Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #क्षितिज_समर्पण
  • #ग्यास अभाव
Search Here
समाचार
  • Home
  • समाचार
  • २९ घर पूर्णरूपमा ध्वस्त, माथिल्लो मुस्ताङ चल्ने यातायात ठप्प
कागबेनी बाढी २९ घर पूर्णरूपमा ध्वस्त, माथिल्लो मुस्ताङ चल्ने यातायात ठप्प
डम्मर बुढामगर
डम्मर बुढामगर बुधबार, साउन ३१, २०८०

ढोरपाटन (बागलुङ)– आइतबार साँझपख मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका स्थानीय सधैँझैँ कोही खाना पकाउन व्यस्त थिए, कोही खाना खाँदै । एक्कासी बजारमा बाढी आयो, बाढी आयो भन्दै हल्ला मच्चियो । एकैछिनमा बजारका सबै स्थानीय बजारभन्दा माथि सुरक्षित स्थानमा निस्किए ।

माथिपट्टि निस्किएको केही मिनेटमै कागबेनी बजारमा बाढी पस्यो, बाढीले हेर्दाहेर्दै बजारलाई बगरमा परिणत बनायो । स्थानीय आफ्नो भएभरको सम्पत्ति आँखै अगाडि बाढीमा परेको देख्न विवश भए । केहीले लत्ताकपडा, सुन तथा गरगहना निकाल्न भ्याए भने धेरैले सामान्य लत्ताकपडा पनि निकल्न पाएनन् ।

बाढीले घर र सम्पत्ति बगाइदिएपछि कागबेनीका सयौं नागरिक घरबारविहीन बनेका छन् । कागखोलामा करिब दुई घण्टा आएको बाढीले हेर्दाहेर्दै बजारलाई कालीगण्डकीमा मिसाएको स्थानीय धावा दोर्जे गुरुङले सुनाए । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका वडा सदस्यसमेत रहेका गुरुङले बाढीमा कुनै पनि मानवीय क्षति नभएको जनाउँदै भौतिक सम्पत्ति ध्वस्त बनेको बताए । यो बाढी अहिलेसम्मकै ठूलो भएको र क्षति पनि धेरै पुर्‍याएको उनले बताए । माथिल्लो क्षेत्रबाट बाढी आएको खबर नभएको भए यहाँका सयौं मानिस बाढीमा पुरिनसक्ने उनले बताए ।

‘दिनभरि काम गरेर साँझ खाना पकाउँदै थियौं, एक्कासि मुक्तिनाथबाट कागखोलामा बाढी आयो भनेर आफन्तको फोन आयो, पकाउँदै गरेको खाना त्यत्तिकै छाडेर वरपरका छरछिमेकलाई हारगुहार गर्दै बस्तीभन्दा माथि पुग्यौं, हेर्दाहेर्दै कागखोलामा आएको बाढी कागबेनी बजारमा बस्यो,’ उनले भने, ‘एकै छिनमा सबै घर बगरमा परिणत भए, धन्न ज्यान बाँच्यो, मुक्तिनाथ क्षेत्रबाट धेरैले फोन गरेर बाढी आएको जानकारी गराइदिए र हामी बाँच्यौं, नत्र सबै बाढीमा परिने रैछ ।’

Ncell
Hardik health

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजिननाम्गेल गुरुङले बाढीपीडितलाई सुरक्षित स्थानमा सारिएको बताए । उनका अनुसार बाढीले २९ घर बगरमा परिणत भएका छन् । १३ घरमा आंशिक क्षति भएको अध्यक्ष गुरुङको भनाइ छ । आंशिक क्षति भएका घरको पहिलो तलासम्म बाढी पसेको उनले बताए । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहकार्यमा उद्धारकार्यलाई जारी राखेको उनको भनाइ छ ।

सोमबार रातिसम्मको विवरणअनुसार चारपांग्रे दुईवटा सवारी, मोटरसाइकल ३०, एउटा पक्की मोटरेबल पुल, तीन काठेपुल बाढीले बगाएको उनको भनाइ छ । बाढीले प्रभु बैंकको घर नै बगाएको छ भने जनशान्ति माध्यमिक विद्यालयमा पनि क्षति पुगेको अध्यक्ष गुरुङले जानकारी दिए । धर्मशाला, गुम्बालगायतका संरचना पनि बाढीमा परेको उनी बताउँछन् । उनका अनुसार करिब २०–२५ वटा पशुचौपाया पनि पुरिएको आकलन गरिएको छ ।

कागबेनीमा जिल्लाबाहिरबाट सडक तथा विभिन्न ठाउँमा काम गर्ने ६० मजदुरको उद्धार गरी जोमसोम सामुदायिक हलमा स्थानान्तरण गरिएको अध्यक्ष गुरुङको भनाइ छ । बाढीपीडितलाई अहिले आफन्तकहाँ राखिएको भन्दै नेपाल सरकारको नीति नियमानुसार राहत सहायता दिने उनी बताउँछन् । तत्कालका लागि गाँसबास, कपासको व्यवस्था गाउँपालिकाले गर्ने उनले बताए ।

‘अप्रत्यासित घटना भयो, बजारका घर देखिसक्नु छैनन्, धेरै घर बाढीले बगायो, बाढीले क्षति पुर्याएका घर पनि भत्किरहेका छन्, अहिलेसम्म मानवीय क्षति भएको पाइएको छैन, भौतिक क्षतिको त धेरै भएको छ, अहिले भर्खरै मूल्यांकन गर्न सक्ने अवस्था छैन, बाढीपीडितलाई अहिले अग्लो स्थानमा सुरक्षितरूपमा राखेका छौं,’ अध्यक्ष गुरुङले भने, ‘यहाँ धेरै कामदार पनि बस्थे, उनीहरूलाई घरपझोङ गाउँपालिकाले खाना बस्नको व्यवस्था गर्ने गरी जोमसोम सारिएको छ ।’

बाढी कागखोलाको सहायक तिरीखोलामा पहिरो आएर थुनिएको आकलन गरिएको छ । मुक्तिनाथबाट सुरु हुने कागखोला कागबेनीमा आएर कालीगण्डकीमा मिसिन्छ । बाढीले पोल बगाउँदा विद्युत् अवरुद्ध भएको सहायक जिल्ला अधिकारी चन्द्रकान्ता बस्नेतले जानकारी दिए । खानेपानीको पाइपलाइन पनि बगाउँदा खानेपानी अभाव भएको उनको भनाइ छ । विद्युत् र खानेपानी सञ्चालनका लागि काम सुरु भएको उन बताउँछन् ।

बाढीले पुल बगाउँदा उपल्लो मुस्ताङसम्मको यातायात ठप्प छ भने मान्छे हिँड्नका लागि अस्थायी काठको पुल निर्माण गरिएको उनले जानकारी दिए । अहिले बाढी रोकिए पनि स्थानीय त्रसित छन् । वर्षा रोकिएको भए पनि कागबेनीवासी कागखोला हेर्दै झस्किने गरेका छन् । प्रशासनले तटीय क्षेत्रका बस्तीलाई सजगता अपनाउन आग्रह गरेको छ ।

-रासस
 


प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ०७:३१
#कागबेनी_बाढी
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोशीलगायतका चार प्रदेशमा सामान्य वर्षा हुने, अन्यत्र कस्तो रहला आजको मौसम?
कोशीलगायतका चार प्रदेशमा सामान्य वर्षा हुने, अन्यत्र कस्तो रहला आजको मौसम? शनिबार, भदौ २७, २०८३
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त शुक्रबार, भदौ २६, २०८३
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण शुक्रबार, भदौ २६, २०८३
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने शुक्रबार, भदौ २६, २०८३
आजको खबर
आजको खबर शुक्रबार, भदौ २६, २०८३
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा शुक्रबार, भदौ २६, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP