Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • नसर्ने रोगको न्युनीकरणमा गोकर्णेश्वरका मेयर दिपक रिसालको उत्कृष्ट योगदान, प्रधानमन्त्रीबाट पाए 'हेल्थ अवार्ड'
नसर्ने रोगको न्युनीकरणमा गोकर्णेश्वरका मेयर दिपक रिसालको उत्कृष्ट योगदान, प्रधानमन्त्रीबाट पाए 'हेल्थ अवार्ड'
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ २२, २०८०

काठमाडौं- काठमाडौंस्थित गोकर्णेश्वरका मेयर दिपककुमार रिसाल स्वास्थ्य खबर हेल्थ अवार्डबाट सम्मानित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार याक एन्ड यती होटलमा आयोजित कार्यक्रममा मेयर रिसाललाई उक्त अवार्ड प्रदान गरेका हुन् ।

गोकर्णेश्वरमा नसर्ने रोगहरूको न्यूनीकरण तथा नियन्त्रणका लागि उत्कृष्ट योगदान पुर्‍याएवापत रिसाललाई उक्त अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । अवार्ड वितरणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा गठन भएको छनौट समितिले देशका विभिन्न भागमा कार्यरत स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मी, वकालतकर्ता, नीतिनिर्माता तथा स्वयंसेवीहरूको आवेदन, मनोनयन तथा सिफारिस आएको थियो । रिसाललाई उक्त छनोट समितिले नसर्ने रोगहरूको न्यूनीकरण तथा नियन्त्रण विधामा अवार्ड प्रदान गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।

'नेपालमा बढ्दै गएको नसर्ने रोगको भारलाई कम गर्दै नागरिकलाई स्वस्थ राख्न समुदायस्तरमा पुगेर यहाँले निर्वाह गर्नुभएको योगदान र जनप्रतिनिधिका रुपमा समयको समेत पर्वाह नगरी अहोरात्र पुऱ्याउँदै आउनुभएको सेवाको उच्च मुल्यांकन गर्दै यो अवार्ड प्रदान गर्ने निर्णय गरिएको हो,' आयोजक संस्थाले भनेको छ ।

गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य क्षेत्रमा सञ्चालनमा रहेका कार्यक्रमहरू -

Hardik health

१) स्वास्थ्य वीमा : गोकर्णेश्वर नगरपालिकामा स्थाई बसोबास गर्ने सम्पूर्ण नागरिकहरुलाई निःशुल्क स्वास्थ्य वीमा संचालन

२) स्वास्थ्य उपचारमा छुटः

क) नेपाल मेडिकल कलेज संग सम्झौता गरी गोकर्णेश्वर नगरपालिकामा स्थाई बसोबास गर्ने

६५ वर्ष माथीका जेष्ठ नागरिकहरुलाई रु.एकलाख सम्मको उपचारमा ७० प्रतिशत छुट ख) नेपाल मेडिकल कलेज संग सम्झौता गरी पाठेघरको मुख र स्तन क्यान्सरका सम्भावीत रोगीहरुको रु १५ हजार सम्मको निःशुल्क प्रयोगशाला परिक्षणा सेवा ।

ग) नेपाल मेडिकल कलेज संग सम्झौता गरी पाठेघरको निःशुल्क शल्यक्रिया सेवा । घ) नेपाल मेडिकल कलेज संग सम्झौता गरी निःशुल्क मोतिविन्दुको शल्यक्रिया सेवा । ङ) नेपाल मेडिकल कलेज संग सम्झौता गरी निःशुल्क प्रशुती सेवा (आमा सुरक्षा कार्यक्रम)

च) नेपाल मेडिकल कलेजको ब्लड बैंकबाट निःशुल्क रक्त सेवा

३) नेपाल मेडिकल कलेज, शंकरापुर अस्पताल र नेपाल अर्थोपेडिक अस्पताल संग सम्झौता गरी गोकर्णेश्वर नगरपालिकामा स्थाई बसोबास गर्ने नागरिकहरुलाई रु. एकलाख सम्मको उपचारमा ५० प्रतिशत छुट ।

४) आम्दा नेपाल संग सम्झौता गरी गोकर्णेश्वर नगरपालिकामा बसोबास गर्ने ३० देखि ६० वर्ष सम्मका महिलाहरुलाई स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परिक्षण ।

५) नगर प्रमुख स्वास्थ कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकहरुलाई :

६) फिजियोथेरापिष्ट र मेडिकल अफिसर मार्फत जेष्ठ नागरिक लगायत थेरापी आवश्यक भएका विरामीहरुलाई घुम्ती फिजियोथेरापी र अन्य उपचार सेवा सुरुवात हुँदै । ७) नगर क्षेत्रमा चार वटा स्वास्थ्य चौकी र पाँच वटा शहरी स्वास्थ्य केन्द्र संचालन र पाँचवटा स्वास्थ्य संस्थामा प्रयोगशाला व्यवस्था गरी संचालन ।

८) गर्भवती सुत्केरीको उत्तर प्रसुती जाँच घर घरमा गएर गर्ने व्यवस्था ।

९) गोकर्णेश्वर नगर अस्पतालबाट सेवा प्रवाह

क) विहान ७:०० बजेदेखि बेलुका ५:०० सम्म ओ. पि. डी. सेवा संचालन गरी दैनिक ४०० भन्दा बढी विरामी जाँच ।

ख) अत्याधुनिक उपकरण जडान गरी प्रयोगशाला संचालन ।

ग) मुटुरोग, स्त्री रोग, बालरोग, हाडजोर्नी, रेडियोलोजिष्ट र सामान्य चिकित्सा सेवा का विशेषज्ञहरु राखी उपचार सेवा संचालन ।

घ) आँखा जाँच सेवा संचालन ।

ङ) निःशुल्क एम्बुलेन्स सेवा ।

च) निःशुल्क रेवीज विरुद्दको खोपको व्यवस्था ।


प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १९:४१
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु शुक्रबार, चैत ६, २०८२
बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै
बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै शुक्रबार, चैत ६, २०८२
अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न रु दुई करोड अनुदान
अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न रु दुई करोड अनुदान शुक्रबार, चैत ६, २०८२
जुम्लामा एक हजार २७७ किशोरीलाई एचपिभी खोप दिने
जुम्लामा एक हजार २७७ किशोरीलाई एचपिभी खोप दिने बिहीबार, चैत ५, २०८२
चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान
चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान बिहीबार, चैत ५, २०८२
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप बुधबार, चैत ४, २०८२
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो बुधबार, चैत ४, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP