Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कान्तिलोकपथ
  • #मुक्तिनाथ_पदमार्ग
  • #तामाखानी
  • #सप्तकोशी
  • #डल्फिन
  • #आइसिसी क्रिकेट विश्वकप लिग–२
  • #ग्रामीण_सडक
  • #अनलाइनबाट_नागरिकता
  • #आईसीसी क्रिकेट विश्वकप लिग २
Search Here
समाचार
  • Home
  • समाचार
  • आहा डल्फिन उफ्रँदै गरेको हेर्न क्या मज्जा !
आहा डल्फिन उफ्रँदै गरेको हेर्न क्या मज्जा !
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ६, २०८०

टीकापुर -  कैलालीको लम्कीचुहाका हरि सुनार डल्फिन हेर्न कैलालीको टीकापुरस्थित वडा नं ७ बैदी ढुङ्गानाटोलमा पुग्नुभयो । साथीसहित बैदीस्थित मोहना, पथरैया र काँडा नदीको सङ्गममा पुग्नुभएका उनले डल्फिन उफ्रेको हेरेर आनन्द लिए । बर्खा लागेपछि कैलालीको टीकापुर–७ स्थित मोहना, पथरैया र काँडा नदीको सङ्गममा दैनिक डल्फिन देखापरिरहेका छन् ।

नदीमा साँझ र बिहानको समयमा साना र ठूला डल्फिन देखिने गरेका छन् । “नदीमा पानीको बहाव बढेको छ । डल्फिन उफ्रँदै रमाइरहेका देख्यौँ”, सुनारले भने, “डल्फिन बडो आनन्दले रमाउने रहेछन्, नदी किनारमा बसेर करिब एक घण्टा बच्चासहित डल्फिन नाचेको हेर्यौँ, आनन्द लाग्यो ।”

बर्खाको यो समयमा ढुङ्गानाटोलमा दैनिक सर्वसाधारण डल्फिन हेर्नकै लागि आउने गरेका छन् । डल्फिन अवलोकन गर्न स्वदेशीदेखि विदेशी नागरिकसमेत आउने गरेका स्थानीय संरक्षणकर्मी बताउँछन् । हरेक वर्ष विदेशी पर्यटक पनि डल्फिन हेर्नका लागि यहाँ आउने गरेका डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले बताउनुभयो । “विदेशी नागरिकले हप्तौँसम्म बसेर डल्फिनबारे अध्ययन गर्ने गरेका छन्”, उनी भन्छन्, “नेपालका विभिन्न जिल्लाबाट समेत सर्वसाधारण आउने गरेका छन् । डल्फिन अवलोकनका लागि यहाँ भ्यूटावर र प्रतिक्षालय बनाइएको छ ।”

डल्फिन अवलोकन क्षेत्रसम्म जाने सडकलगायतका पूर्वाधार स्थानीय सरकारले निर्माण गरिदिएको छ । बर्खामा डल्फिन बढी देखिने भएकाले संरक्षण नेपालले सप्ताहव्यापी प्रचार–प्रसारका लागि कार्यक्रम गर्ने भएको छ । “डल्फिनको संरक्षण, प्रवर्द्धन, प्रचार तथा पर्यापर्यटनसँगै स्थानीय क्षेत्रको विकासका लागि सप्ताहव्यापी कार्यक्रम गर्न थालेका छौँ”, ढुङ्गाना भन्छन्, “स्थानीय समुदायलाई डल्फिन संरक्षणमा उत्प्रेरणासँगै अन्य जलप्राणीबारेमा जानकारी दिन थालेका छौँ । डल्फिन मात्र होइन अन्य जलचरको पनि संरक्षण आवश्यक छ ।”

भदौ दोस्रो सातादेखि सप्ताहव्यापी कार्यक्रम हुँदैछन् । बर्खामा याममा देखापर्दै आएका डल्फिन संरक्षण, प्रवर्द्धन, प्रचार आवश्यक रहेको स्थानीय संरक्षणकर्मी जयप्रसाद ढुङ्गानाको भनाइ छ । “हामीले पछिल्ला केही वर्षयता डल्फिन देखापर्ने यही समयमा संरक्षणका क्षेत्रमा जनचेतना जगाउने गरेका छौँ”, उनले भने, “हामीले डल्फिन क्षेत्रमा माछा मार्न निषेध गरेका छौँ, माछा मारेमा कारबाही गर्ने गरिएको छ ।”

यस वर्ष वर्षात् ढिलो हँुदा असार १६ गते पहिलोपटक चारवटा डलिफन देखापरेका थिए । गत वर्ष जेठ मसान्तमै डल्फिन देखिएका थिए । नदीमा पानीको बहाव बढी भएमा डल्फिन देखिने गरेका स्थानीय बताउँछन् । “कैलालीका मोहना, पथरैया, काँडा, कान्द्रा नदीमा डल्फिन देखिन्छन्, जैविक विविधताको संरक्षण, जलचर संरक्षणका लागि स्थानीय सजग हुन आवश्यक छ”, स्थानीय कृष्णा चौधरी भाने, “यहाँ मगर गोही पनि त्यत्तिकै मात्रामा पाइन्छन्, पर्यापर्यटनका हिसाबले पनि डल्फिनलगायतका जलचर संरक्षण आवश्यक छ ।”

डल्फिन हेर्नका लागि टाढा–टाढाबाट सर्वसाधारण आउने गरेका छन् । विगत लामो समयदेखि टीकापुर र भजनीका स्थानीय डल्फिन संरक्षणमा जुटेका छन् । स्थानीयकै पहलमा दर्जनौँ स्थानमा डल्फिन संरक्षण केन्द्र स्थापना गरिएका छन् । स्थानीयकै पहलमा २०५६ सालदेखि डल्फिन संरक्षण अभियान थालिएको हो । कैलालीका नदीमा ग्याँगेटिक जातको डल्फिन पाइन्छ । यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बङ्गलादेशमा मात्रै पाइने गरेको संरक्षणकर्मी बताउँछन् । यो मांसाहारी प्राणी भएकाले यसले मुख्य आहराका रूपमा माछा, घोँगीलगायत खान्छ ।

रासस


प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ११:४२
#डल्फिन
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
तारकेश्वरमा चिनियाँ भाषा स्कुलको शिलान्यास
तारकेश्वरमा चिनियाँ भाषा स्कुलको शिलान्यास बुधबार, जेठ २१, २०८२
बाढीले हाइड्रोपावरको बाँध बगायो
बाढीले हाइड्रोपावरको बाँध बगायो बुधबार, जेठ २१, २०८२
राष्ट्रियसभामा बजेटमाथि छलफल सुरु
राष्ट्रियसभामा बजेटमाथि छलफल सुरु बुधबार, जेठ २१, २०८२
गण्डकी प्रदेशकाे नीति तथा कार्यक्रम यस्ताे
गण्डकी प्रदेशकाे नीति तथा कार्यक्रम यस्ताे बुधबार, जेठ २१, २०८२
प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर सारियाे
प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर सारियाे बुधबार, जेठ २१, २०८२
राष्ट्रियसभामा पनि गृहमन्त्री लेखकको राजीनामा माग
राष्ट्रियसभामा पनि गृहमन्त्री लेखकको राजीनामा माग बुधबार, जेठ २१, २०८२
बजेटले राष्ट्रिय आवश्यकता सम्बोधन नगरेको आरोप
बजेटले राष्ट्रिय आवश्यकता सम्बोधन नगरेको आरोप बुधबार, जेठ २१, २०८२
लोकप्रिय
  • Week
  • Month
तेक्वान्दो खेलाडी राईलाई सम्मान
तेक्वान्दो खेलाडी राईलाई सम्मान
बोर्डले दिने सेवासुविधा लिनेको संख्या बढ्यो
बोर्डले दिने सेवासुविधा लिनेको संख्या बढ्यो
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने  तीनस्वास्थ्य संस्था खारेज
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने  तीनस्वास्थ्य संस्था खारेज
कोरियाले ‘रुट इण्डस्ट्री’को वेल्डिङमा ५० नेपाली लैजाने
कोरियाले ‘रुट इण्डस्ट्री’को वेल्डिङमा ५० नेपाली लैजाने
सार्वजनिक सवारीसाधन नचल्दा आवतजावतमा कठिनाइ
सार्वजनिक सवारीसाधन नचल्दा आवतजावतमा कठिनाइ
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP