Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
आइतबार, असोज ७, २०८०
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिता_टेलिसिरियल
  • #नेपाली_सेना
  • #ओनसरी घर्ती
  • #तीज
  • #सुन तस्करी
  • #विश्वम्भरप्रसाद श्रेष्ठ
  • #सांकेतिक_भाषा_दिवस
  • #केएफसी रेष्टुरेन्ट
  • #बर्खेनाच
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कम्तीमा स्नातक उत्तीर्ण ६५ प्रतिशत
संघीय सांसदको शैक्षिक योग्यता कम्तीमा स्नातक उत्तीर्ण ६५ प्रतिशत
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ २४, २०८०
संघीय सांसदको शैक्षिक योग्यता कति ?स्रोतः संघीय संसद् सचिवालय
RBB RBB

काठमाडौं– पञ्चायतको सुरुतिर देश सञ्चालनका लागि कानुन बनाउने थलो संसद्मा स्नातक वा त्यसभन्दा माथिल्लो तह उत्तीर्ण सांसद विरलै हुन्थे । अध्ययन कम भएका सांसदको बाहुल्यता हुन्थ्यो ।‘विद्वत सांसद’का रूपमा स्नातक वा त्यसभन्दा माथिल्लो तह उत्तीर्ण गरेकाहरूको संसद्मा अभाव पूर्ति गर्न नेपालको संविधान २०१९ मै ‘स्नातक कोटा’ राखियो । उक्त कोटामा तीनपटकसम्म मतदान गर्नेमध्येका एक जना राजनीतिशास्त्री प्रा.डा. लोकराज बरालका अनुसार कानुन निर्माणमा सहजता हुने मूल ध्येयले त्यसबेलाको पञ्चायती संविधानमा त्यस्तो कोटाको व्यवस्था गरिएको थियो ।

तर, देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आइसक्दा भने संसद्मा कोटाविनै विद्वत सांसदहरूको स्पष्ट बाहुल्यता देखिएको छ । अर्थात् संसद्मा कम्तीमा स्नातक तह उत्तीर्ण सांसदहरू ६५ प्रतिशत छन् । संघीय संसद् सचिवालयले हालै प्रकाशन गरेको ‘संघीय संसद् सदस्य विवरण’मा उल्लेख भएअनुसार उनीहरू सबै गत ४ मंसिरमा भएको निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक कोटाबाट निर्वाचित भएका हुन् । उक्त पुस्तिकामा २७५ जना सांसदमध्ये सर्वाधिक ८७ जना स्नातक तह उत्तीर्ण छन् । स्नातकोत्तर तह अध्ययन गरेका ८१ जना छन् । एमफिल र विद्यावारिधि गरेका सांसद १३ जना छन् । यसरी कम्तीमा स्नातक तह उत्तीर्ण सांसद १८१ जना छन् । यो संख्या भनेको कूल सांसद संख्याको ६५.८१ प्रतिशत हो । 

पुस्तिकामा उल्लेखित सांसदको शैक्षिक विवरणअनुसार प्लस टुसम्मको अध्ययन गर्ने ४९ (१७.८१ प्रतिशत) जना छन् । एसएलसीसम्मको अध्ययन गरेका २९ जना (१०.५४ प्रतिशत) छन् । साधारण लेखपढ भएका १० जना (३.६३ प्रतिशत) र शैक्षिक विवरण उल्लेख नगरिएका छ जना (२.१८ प्रतिशत) छन् । यसरी कम्तीमा स्नातक तह उत्तीर्ण नभएका सांसदहरू ३४.१६ प्रतिशत छन् ।

शैक्षिक योग्यताको विवरण नखुलेका छ जना सांसदमध्ये एमालेका रघुजी पन्त पनि पर्छन् । उनी पूर्वपत्रकारसमेत हुन् । उनले शैक्षिक योग्यतामा ‘पत्रकारिता’ उल्लेख गरेका छन् । कांग्रेस सांसद किशोरसिंह राठौरले प्रभावसँग भन्नचाहिँ डिप्लोमा तहसम्मको अध्ययन गरेको भनेका छन् । तर, उनको योग्यता पुस्तिकामा खुलाइएको छैन । 

एमालेका अन्य सांसद मनबहादुर गुरुङ र सूर्यप्रसाद ढकालको शैक्षिण विवरण छैन । सांसद गुरुङले ‘टेस्ट पास’ गरेको तर संसद् सचिवालयले विवरणमा छुटाएको हुनसक्ने बताए । ‘मैले टेस्ट पास गरेको हुँ । यही भनेको थिएँ । तर, पुस्तिकामा रहेनछ,’ उनले भने । अर्का एमाले सांसद ढकालको योग्यता चाहिँ कति ? स्पष्ट भएको छैन । 

पुस्तिकामा मओवादी सांसद सूर्यमान दोङको पनि शैक्षिक योग्यता छैन । उनले आफूले साधारण लेखपढ गरेको बताए । ‘मैले साधारण लेखपढ गरेको हुँ । त्यही विवरण भरेर बुझाएको थिएँ । खाली आएछ,’ उनले भने ।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालको पनि योग्यतामा खाली छ । उनले एसएलसी पनि उत्तीर्ण नगरेको विवरणहरू आइरहेको छ ।

देश हाँकेका सांसदहरूको योग्यता 
संसद्को प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुईपटक प्रधानमन्त्री भए । शासनसत्ता चलाए । उनको शैक्षिक योग्यता भने संसद् सचिवालयले प्रकाशन गरेको विवरणमा ‘साधारण लेखपढ’ उल्लेख छ । यद्यपि, उनले मानार्थ विद्यावारिधिको उपाधि पाइसकेका छन् । औपचारिक शैक्षिक योग्यता सर्वाधिक कम भएका प्रधानमन्त्री ओली नै हुन् । 

वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ओलीभन्दा माथिल्लो तहको शैक्षिक योग्यता भएका नेता हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनको योग्यता स्नातक तह उत्तीर्ण छ । १० वर्षसम्म सशस्त्र विद्रोह गर्दै संसदीय राजनीतिमा आएका उनी डेढ दशकदेखि राष्ट्रिय राजनीतिको केन्द्रमा छन् । उनी गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीसमेत हुन् । उनको अहिले तेस्रो प्रधानमन्त्रीत्वकाल हो । 

उनकै जति शैक्षिक योग्यता सांसदसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको हो । उनले पनि औपचारिकरुपमा स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन् । उनी एकपटक प्रधानमन्त्री भए । उच्च शैक्षिक योग्यता भएका शीर्ष नेतामा एक्ला हुन् कांग्रेस सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा । उनको शैक्षिक योग्यता स्नातकोत्तर तह हो । उनी पाँचपटक प्रधानमन्त्री भइसकेका छन् । उनी प्रजातन्त्रको बहालीपछि राष्ट्रिय राजनीतिमा प्रभावशाली रहँदै आएका छन् । देशको सर्वाधिक सातपटक जनताबाट चुनिएका नेता पनि हुन् देउवा । 

रवि र राजेन्द्रको योग्यता कति ? 
गत वर्षको आमनिर्वाचनबाट राष्ट्रिय राजनीतिमा उदाएका नवनेता हुन्– रवि लामिछाने । पूर्वसञ्चारकर्मीसमेत रहेका उनको शैक्षिक योग्यता प्रवीणता प्रमाणपत्र तह रहेको छ । राष्ट्रिय राजनीतिमा गत आमनिर्वाचनपछि प्रभावशाली बनेका हिन्दूवादी तथा राजावादी नेता राजेन्द्र लिङ्देनले स्नातक तहसम्मको अध्ययन पूरो गरेको उल्लेख छ । मधेसको वैकल्पिक शक्तिको रुपमा उदाएको जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतको योग्यता भने विद्यावारिधि हो । 

 


 


प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १०:३३
#शैक्षिक योग्यता #सांसदको शैक्षिक योग्यता
Adv Space Adv Space
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रधानमन्त्री दाहाल चीनमा
प्रधानमन्त्री दाहाल चीनमा आइतबार, असोज ७, २०८०
बुबाको पदचापमा सुहाङ ! 
बुबाको पदचापमा सुहाङ !  आइतबार, असोज ७, २०८०
विद्यमान निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन : अध्यक्ष नेपाल
विद्यमान निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन : अध्यक्ष नेपाल शनिबार, असोज ६, २०८०
बिग्रँदो अर्थतन्त्रबारे कांग्रेस केन्द्रीय समितिमा चिन्ता
बिग्रँदो अर्थतन्त्रबारे कांग्रेस केन्द्रीय समितिमा चिन्ता शनिबार, असोज ६, २०८०
एमालेको प्रथम बागमती प्रदेश अधिवेशन असोज ८ र ९ मा
एमालेको प्रथम बागमती प्रदेश अधिवेशन असोज ८ र ९ मा शुक्रबार, असोज ५, २०८०
फेरिएन देउवाको कार्यशैली
फेरिएन देउवाको कार्यशैली शुक्रबार, असोज ५, २०८०
कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा आठजना मनोनित
कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा आठजना मनोनित बिहीबार, असोज ४, २०८०
लोकप्रिय
  • Week
  • Month
तामाङ सेवा केन्द्रको अध्यक्षमा तेकेबहादुर
तामाङ सेवा केन्द्रको अध्यक्षमा तेकेबहादुर
‘नेसनल बक्स अफिस तिज म्युजिक अवार्ड २०८०’ सम्पन्न
‘नेसनल बक्स अफिस तिज म्युजिक अवार्ड २०८०’ सम्पन्न
तादी गाउँपालिकाको आयोजनामा ४१ औँ शिक्षा दिवश २०८० सम्पन्न
तादी गाउँपालिकाको आयोजनामा ४१ औँ शिक्षा दिवश २०८० सम्पन्न
तीनकुनेस्थित हत्या प्रकरणमा पक्राउ परेका दीपेन्द्र राई रिहा
तीनकुनेस्थित हत्या प्रकरणमा पक्राउ परेका दीपेन्द्र राई रिहा
मान्छे हराउँदै गरेको देश
मान्छे हराउँदै गरेको देश
तामाङ सेवा केन्द्रको अध्यक्षमा तेकेबहादुर
तामाङ सेवा केन्द्रको अध्यक्षमा तेकेबहादुर
फेरि ब्युँतियो ताम्सालिङको माग
फेरि ब्युँतियो ताम्सालिङको माग
अनमिनको प्रमाणीकरणमा सहभागी हुँदा
अनमिनको प्रमाणीकरणमा सहभागी हुँदा
चाबहिलमा कांग्रेस सिन्धुपाल्चोकको सम्पर्क कार्यालय
चाबहिलमा कांग्रेस सिन्धुपाल्चोकको सम्पर्क कार्यालय
'एनआरएनए मध्यपूर्वमा उन्यु फुलाउने बेला हो'
'एनआरएनए मध्यपूर्वमा उन्यु फुलाउने बेला हो'
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - सम्झना राई
- आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
- राजेन्द्र राना
- सुरज शाक्य
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2023 Prabhab Online. All Rights Reserved.