Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
समाचार
  • Home
  • समाचार
  • जग्गा कित्ताकाटमा सरकार थप लचक 
जग्गा कित्ताकाटमा सरकार थप लचक 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन ३१, २०८०

 

  • प्लानिङ पर्मिट लिएका, अंशबण्डा, अंशभर्पाइ र मोहीको बाँडफाँटको विषयमा गरेको कडाइ हटाइयो
  • जग्गा वर्गीकरणका लागि स्थानीय तहलाई थप अधिकार प्रत्यायोजन
  • गत वैशाखमै मन्त्रिपयरिषद्ले नियमावली संशोधन गरी कित्ताकाट खुला गर्ने निर्णय गरेकोमा यसअघि ५ साउनमै नियमावली संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको थियो 

काठमाडौं– मन्दीले खुम्चिएको घरजग्गा कारोबारलाई चलायमान बनाउने गरी सरकारले जग्गाको कित्ताकाट खुलाएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

‘कित्ताकाट, नामसारीलगायतका जग्गासम्बन्धी हालसम्म रोकिएका सबै कामलाई फुकाउने गरी भूउपयोग नियमावली क्याबिनेटले पास गरेको छ,’ मन्त्री ज्वालाले भने । योसँगै जग्गा कित्ताकाटबारे जनताले भोग्नुपरेको झमेला अबका दिनदेखि समाधान हुने मन्त्री ज्वालाको भनाइ छ ।

के भयो संशोधन ?
सरकारले प्लानिङ पर्मिट लिएका, अंशबण्डा, अंशभर्पाइ र मोहीको बाँडफाँटको विषयमा गरेको कडाइ हटाएको छ । अब प्लानिङ पर्मिट लिएकाहरुले साढे दुई आनामै जग्गा कित्ताकाट गर्न पाउनेछ । यसअघि यस्तो जग्गालाई न्यूनतम चार आना एक दामभन्दा कम क्षेत्रफलमा कित्ताकाट गर्न रोक लगाइएको थियो ।

Hardik health

प्लानिङ पर्मिट नलिई व्यक्तिगत तहमा हुने गरेका कित्ताकाटमा भने न्यूनतम चार आना एक दामकै प्रावधान यथावत् राखिएको छ । अंशबण्डा, अंश भर्पाइ र मोहीको बाँडफाँट गर्नुपर्ने विषयमा पनि न्यूनतम चार आना एक दाम क्षेत्रफलमा कित्ताकाट गर्नुपर्ने प्रावधान संशोधित नियमावलीमा हटाइएको छ । अब यो प्रयोजनमा कित्ताकाट गर्नुपरे साढे दुई आनामै जग्गा टुक्राउन पाइनेछ ।

मन्त्रिपरिषद्ले जग्गा वर्गीकरणका लागि स्थानीय तहलाई थप अधिकार प्रत्यायोजन गरेको छ । यद्यपि यसका लागि दुई वर्षको समय दिने निर्णय भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले बताइन् । यसअघि जम्मा छ महिना दिइएको थियो । त्यो अवधिमा जम्मा १६० पालिकाले मात्र वर्गीकरण गरेका थिए । जग्गा वर्गीकरण गर्न आवश्यक प्राविधिक ज्ञान तथा जनशक्तिको अभाव देखिएकाले समय थप गरेको मन्त्री श्रेष्ठले बताइन् । 

वर्गीकरण गरेर छुट्याएको जग्गामा कृषिका लागि एउटा, आवास र व्यावसायिकमा अर्को मापदण्डको व्यवस्था हुनेगरी नियमावली संशोधन भएको बताइएको छ । यसअघि भूउपयोग नियमावलीमा जमिनलाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्‍विक महत्‍वको क्षेत्र र सरकारले तोकेको अन्य क्षेत्र भनेर वर्गीकरण गर्नसक्ने व्यवस्था भएको थियो । सोही नियमावलीमा सरकारले कृषि र गैरकृषि जमिन नछुट्याई निश्चित वर्गीकरण नभएका जग्गाको कित्ताकाट नहुने व्यवस्था गरेको थियो । यो व्यवस्थापछि मुलुकभरको जग्गाको कित्ताकाट प्रभावित बनेको थियो ।

कित्ताकाटको निर्णयमा ढिलाइ
जग्गाको कित्ताकाटबारे निर्णय गर्न सरकारलाई निक्कै गाह्रो परेको एक मन्त्रीले बताए । ‘कहिले कानुन मन्त्रालय पुग्ने कहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पुग्ने, प्रधानमन्त्रीसमेत यसो हुँदो चकित पर्नुभएको थियो,’ ती मन्त्रीले भने । यसबारे व्यवसायीले सरकारलाई पटक–पटक भेटेर दबाबसमेत दिएका थिए । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल पनि कित्ताकाट तत्काल खोल्नुपर्ने पक्षमा पुगेको ती मन्त्री बताउँछन् । 

गत वैशाखमै मन्त्रिपरिषद्ले नियमावली संशोधन गरी कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो । तर, त्यतिबेला जग्गा वर्गीकरणका विषयमा अस्पष्टता कायमै रहेपछि कार्यान्वयनमा आउन सकेन । त्यसपछि कानुन मन्त्रालय पु¥याएर नियमावली पुन संशोधन गरेको हो ।यसअघि ५ साउनमै नियमावली संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको थियो ।
 


प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ०७:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दुई करोड मूल्य बराबरको सुन्तला बिक्री
दुई करोड मूल्य बराबरको सुन्तला बिक्री बिहीबार, माघ २२, २०८२
चार करोड मूल्य बराबरको धान खरिद
चार करोड मूल्य बराबरको धान खरिद सोमबार, माघ १९, २०८२
ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र
ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र सोमबार, माघ १९, २०८२
मुग्लिन-मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र
मुग्लिन-मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र आइतबार, माघ १८, २०८२
आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड
आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड आइतबार, माघ १८, २०८२
पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल
पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल शुक्रबार, माघ १६, २०८२
हिमपातले अवरुद्ध कागबेनी-मुक्तिनाथ सडक सञ्चालन
हिमपातले अवरुद्ध कागबेनी-मुक्तिनाथ सडक सञ्चालन शुक्रबार, माघ १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP