Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • प्रत्येक चारमध्ये एक जनामा पुड्कोपना
प्रत्येक चारमध्ये एक जनामा पुड्कोपना
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन ३१, २०८०

काठमाडौं - नेपालमा पाँच वर्षमुनिका प्रत्येक चार जनामध्ये एक जना बालबालिकामा पुड्कोपना हुने गरेको अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रत्येक एक सय जना बालबालिकामध्ये २५ जनामा पुड्कोपना देखिने गरेको हो ।

विज्ञहरुका अनुसार बालबालिकाको खानपानमा कमी र उमेर अनुसार पोषणको अभाव भयो भने पुड्कोपना देखिन्छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखा प्रमुख लिलाविक्रम थापाले नेपाल स्वास्थ्य जनसांख्यिक सर्भे सन् २०२२ को तथ्याङ्क अनुसार नेपालमा प्रत्येक चार जनामध्ये एक जनामा पुड्कोपना रहेको र पछिल्लो वर्षयता पुड्कोपनामा सुधार भएको बताए ।

नेपाल स्वास्थ्य जनसांख्यिक सर्भे सन् २०१६ अनुसार प्रत्येक एक सय जनामध्ये ३६ जना बालबालिकामा पुड्कोपना रहेको थियो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा थापाले पुड्कोपनाको प्रमुख कारण पोषणको अभाव रहेको भन्दै घर परिवार सचेत हुँदा पुड्कोपनामा सुधार आउने बताए । 

थापाले भने, ‘सन् २०१६ को नेपाल स्वास्थ्य जनसांख्यिक सर्भेको तुलनामा अहिले सन् २०२२ मा पुड्कोपनामा सुधार भएको देखिन्छ । सन् २०१६ मा ३६ प्रतिशत थियो भने अहिले घटेर २५ प्रतिशतमा आएको छ । पाँच वर्षमुनिका प्रत्येक एक सय जना बालबालिका मध्ये अहिले २५ जनामा अर्थात प्रत्येक चार जनामध्ये एक जना बालबालीकामा पुड्कोपना छ । तथ्याङ्कले पुड्कोपनामा सुधार भएको देखाउँछ ।

Hardik health

पुड्कोपना, ख्याउटेपना, कम तौल भनेर भन्छौं त्यो चाहीँ पोषणमा सुधार भयो । पोषण भन्दा बित्तिकै बहुआयामिक विषय हो । खानपान, सरसफाई, खाद्यान्नको उपलब्धतामा सुधार हुने विषय भित्र पर्छ । घर परीवार सचेत हुँदापनि पोषणमा सुधार आउँछ ।’

उनले पुड्कोपना दीर्घकालीन कुपोषणको संकेत रहेको भन्दै यसलाई कम गर्न खानपानमा  सुधार ल्याउनुपर्ने बताए । थापाले आमाले गर्भमा हुँदा खानपान र सुत्केरी भइसकेपछि बच्चालाई जति सक्दो छिटो स्तनपान, ६ महिनासम्म पूर्ण र दुई वर्षसम्म स्तनपान गराउने कुरामा विशेष जोड दिनुपर्ने बताए । 

पुड्कोपना हुन नदिन ७५३ स्थानीय तहमै सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको स्वास्थ्य सेवा विभागले जनाएको । विभागका अनुसार आमा स्वास्थ्य चौकीमा जाँदा बच्चाको तौल, उचाई, आमाको स्वास्थ्य अवस्था, पोषण लगायतबारे जानकारी लिने गरिन्छ । थापाले स्थानीय स्तरमा नै उत्पादन भएका खानेकुराबारे उचित किसिमको परामर्श दिने गरेको बताए । 

लामो समयसम्म खानपान नपुग्ने अर्थात् खाद्य असुरक्षापनि पुड्कोपनाको कारण रहेको भन्दै खाद्य असुरक्षाका कारण कर्णालीमा ४४ प्रतिशत बच्चाहरुमा पुड्कोपना रहेको बताए । उनले सरकारले पुड्कोपना न्युनिकरण गर्न कर्णाली प्रदेशका पाँच वटा जिल्ला (हुम्ला, जुम्ला, डोल्पा, कालीकोट र मुगु) मा ‘फर्टिफाईड फ्लोर’ उपलब्ध गराउँदै आएको र सरकारले ६ देखि २ बर्षमुनीका वच्चा, गर्र्भवति र ४५ दिनसम्मका सुत्केरीलाई  फर्टिफाईड फ्लोर’ वितरण गर्दै आएको बताए ।

उनले भने, ‘बच्चा जन्मिसकेपछि बच्चाको उमेर अनुसारको बच्चालाई खानेकुराको आवश्यकता पर्छ । उमेर अनुसारको खानेकुरा आवश्यकता पर्ने हुँदा त्यो खानेकुराहरु बच्चालाई तीन पटक, चार पटक, चार पटक जति खानुपर्ने हुन्छ । बच्चाले खानुपर्ने समयमा खान पाएन, पाएपनि जति मात्रामा चाहिने हो, त्यो मात्रामा लामो समयसम्म खान पाएन भने वा पर्याप्त मात्रामा खानेकुरा पुगेन भने पुड्कोपनाको विकास हुन्छ । बालबालिकालाई घरमा नै उपलब्ध भएको आहार खुवाउनुपर्छ ।

बालबालिकाको जन्मेदेखि दुई वर्षसम्म प्रत्येक महिना वृद्धि अनुगमन गर्छौं । प्रत्येक आमाले बच्चालाई स्वास्थ्य सस्ंथामा लिएर आउँदा ग्रोथ मनिटरिङ कार्ड लिएर आउन भन्छौं । ग्रोथ मनिटरिङ कार्ड हरियो, पहेँलो र रातो हुन्छ । बच्चाको वृद्धि र विकास हुने जुन क्रम छ । कति उचार्ई हुनुपर्ने ? कति तौल हुनुपर्ने ? बच्चा बढेको छ की छैन ? प्रष्टसँग हेर्न सकिन्छ । ग्रोथ मनिटरिङ कार्ड एउटा टुल हो । र, यो स्वास्थ्य संस्थामा आएपछि हेरिन्छ । र, त्यसपछि आवश्यकता अनुसार खानपानको बारेमा परामर्श दिने काम भइरहेको छ ।

वृद्धि अनुगमनका लागि आमाले बच्चालाई स्वास्थ्य संस्थामा लिएर महिनामा एक पटकका दरले आउनुपर्छ । एक पटक पुड्को भइसकेपछि फेरि कुनैपनि किसिमको खानेकुरा खुवाएर फेरि अग्लो बनाउन सकिँदैन । अहिलेसम्म विश्वमा कुनैपनि यस्तो प्रविधि छैन की एकपटक पुड्कोपना भइसकेपछि फेरि अग्लो बनाउन सकिँदैंन । ख्याउटेपना,दुब्लोपनालाई सही खानपान गराएर सुधार गर्न सकिन्छ । पुड्कोपना हुन नदिन सरोकारवालाको भुमिका अग्रणी रहन्छ । पोषण बहुआयामिक क्षेत्र भएकाले सबैको भुमिका उत्तिकै महत्वपूर्ण छ । बालबालीका र महिलामा लगानी गर्नु भनेको एक रुपैंया लगानी गरियो भने ३५ रुपैयाँसम्मको प्रतिफल दिन्छ भनेर विभिन्न अध्ययन अनुसन्धानमा देखाएको विषय छ ।’

त्यसैगरी पोषणविद् विनिता पन्तले पुड्कोपना हुन नदिन मातृ पोषण कार्यक्रम आवश्यक रहेको बताए । उनले गर्भास्थामा आमालाई र बच्चा जन्मिसकेपछि बच्चालाई पोषणको अभाव हुन नदिए पुड्कोपनाको समस्या नआउने बताए । उनले बच्चालाई पर्याप्त मात्रामा पौष्टिक तत्व पुग्नुपर्ने बताए । पन्तले स्थानीयस्तरमा जनप्रतिनिधिले समेत पोषण व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनु भयो । बच्चालार्ई पौष्टिक तत्व पर्याप्त दिनुपर्ने भन्दै घरपरीवारको आमा, बुबामा पुड्कोपना छ भने उहाँबाट जन्मिने बच्चामापनि पुड्कोपनाको समस्या देखिन सक्ने बताए । 

पन्तले भने, ‘पुड्कोपनाको समस्या भनेको आमाको समस्याबाट नै जाने गर्छ । आमा, बुबामा पुड्कोपना छ भने उहाँबाट जन्मिने बच्चामापनि पुड्कोपनाको समस्या देखिनसक्छ । त्यसका लागि मातृ पोषण कार्यक्रम आवश्यक हुन्छ । बच्चा आमाको गर्भावस्थामा रहँदा आमाले खानेकुरा कति सुुरक्षित छन् ? कति पौष्टिक तत्व पुगेको छ ? त्यसलार्ई एकदमै ध्यान दिनुपर्ने हुन्छ । बच्चा जन्मिसकेपछि हामीले खुवाउने खानेकुरा कस्तो छ ? आमाले सुत्केरी अवस्थामा कति खानेकुरा पाउनुभएको छ ? त्यो कुरालाई सरकारलेपनि ध्यान दिनुपर्ने हुन्छ । र, घरको परिवार वा जनप्रतिनिधिले पनि कसरी व्यवस्थापन गरिरहेको छ ? त्यसमा पनि भर पर्ने कुरा हो ।’सरोकारवालाहरुले पोषण बहुआयामिक क्षेत्रसँग जोडिएकाले पोषणमा सुधार ल्याउन सरकारले दीर्घकालीन योजना ल्याउनुपर्ने औंल्याएका छन् । 

 

 

(NAN एजेन्सीकाे सहयाेगमा)

 

 

 


प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  २०:३८
#पुड्कोपन
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप बुधबार, चैत ४, २०८२
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो बुधबार, चैत ४, २०८२
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी मंगलबार, चैत ३, २०८२
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य मंगलबार, चैत ३, २०८२
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन मंगलबार, चैत ३, २०८२
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै मंगलबार, चैत ३, २०८२
सोह्र औषधि पसल निलम्बनमा
सोह्र औषधि पसल निलम्बनमा सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP