Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
समाचार
  • Home
  • समाचार
  • सुदूरपश्चिममा गौराको रौनक
सुदूरपश्चिममा गौराको रौनक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ ७, २०८०

दोधारा चाँदनी– सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व धुमधामका साथै मनाइँदै छ । सुदूरपश्चिमका पहाडी जिल्लादेखि तराईका कैलाली र कञ्चनपुरमा यतिबेला गौराको रौनकता छाएको छ । 

प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान शिवकी अर्धाङ्गीनी शक्तिस्वरुपा पार्वती (गौरी) लाई गौरादेवीका रुपमा पूजा अर्चना गरिँदै आएको संस्कृतिका जानकार बताउँछन् । डोट्याली लोकसाहित्यमा विद्यावारिधि गरिरहनुभएका महेन्द्रनगरका साहित्यकार कविराज भट्ट भाद्र शुक्लपक्ष पञ्चमीदेखि सुरु हुने गौरा पर्व परम्परागत रीतिअनुसार मनाइने गरेको बताउछन्। 
    
विवाहित नारीले आफ्नो परम्पराअनुसार पुरुषजस्तै यज्ञोपवित्रताका रुपमा दुब–धागो लगाउने चलन यस क्षेत्रमा रहेको छ । नारीले पुरुषजस्तै यज्ञोपवित्रताका रुपमा दुब–धागो लगाउने र त्यसमै लक्ष्मीको वैदिक मन्त्र जप्ने गरिएको उनले बताए। “गौराको पूजा अर्चनाले विशेष गरी श्रीमान् तथा घरपरिवारका सदस्य निरोगी, दीर्घायु हुने, परिवारमा सुख समृद्धि हुने जनविश्वास छ”, भट्टले भने, “गौरामा देउडा, ढुस्को धुमारी खेलेर रमाइलो गरिन्छ ।”

दुर्वाष्टमीका दिन (आज) गौराको महत्वपूर्ण दिन हो । यसलाई अठेवाली पनि भन्ने गरिन्छ । यो दिन महिलाले सगुन फागसहित गौरादेवीलाई आँगनमा लगेर राख्छन् । सबै महिला जम्मा भई अठेवाली गायनसँगै बिरुडाले गौराको पूजा गर्दछन् । अठेवालीकै बीचमा प्रसङ्गअनुसार एउटा धर्मकथा प्रस्तुत गरिन्छ । यो कथा सबै महिलाले सुन्ने सुनाउने गर्दछन् । 

Ncell
Hardik health

त्यसपछि मङ्गल गीत ९सगुन, फाग० सहित तामाको ताउलीलाई गाईको गोबर, दुबो र जौँ तिलले सजाउने परम्परा छ । पाँच अन्न बिरुडा (मास, गहत, गहुँ, कलौँ र गुरौँस) तामाको भाँडोमा हाली सुगन फाग गायनसँगै गौरा भित्र्याइन्छ । बिरुडालाई देवीको प्रतीकका रुपमा मानी चन्दन, अक्षता, फूल, धुप, दीप, फललगायत चढाएर पूजा गर्ने गरिन्छ । 

उक्त भिजाएका बिरुडा भएको ताउलीलाई टाउकामा राखी सगुन, फाग गायनसँगै महिलाले पानीको मुहानमा लगेर सगुन गायनसँगै पाँचपल्ट धुने प्रचलन छ । धारामा साँवाधानको गौरादेवीको मूर्ति बनाएर स्थापना गरी बिरुडा तथा चन्दन, अक्षता, पाती, धुप, दीप, फल आदिले पूजा गरी पुनःफाग गायनसँगै घरमा भित्र्याउने चलन रहेको शास्त्री जनार्जन अवस्थी बताउनुहुन्छ । सप्तमीको दिन कन्याले खेतबाट धान, साँवाधान, कुर्जो आदि हालेर रातो कपडा वा घुम्टीमा बेरेर गौराको मूर्ति बनाई गौरा घरमा ल्याउँछन् । गौरालाई डालोमा राखेर शुद्ध आसनमा स्थापित गरिन्छ । एउटा काठको पिर्कामा पहेँलो कपडा बनाएर महेश्वर पनि स्थापना गरिन्छ । 

उनका अनुसार अठेवालीको दोस्रो दिनदेखि विभिन्न देवालयमा पुरुषको देउडा खेल सुरु हुन्छ । देवीदेवता तथा पौराणिक कथावस्तुमा आधारित ढुस्को, धुमारी, ठाडोखेललगायत प्रस्तुत गरिन्छ । गौरा धार्मिक, सामाजिक, सांस्कृतिक, साहित्यिक, पौराणिक, ऐतिहासिक तथा अन्य विविध दृष्टिकोणले महत्व बोकेको पर्व हो । 

“गौरा नारीको विषेश पर्व हो, यो पर्वमा उपासना गरी नारीले गौरीको दुब–धागो लगाउँछन”, अवस्थीले भने, “जसरी ब्रतबन्धपछि जनै धारण गरी पुरुष यज्ञोपवित्र हुन्छन्, त्यसैगरी गौरामा नारी यज्ञोपवित्र हुन्छन् ।” देउडा गौराको अवसरमा रमाइलोका लागि खेलिने खेल भएको उनको भनाइ छ । 

सप्तमी र अष्टमीलाई गौराका विशेष दिनका रुपमा लिइने गरिन्छ । गौरा पर्व मनाउन भारत तथा अन्य मुलुकमा भएका सुदूरपश्चिमेली घर फर्किन्छन् । कञ्चनपुरको महेन्द्रनगरमा विभिन्न सङ्घसंस्थाले गौरा पर्वका अवसरमा देउडा प्रतियोगितासमेत आयोजना गरेका छन् । 


प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बौद्धनाथ र नमोबुद्ध क्षेत्र विकास समितिमा नवनियुक्त पदाधिकारीलाई तामाङ गुम्बाको सम्मान
बौद्धनाथ र नमोबुद्ध क्षेत्र विकास समितिमा नवनियुक्त पदाधिकारीलाई तामाङ गुम्बाको सम्मान शनिबार, भदौ २७, २०८३
नुवाकोट र धादिङका बाढीप्रभावित क्षेत्रमा अहमदिया संघ र ह्युम्यानिटी फर्स्टको साताव्यापी राहत कार्यक्रम
नुवाकोट र धादिङका बाढीप्रभावित क्षेत्रमा अहमदिया संघ र ह्युम्यानिटी फर्स्टको साताव्यापी राहत कार्यक्रम शनिबार, भदौ २७, २०८३
वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको निधन
वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको निधन शनिबार, भदौ २७, २०८३
नेपालले दियो युएइलाई ३१४ रनको विशाल लक्ष्य
नेपालले दियो युएइलाई ३१४ रनको विशाल लक्ष्य शनिबार, भदौ २७, २०८३
एलपीजी ग्यास आयात एकै दिन ४०.८ प्रतिशतले घट्यो, वीरगञ्ज नाकामा उच्च गिरावट
एलपीजी ग्यास आयात एकै दिन ४०.८ प्रतिशतले घट्यो, वीरगञ्ज नाकामा उच्च गिरावट शनिबार, भदौ २७, २०८३
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन शनिबार, भदौ २७, २०८३
बेँसीसहर–चामे सडक आज दिनभर पूर्ण रूपमा बन्द हुने
बेँसीसहर–चामे सडक आज दिनभर पूर्ण रूपमा बन्द हुने शनिबार, भदौ २७, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP