Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
Search Here
समाचार
  • Home
  • समाचार
  • मार्केटिङको जागिरले बनायो उद्योगी
मार्केटिङको जागिरले बनायो उद्योगी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ २६, २०८०
Ncell
Hardik health

चितवन– रोजगारीमा लागेपछि त्यसमा राम्रो काम देखाउने, पदोन्नति हुने, राम्रो सेवा र सुविधा पाउने उद्देश्य धेरैको हुन्छ । जुन क्षेत्रमा  रोजगारी पाइएको  भएकोे हो त्यस्तै उद्योग उद्योग आफैँले सञ्चालन गरिएला भन्ने कल्पना कमैले मात्रै गरेका हुन्छन् । 

यहाँका एक युवा आयुर्वेद औषधिको बजारीकरण (मार्केटिङ) को काम गर्दागर्दै आफै उद्योगी बनेका छन् । भरतपुर महानगरपालिका–६ गीतानगर निवासी चक्रपाणि न्यौपाने त्यस्तैमध्ये एक हुनुहुन्छ । उहाँले केही समय आयुर्वेदको मार्केटिङ गरेपछि आफै उद्योग सञ्चालन गर्नुभएको हो ।
 
विसं २०३७ मा स्याङ्जाको मिर्मिमा जन्मिनुभएका न्यौपाने विसं २०४२ मा परिवारसहित चितवनको गीतानगर झर्नुभयो । स्थानीय कलेजबाट स्नातकसम्म अध्ययन गरेपछि उहाँले एशियन हर्बल उद्योगका सामान मार्केटिङ गर्न थाल्नुभयो । पच्चिस वर्षको उमेरमा काम थाल्नुभएका न्यौपानेमा चार वर्ष मार्केटिङ गरेपछि आफै उद्योग सञ्चालन गर्ने सोच आयो ।

आफन्त र दाजुभाइको सहयोग तथा बैंकको ऋणसहित रु २० लाख हाराहारीको लगानीमा उहाँले भरतपुर महानगरपालिका–७ कृष्णपुरमा आयुर्वेदिक उद्योग सुरु गर्नुभयो । विस्तारै उद्योगबाट उत्पादित औषधि  खपत हुन थालेपछि उद्योग विस्तार गर्न गीतानगरमा रहेको आफ्नै पैत्रिक जग्गामा  टहरा निर्माण गरेर न्यौपानेले उद्योग सार्नुभयो ।
 
नारायणगढमा वैदिक आयुर्वेद सेवा प्रालि। सञ्चालन गर्दैै आउनुभएका उहाँले व्यवस्थापनमा स्नातकसम्मको अध्ययनका साथै काम गर्दै जाँदा आयुर्वेदतर्फ वैद्यसम्मको अध्ययन गर्नुभयो । न्यौपानेले भन्नुभयो “आयुर्वेदको भविष्य छ, आम्दानी गर्नाका साथै सेवा गर्न पाइने, बिरामीलाई उपचार गरेर निको बनाउन पाइने, दुःखी मानिसको  जीवनलाई सुखी बनाउन पाइने देखेर नै यसतर्फ लागेको हुँ ।” उहाँले थप्नुभयो “एक छाक खानकै लागि जे काम गरे पनि हुन्छ, तर यो व्यवसाय गर्दा अर्काको कल्याण पनि हुने देखेर यसतर्फ लागेँ ।”
 
उत्पादन र मार्केटिङ पनि आफै गर्दै आउनुभएका न्यौपानेले  उद्योग सञ्चालन गरेको १२ वर्ष बितेको छ । रु। २० लाख हाराहारीबाट सुरु गरिएको उद्योगमा अहिले रु पाँच करोडभन्दा बढी लगानी पुगेको छ ।उहाँले सुरुवाती चरणमा जडीबुटी ल्याइ पाउडर बनाएर उद्योग सुरु गर्नुभएको थियो । सुरुवाती चरणमा सात वटा औषधिभ उत्पादन हुने न्यौपानेको उद्योगबाट अहिले ५० थरिका औषधि उत्पादन हुन्छन् । उहाँले भन्नुभयो “सुरुवाती चरणमा खर्च मात्रै चल्ने गरी कारोबार हुन्थ्यो ।”
 
विस्तारै उत्पादन बढाउँदै लगेको बताउँदै न्यौपानेले भन्नुभयो, “सुरुमा चितवन मात्रै बजार थियो, अहिले चितवनसहित काठमाडौँ, बुटवल, ईटहरीलगायत नेपालका आधाभन्दा धेरै जिल्लामा उत्पादन पुगेको छ ।” अहिले व्यवसायबाट सन्तुष्ट हुने गरी कारोबार भइरहेको उहाँले बताउनुभयो ।उद्योगमा चाहिने ९० प्रतिशत कच्चापदार्थ ९जडीबुटी० नेपालकै प्रयोग हुने न्यौपानेको भनाइ थियो । 
 
वैदिक आयुर्वेद सेवा प्रालिका काठमाडाँैं, बुटवल र ईटहरीमा शाखा छन् । ती सबै शाखामा आयुर्वेदिक चिकित्सक राखेर बिरामीको सेवा गर्दै आइएको उल्लेख गर्दै उहाँले जोड दिनुभयो, “हाम्रो क्लिनिकमा आउने अधिकांश बिरामीलाई आफ्नै उत्पादनको औषधि दिन्छौँ ।”
 
बीस जनाभन्दा बढीलाई रोजगारी दिनुभएका उहाँले भन्नुभयो “कति कमाएँ भन्ने गौण विषय हो, धेरैलाई चुलोे बाल्ने सक्ने बनाउन सकेँ, त्यसैमा आनन्द लाग्छ ।” एलोपेथीको उपचार गर्दागर्दै जीवनबाटै निराश भएकासमेत आफूकहाँ आएर निको भएको उहाँको जिकिर थियो छ । नेपालका सबै ठाउँमा जुडीबुटी पाइने भएकाले  आयुर्वेद उद्योगका लागि नेपाल प्रचुर सम्भावना रहेको स्थल भएकाले उहाँको भनाइ थियो । रासस
 


प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चितवनबाट सिलिन्डर धमाधम काठमाडाैंमा
चितवनबाट सिलिन्डर धमाधम काठमाडाैंमा शुक्रबार, भदौ २६, २०८३
आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछः मन्त्री पोखरेल
आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछः मन्त्री पोखरेल शुक्रबार, भदौ २६, २०८३
प्रतिनिधिसभाः आमा सुरक्षा कार्यक्रम पूर्ण रुपमा निःशुल्क गर्नुपर्ने सांसदहरुको माग
प्रतिनिधिसभाः आमा सुरक्षा कार्यक्रम पूर्ण रुपमा निःशुल्क गर्नुपर्ने सांसदहरुको माग शुक्रबार, भदौ २६, २०८३
प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय शुक्रबार, भदौ २६, २०८३
इ-जीपी प्रणाली तत्काल सञ्चालनमा ल्याउन सांसद दुलालको माग
इ-जीपी प्रणाली तत्काल सञ्चालनमा ल्याउन सांसद दुलालको माग शुक्रबार, भदौ २६, २०८३
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस शुक्रबार, भदौ २६, २०८३
अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार
अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार शुक्रबार, भदौ २६, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP