काठमाडौं– संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर मंगलबार दिनभर एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।
नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेम्वाङको पार्थिव शरीर मंगलबार दिनभर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने जानकारी दिए । ‘आज दिनभर पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने छ र भोलि अन्त्येष्टि गर्ने कुरा भएको छ’, रिमालको भनाइ छ । नेम्वाङका दुवै छोरा विदेशमा भएकाले उनीहरू आएपछिमात्र अन्त्येष्टि गर्न लागिएको हो ।
नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारले निर्णय गरिसकेको छ । अन्त्येष्टि गरेका दिन सार्वजनिक बिदा समेत दिने सरकारले जनाएको छ ।