्गु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । व्यास नगरपालिकामा कार्यरत इन्जिनियर कमलप्रसाद शर्माको डेङ्गुबाट मृत्यु भएको हो । 
 
स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जिल्लामा डेङ्गुको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरे । अधिकारीले डेङ्गु सङ्क्रमण परीक्षणका लागि किट पर्याप्त मात्रामा रहेको जानकारी दिए । उनले भने, “दमौली अस्पतालमा डेङ्गु परीक्षणका लागि किट पर्याप्त मात्रामा छ ।”
 
गत वर्ष जिल्लामा डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या एक सयभन्दा बढी थियो । लामखुट्टेको टोकाइबाट डेङ्गु हुने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन आवश्यक रहेको अधिकारीले बताए । डेङ्गुबाट सङ्क्रमित लामखुट्टेको टोकाइले यो रोग सर्दछ । आजभोलि डेङ्गु ज्वरो नेपालका विभिन्न भागमा देखा परिरहेको छ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ र बर्सातको मौसम सुरु भएपछि डेङ्गु ज्वरोको प्रकोप बढ्न थाल्दछ ।

 
एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यसको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, खाना अरुचि हुनु, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुका लक्षण हुन् ।

चिकित्सकका अनुसार डेङ्गुबाट बच्नका लागि मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु पर्दछ । पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हम जस्ता सामग्री प्रयोग गर्नु, सँधै राति र दिउँसो पनि झूलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पु¥याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् । 

Hardik health

बढी शुल्क लिएको गुनासोपछि अनुगमन
डेङ्गु परीक्षणका लागि जिल्लाका स्वास्थ्य संस्थाले बढी शुल्क लिएपछि दमौली बजारमा सञ्चालित विभिन्न अस्पताल तथा क्लिनिकको मङ्गलबार अनुगमन गरिएको छ । दमौली बजारमा सञ्चालित अस्पताल तथा क्लिनिकले डेङ्गु परीक्षणका लागि चर्को शुल्क लिएको गुनासोपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अनुगमन गरिएको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले डेङ्गु परीक्षण गर्दा बढी शुल्क लिएको गुनासो आएको जानकारी दिए । सोही विषयमा प्रजिअ छविलाल रिजालको अध्यक्षतामा बसेको बैठकले बढीमा रु छ सयभन्दा बढी शुल्क नलिन आग्रह गरेको छ । डेङ्गु परीक्षण गर्ने किटको औषत मूल्य तथा छिमेकी जिल्लाको अभ्याससमेतलाई दृष्टिगत गरी प्रतिपरीक्षण बढीमा रु छ सयभन्दा बढी शुल्क नलिने निर्णय भएको सहायक प्रजिअ गैह्रेले बताए ।

बैठकले डेङ्गु परीक्षणका लागि निर्धारण गरिएको शुल्कभन्दा बढी शुल्क नलिने सम्बन्धमा ल्याब सञ्चालक जिम्मेवार हुने निर्णय गरेको छ । यसका साथै जिल्लामा डेङ्गु परीक्षण गर्ने किटको कृत्रिम अभाव हुन नदिन र तोकिएभन्दा बढी शुल्क असुल उपर गर्न नदिनका लागि दमौली अस्पताल तथा स्वास्थ्य

कार्यालयले नियमित रुपमा अनुगमन गरी प्रतिवेश पेस गर्ने निर्णय गरिएको छ । जिल्लामा डेङ्गु रोग बढ्दो क्रममा रहेको हुँदा रोकथाम तथा नियन्त्रण गर्न सरोकारवाला सबै निकायहरुले आपसी समन्वय एवं सहकार्य गर्ने निर्णय भएको छ  ।


प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी
कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी सोमबार, चैत ९, २०८२
बागमतीका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने
बागमतीका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने आइतबार, चैत ८, २०८२
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु शुक्रबार, चैत ६, २०८२
बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै
बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै शुक्रबार, चैत ६, २०८२
अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न रु दुई करोड अनुदान
अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न रु दुई करोड अनुदान शुक्रबार, चैत ६, २०८२
जुम्लामा एक हजार २७७ किशोरीलाई एचपिभी खोप दिने
जुम्लामा एक हजार २७७ किशोरीलाई एचपिभी खोप दिने बिहीबार, चैत ५, २०८२
चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान
चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP