Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #पुष्पकमल दाहाल ‘प्रचण्ड
Search Here
कृषि
  • Home
  • कृषि
  • व्यावसायिक बाख्रापालनमा कम्प्युटर इन्जिनियर
व्यावसायिक बाख्रापालनमा कम्प्युटर इन्जिनियर
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ १, २०८०

गल्याङ (स्याङ्जा) - स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ वेल्टारीका त्रिभुवन न्यौपानेले उन्नत जातका बाख्रापालन गरेर मनग्य आम्दानी गर्नुभएको छ । भारतको पन्जाब टेक्निकल युनिभर्सिटीबाट ब्याचलर अफ कम्प्युटर एप्लिकेसनको अध्ययन पूरा गर्नुभएका ३५ वर्षीय न्यौपानेले भूमिका कृषि तथा पशुपालन फार्ममार्फत व्यावसायिक बाख्रापालन सुरु गर्नुभएको हो ।

भारतमा पढाइ सकेर विसं २०६९ मा नेपाल फर्कनुभएका उहाँले यतिबेला बाख्रापालनबाट वार्षिक रु १५ देखि २० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । “सुरुमा घरकै तरकारी बारी जोत्न हाते ट्रयाक्टर किने”, न्यौपानेले भन्नुभयो, “हाते ट्रयाक्टरको धेरै माग भएपछि आम्दानी पनि राम्रो भयो, त्यही आम्दानीबाट बाख्रापालन सुरु गरेको हुँ ।”

न्यौपानेले विसं २०७० मङ्सिरमा रु ७७ हजारबाट बाख्रापालन व्यावसाय सुरु गरेको बताउनुभयो । “गाउँका कृषकको हातेट्रयाक्टरले खेतबारी जोतेर कमाएको रु ७७ हजारले तीनवटा बोयर माउ र एउटा बोयर बोका किनेर ल्याएँ, चारवटा स्थानीय जातका माउबाख्रा घरमै थिए”, उहाँले भन्नुभयो, “आठवटा बाख्राबाट भूमिका कृषि तथा पशुपालन फार्म दर्ता गरेर औपचारिकरूपमै व्यवसाय सुरु गरेँ ।”

न्यौपानेको बाख्रापालनमा करिब रु ८० लाखको लगानी पुगेको छ । उहाँसँग हाल रु १६ लाखमा निर्माण गरिएको आधुनिक बाख्राको खोरमा शुद्ध अष्ट्रेलियन बोयर बोकासहित शुद्ध बोयर माउ र खरी जातमा बोयर क्रस एक सयवटा बढी माउ पाठापाठी छन् । न्यौपानेको फार्मबाट धेरैजसो बीउ उत्पादनका लागि बाख्रा बिक्री हुन्छ । यहाँ उत्पादित बाख्रा कास्की, पर्वत, धादिङ, पाल्पा, चितवन, रुपन्देहीबाट पश्चिम बर्दियासम्म र पूर्व झापासम्म निर्यात हुन्छ । फार्मबाट रु १५ हजारदेखि साढे दुई लाखसम्म पर्ने प्रतिबाख्रा बिक्री हुँदै आएका छन् ।

Hardik health

न्यौपानेले करिब एक सय रोपनी जग्गामा मेन्दुला, भटमासे, डिस्मोडियम, मुलेट्रो, सिग्नल, नेपिएर सिओ थ्रि, सिओ फोर, सुपरनेपिएर, राई खनियो, निमारो, चुलेत्रो, तेजपत्ता, कपुर, बडहर, टाँकी, सुडान, जै, वर्षिम, लुसर्न, स्टाइलो, इपिलिपी, किम्बु, ग्वाटेमाला, सितलचिनीलगायत विभिन्न प्रकारका घाँसखेती गर्नुभएको छ ।

खोर व्यवस्थापन राम्रोसँग नगरिए बाख्रामा धेरै रोग लाग्ने न्यौपानेले बताउनुहुन्छ । बड्क्यौलाबाट निस्कने अमोनिया ग्यासबाट बाख्रामा रुघाखोकी, आँखामा कचेरा लिने, तुहिने, थुनेलो, ख्याउटेलगायतका रोग लाग्ने गरेको उहाँको अनुभव छ ।

“भारतमा पढ्दै जागिर गर्थेँ, जति क्षमता प्रयोग गरे पनि जागिरमा हुने सीमित तलबले आर्थिक समृद्धि हुन सकिँदैन भन्ने लाग्यो”, न्यौपानेले भन्नुभयो, “व्यवसायमा सही तरिकाले क्षमता प्रयोग गर्न सकिएमा आर्थिकरूपमा बलियो बन्न सकिन्छ भनेर कृषि पेसामा आबद्ध भएको हुँ ।” 

“अनुदानको नाममा पैसा दुरुपयोग भयो, किसानलाई पैसामा होइन उत्पादनका आधारमा प्रविधिका लागि अनुदान दिनुपर्छ”, उहाँले भन्नुभयो, गाउँका कृषकका लागि बैंकमा कर्जा प्रक्रिया झन्झटिलो भयो, गाउँमा मेरो रु एक करोडको लगानी छ, मैले ऋण पाउँदिन तर सहरमा घरघडेरी हुनेलाई मात्र ऋण दिइन्छ ।”

विदेशमा भएको प्रविधि नेपालमा भित्र्याउन सके कृषिमा अझ राम्रो हुने उहाँको विश्वास छ । बाख्रामा हाडनाता प्रजननमात्र रोक्न सके नेपाल सजिलै मासुमा आत्मनिर्भर बन्न सक्ने न्यौपानेकोे दाबी छ । “कृषि विशाल विज्ञान हो, अध्ययन–अनुसन्धान र प्रयोग राम्रो गर्न सकियो भने नेपाल कृषिमा छिट्टै आत्मनिर्भर बन्न सक्छ”, उहाँले भन्नुभयो । विदेशमा गर्ने श्रम नेपालमै खर्च गर्ने हो भने स्वदेशमै राम्रो आम्दानी गर्न सकिने न्यौपानेको भनाइ छ । उहाँले फर्केपछि पनि नेपालमै गर्न सकिने काम रोज्न विदेशिएकालाई आग्रह गर्नुभयो ।

न्यौपानेकी श्रीमती उर्मिलाले श्रीमान्ले बाख्रापालन व्यवसायमा पाउनुभएको सफलताले निकै गर्व महसुस हुने गरेको बताउनुभयो । “समाजमा उदाहरणीय बन्छु भन्ने अठोटका साथ बाख्रा पाल्न सुरु गर्नुभएको थियो”, उहाँले भन्नुभयो, “सुरुमा सशङ्कित बने पनि अहिले सबैको प्रशंसा पाएका छौँ ।” 

हाल भूमिका कृषि तथा पशुपालन फार्म बाख्रापालक कृषकका लागि अध्ययन, अवलोकन र भ्रमणको माध्यम बनेको छ । न्यौपानेले बाख्रापालनबाट पाएको यो सफलताले आफूलाई आत्मसम्मान मिलेको बताउनुभयो । युवाका लागि नमूना बाख्रागाउँ अभियानका प्रमुख सचेतक सुुशील अर्यालले जिल्लामा बाख्रापालनको सम्भाव्यता राम्रो रहेको बताउनुुभयो । उहाँले आफूले सल्लाह दिएर सञ्चालन भएका फार्म जिल्लामा उत्कृष्ट भएको बताउनुुभयो । अर्यालले युवालाई स्वरोजगार बनाउने र जिल्लालाई खसीबोकामा आत्मनिर्भर बनाउने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको जानकारी दिनुुभयो ।

कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत देवेन्द्र पाण्डेले पालिकाभित्र कृषि गर्न चाहने सबैलाई गाउँपालिकाको सहयोग रहने भनाइ व्यक्त गर्नुभयो । उहाँले पालिकालाई स्वरोजगारउन्मुुख बनाउन कृषि क्षेत्रलाई विशेष प्राथामिकता दिएको बताउनुुभयो । पाण्डेले कृषकका समस्या र गुुनासा पहिचान गरेर निरन्तर समाधानको बाटोमा लागेको दाबी गर्नुुभयो ।
---


प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्
थप कृषि
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, जेठ ६, २०८३
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा आइतबार, जेठ ३, २०८३
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने शुक्रबार, जेठ १, २०८३
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग बुधबार, वैशाख ३०, २०८३
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य शनिबार, वैशाख २६, २०८३
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु बुधबार, वैशाख २३, २०८३
भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले
भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले बुधबार, वैशाख २३, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP