Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दीपशिखा
  • #डा हरि रोका
  • #मगर_दिवस
  • #४४औँ राष्ट्रिय मगर एकता दिवस
  • #नेपाली कांग्रेस
  • #स्वाइन_फिभर
  • #अफ्रिकन_स्वाइन_फिभर
  • #निर्वाचन_प्रहरी
  • #थुनेलो_रोग
Search Here
कृषि
  • Home
  • कृषि
  • तमानखोलामा ‘आलु महोत्सव’
तमानखोलामा ‘आलु महोत्सव’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ २४, २०८०

ढोरपाटन– बागलुङको उच्च पहाडी क्षेत्रमा रहेको तमानखोला आलु उत्पादनमा उर्वर मानिन्छ । खासगरी तमानखोला गाउँपालिका–३ तमान गाउँ र वडा नं ४ को लाम्मेला क्षेत्रमा बर्सेनि लाखौँको आलु उत्पादन हुन्छ । प्रचारप्रसार र बजारीकरण अभावमा किसानले उत्पादन गरेको आलु बजारसम्म पुग्दैन । यस वर्ष अघिल्लो वर्षको तुलनामा बढी आलु उत्पादन भएको छ । आलु प्रवद्र्धन र बजारीकरणका लागि गाउँपालिकाले आलु महोत्सव आयोजना गरेको छ ।

गाउँपालिकाले आगामी असोज १ देखि ४ गतेसम्म वडा नं ४ को लाम्मेलामा आलु महोत्सव गर्न थालेको हो । कृषकलाई बजारसँग जोड्न र उत्पादनलाई थप बढाउनका लागि आलु महोत्सवले टेवा पुग्ने गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । पर्यटकीय क्षेत्र सोलेडाँडाका काखमा अवस्थित लाम्मेलामा आयोजना गरिएको महोत्सवले कृषकलाई आलु उत्पादन गर्नेतर्फ थप आकर्षित गर्ने उहाँको भनाइ छ । 

अहिलेसम्म लाम्मेलाको आलुले बजार नपाउँदा किसान मर्कामा पर्ने गरेको भन्दै महोत्सवले तमानखोलाको आलु देशका विभिन्न सहरमा पुग्ने वातावरण सिर्जना गर्ने अध्यक्ष बुढामगर बताउनुहुन्छ । वर्षौंदेखि तमानखोलाका किसानले हजारौँ रोपनी जग्गामा आलु उत्पादन गर्दै आएको जनाउँदै उनीहरुलाई गाउँपालिकाले पनि अनुदान र प्राविधिक सहयोग गर्दै आएको बुढामगरको भनाइ छ ।

Hardik health

“हाम्रो पालिकाको तमान, लाम्मेला, नर्जाखानीलगायतका थुप्रै गाउँमा आलु उत्पादन हुन्छ, तर बजारमा भने भारतबाट आएका विषदीयुक्त आलु बिक्री हुन्छ, अब बाहिरबाट आउने आलुलाई रोक्ने र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नका लागि तमानखोलामा पहिलो पटक आलु महोत्सव गर्दैछौँ”, अध्यक्ष बुढामगरले भन्नुभयो, “महोत्सवले यहाँको आलुको प्रचार हुनेछ, तमानखोलाको आलु एउटा ब्राण्ड बन्नेछ, कृषकलाई उत्पादनमा प्रोत्साहन गर्ने र आयआर्जनको राम्रो माध्यम बनाउने उद्देश्य लिएका छौँ ।”

महोत्सवका अवसरमा स्थानीय झाँकी, कला, संस्कृति प्रदर्शन गरिनेछ भने आलुबाट बनाइएका परिकारका कक्ष राखिनेछन् । तमानखोलाका विभिन्न वडामा हाल आलु पकेटक्षेत्र घोषणा गरी किसान उत्पादन वृद्धि गर्नसमेत लागेका छन् । रासस


प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्
थप कृषि
किसानबाट ११ हजार क्वीन्टल धान खरिद
किसानबाट ११ हजार क्वीन्टल धान खरिद आइतबार, फागुन १७, २०८२
स्ट्रबेरीखेतीले बढायो एग्रो-टुरिजमको आकर्षण
स्ट्रबेरीखेतीले बढायो एग्रो-टुरिजमको आकर्षण शुक्रबार, फागुन १५, २०८२
गाईभैँसीमा देखिए थुनेलो रोग
गाईभैँसीमा देखिए थुनेलो रोग शुक्रबार, फागुन १५, २०८२
आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु
आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु बिहीबार, फागुन १४, २०८२
पोखरामा आठ सय रोपनीमा तरबुजाखेती विस्तार हुँदै
पोखरामा आठ सय रोपनीमा तरबुजाखेती विस्तार हुँदै बिहीबार, फागुन १४, २०८२
साम्बालाई कृषि विकास बैंकले गर्याे आर्थिक सहयाेग
साम्बालाई कृषि विकास बैंकले गर्याे आर्थिक सहयाेग बुधबार, फागुन १३, २०८२
किबीका बिरुवा वितरण
किबीका बिरुवा वितरण बुधबार, फागुन १३, २०८२
लोकप्रिय
  • Week
  • Month
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
‘दोस्रो जापान-नेपाल रोजगार सम्मेलन’ भोलि टोकियोमा हुँदै
‘दोस्रो जापान-नेपाल रोजगार सम्मेलन’ भोलि टोकियोमा हुँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
ताजा जनादेश आजको आवश्यकता
ताजा जनादेश आजको आवश्यकता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP