Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • राष्ट्रवादी शक्तिहरु संगठित हुनुपर्ने समय
राष्ट्रवादी शक्तिहरु संगठित हुनुपर्ने समय
निरञ्जन थापा
निरञ्जन थापा शुक्रबार, साउन २६, २०८०

देशमा विद्यमान समस्याहरु बेरोजगारी, महँगी, भ्रष्टाचार, बेथिति, विसंगतिको अन्त्य यो व्यवस्थाबाट हुने देखिँदैन । जनताले आशा गरेका कुराहरु मौलिक हक अधिकार, स्वास्थ्य, शिक्षाजस्ता कुराहरु पनि केवल नारामा मात्र सीमित देखियो । केही वैकल्पिक शक्ति भन्नेहरु पनि देखियो । तर वास्तवमा उनीहरु पनि देशको यही अवस्थामा रहे जनता र देशको अवस्था बदल्न नसक्ने छाँटकाट देखिएन । यसर्थ, यदि साँच्चै नेपालको अवस्था बदल्ने हो भने, देश र जनताको उन्नति गर्ने हो भने, हामी सबैले माटो सुहाउँदो लोकतान्त्रिक विधि, पद्धतिहरु अँगाल्नुपर्छ ।

यतिबेला मुलुक विकराल अवस्थामा छ । दिनदिनै जसो विभिन्न काण्डहरु उजागार हँुदै छन् । देशका मसिया भनिएका नेता र तिनका कार्यकर्ताहरु भ्रष्टाचार, बेथिति, विसंगतितिर उन्मुख हुँदै छन् । यी घटनाक्रमहरुले मुलुकलाई गम्भीर दुर्घटनातिर लैजाने संकेत देखिँदै छ । यसकारण अब यो व्यवस्थाले देश र जनताको हित हुन सक्दैन । यी घटनाक्रमहरुले पनि यस्तै देखाइरहेका छन् ।

ललिता निवास प्रकरण मलाई लाग्छ यो गणतन्त्रले नेपाली जनतालाई दिएको एउटा उपहार हो । देशलाई सिंगापुर, स्वीट्जरल्याण्ड बनाउँछु भन्ने दल र तिनका नेताहरुले आज हाम्रो नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर देशकै अन्तर्राष्ट्रिय रुपमा बेइजत गरिरहेका छन् । भूमिहीनलाई जग्गा दिलाउँछु भन्ने गणतन्त्रका ठेकेदारहरुले आफ्नो व्यक्तिगत स्वार्थका लागि ललिता निवासजस्ता काण्डहरु घटाइरहेका छन् ।

देशका निवर्तमान प्रधानमन्त्री, गृहमन्त्रीजस्ता जनताले विश्वास गरेका पात्रहरु नै यस्ता काण्डका योजनाकार रहेको देखिन आएको हुँदा जनता र देशले निकास पाउनेभन्दा पनि राजनीतिक दल र तिनका नेताहरुको स्वार्थपूर्तिका निम्ति यो व्यवस्था आएको पुष्टि हुन्छ । तसर्थ, ललिता निवास र नक्कली भुटानी शरणार्थी प्रकरणलाई अब जनताले गम्भीरतापूर्वक लिनुपर्छ । र, हामी सबै जागृत भएर यो व्यवस्थाविरुद्ध आन्दोलन गर्नुको विकल्प देखिँदैन ।

Hardik health

अनेकौं काण्डहरुकाबीच अहिले सुन काण्डमा पनि विभिन्न दलका नेताहरुको नाम मुछिएका छन् । कुनै सामान्य व्यक्तिले गर्न सक्ने सुन काण्ड होइन । सामान्य व्यक्तिले अर्बौंको सुन ल्याउनै सक्दैनन् । तसर्थ, यो सुन काण्डमा पनि राजनीतिक दलकै नेता प्रमुख जिम्मेवार देखिएका छन् । यो सुन काण्डको पनि गम्भीररुपमा छानविन गर्नुपर्छ । पहिलेजस्तै सुनकाण्डलाई अहिले पनि सामसुम पार्नु हुन्न । हालै प्रधानमन्त्रीले पनि विभिन्न मिडियामार्फत छानविन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृहमन्त्रीले पनि प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नै पार्टीका नेता कार्यकर्ता भए पनि उनीहरुलाई कारबाही गरेर देखाउन सक्नुपर्छ ।

राप्रपा यतिबेला नवीन राप्रपा अभियान लिएर अघि बढिरहेको छ । जसअनुुसार हामीले नयाँ युवा पुस्तालाई पार्टीमा जोड्ने, भित्र्याउने, ३३ प्रतिशत महिलालाई पार्टीका तल्ला निकायदेखि नै सक्रिय बनाउने, संगठन गठन, पुनःगठन गर्ने, साथै, हाम्रा एजेण्डाहरु सनातन हिन्दूराज्य, राजसंस्था, भ्रष्टाचारविरोधी कार्यक्रमहरु लिएर जनतामा जाने र जनतालाई जागृत गर्दै यो व्यवस्था विरोधी आन्दोलन गर्ने मार्गमा अघि बढिरहेको छ राप्रपा ।

राप्रपाको एजेण्डाका महŒव, यसको भूमिकाहरु वडा तहका कार्यकर्ता, जिल्ला क्षेत्र, नगरका नेतृत्वहरुलाई प्रतिक्षित गर्दै आमजनतामा स्थापित हुने मार्गमा राप्रपा अघि बढिरहेको छ । प्रमुख दलका विगतका मार्गचित्र गलत छ, यही अवस्थामा, यही व्यवस्थामा रहिरहने हो भने देशको उन्नति, प्रगति हुनेभन्दा पनि देश गम्भीर दुर्घटनातिर लम्किनेछ ।

नेपालमा विभिन्न राजनीतिक दल छन् । कसैले माओ मान्छन्, कसैले स्टालिन मान्छन, कसैले गान्धी, मण्डेला मान्छन् तर राप्रपा मात्र यस्तो राष्ट्रवादी पार्टी हो, जसले राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई आफ्नो आदर्श मानेर देश र जनताको हित गर्नुपर्छ भनेर लागिरहेको छ । राप्रपाले जनतालाई यही र यस्ता कुरा बुझाउन ‘नवीन राप्रपा’ अभियान सञ्चालन गरिरहेको हो ।

त्यसो त विश्वमा धेरै देशहरुमा अहिले पनि राजसंस्था छ । ती देशहरुले उन्नति प्रगति गरिरहेका छन् । बेलायतमा महारानीको स्वर्गवास हुँदा हाम्रो देशका नेताहरु लाइन लागेर समवेदना व्यक्त गर्न जान्छन् तर आफ्नै देशमा रहेको राजसंस्थालाई अन्त्य ग¥यौं भनेर गर्व गर्छन् । विश्वमा रहेका राजसंस्था मान्नेहरुलाई पनि हामीले गिज्याइरहेका छौं । आयातीत तन्त्र र वादको नाममा राजसंस्थालाई पाखा लगाएर, विदेशी प्रायोजनमा नेपालका गणतान्त्रिक नेताहरु रमाइरहेका छन् । जनतालाई धोका दिएर, भ्रमको खेती गरेर आज आफैं राजा बनेर आमजनतामाथि शासन गरिरहेका छन् ।

अहिले हाम्रो देशमा राजसंस्थाको महŒव पनि आमजनताले महसुस गरिरहेका छन् । वास्तवमा नेपालको राजसंस्था विकासको बाधक होइन रहेछ र जनताको सुख दुःखको साथी रहेछ भन्ने कुरा जनताले बोध गरेकै कारण पूर्वराजा ज्ञानेन्द्रले आफ्नो सक्रियता बढाइरहेका छन् । राजसंस्था भनेको राष्ट्रिय एकताको प्रतीक हो । पूर्व मेचीदेखि पश्चिम महाकालीका जनतालाई महसुस भएको कुराको दायित्वबोध गरी उनी सक्रिय भएर जनतामाझ गएका छन् । कतिपय दल र तिनका नेता कार्यकर्ताले पूर्वराजा सक्रिय भएकोमा खुसी व्यक्त गरिरहेका छन् ।

पूर्वराजा सक्रिय हुनेबित्तिकै विदेशी आयातीत तन्त्र र वाद मान्ने र विदेशी प्रायोजित मान्छेहरु रिसाउनु स्वाभाविकै हो । हिजो २०६२÷६३ मा जुन प्रतिबद्धता गरेर आन्दोलन गरिएको थियो, सो अनुरुप राजनीतिक दलहरुले प्रतिबद्धता पूरा नगरेपछि केवल राजसंस्थालाई आरोप–प्रत्यारोप गरेर सत्ताको फोहोरी खेलमा लागेपछि स्वयं स्वःस्फूर्त आमजनताले पूर्वराजाको सक्रियता चाहेका हुन् ।

पूर्वराजाका यस्ता गतिविधिबाट जनतासँग प्रत्यक्ष भेटघाटबाट भोलि यो व्यवस्था ढल्न सक्ने, आफ्ना दलको नेताहरुको स्वार्थपूर्ति नहुने भएकाले त्यस्ता राजनीतिक दल र नेताहरुले असन्तुष्टि जनाएका हुन् । पूर्वराजा नागरिक भएर आफ्नो देश घुम्न पाउनु र जनतासँग प्रत्यक्ष संलग्न भएर हिँड्नु उनको पनि संवैधानिक अधिकार हो । यो अधिकारलाई कुनै व्यवस्था, राजनीतिक दल वा नेताहरुले अंकुश लगाउनु भोलि उनीहरुकै लागि दुर्भाग्य हुनेछ ।

महँगी, कालोबजारी, भ्रष्टाचार, तस्करीजस्ता विकृतिहरु विगतमाभन्दा अहिले हाम्रो देशमा मौलाउँदै गएको छ । देशमा विधिको शासन स्थापना गर्न, कालोबजारी, महँगी नियन्त्रण गर्न, सरकार, राजनीतिक पार्टी र तिनका नेता कार्यकर्ताहरुले यो विषयलाई महŒव दिएको पाइँदैन । आमजनताले दैनिक जीवनयापन गर्न निकै कष्ट भोग्नु परिरहेको छ ।

जनताको हक अधिकारका लागि लड्नेभन्दा पनि अनेकौं काण्ड बाहिरिँदा दलहरु मिलेर आफ्ना मान्छेलाई कसरी बचाउने भन्ने बैठक बस्छन् तर महँगी, कालोबजारी र भ्रष्टाचार कसरी नियन्त्रण गर्ने, आमजनतालाई कसरी सहज र सुलभ दैनिक जीवनयापन गर्न सजिलो बनाउने भन्ने उनीहरु कल्पनासमेत गर्दैनन् । नेपालको तरकारी, फलफूल, खाद्यन्न र अन्य औद्योगिक सामग्री उत्पादन गरेर सर्वसुलभ ढंगबाट जनतामा लानेभन्दा पनि कमिसन खाएर विचौलियामार्फत देशमा आयातीत सामग्रीहरु ल्याउने कारणले गर्दा पनि महँगी नियन्त्रण नभएको देखिन्छ ।

देशमा विद्यमान समस्याहरु बेरोजगारी, महँगी, भ्रष्टाचार, बेथिति, विसंगतिको अन्त्य यो व्यवस्थाबाट हुने देखिँदैन । जनताले आशा गरेका कुराहरु मौलिक हक अधिकार, स्वास्थ्य, शिक्षाजस्ता कुराहरु पनि केवल नारामा मात्र सीमित देखियो । केही वैकल्पिक शक्ति भन्नेहरु पनि देखियो । तर वास्तवमा उनीहरु पनि देशको यही अवस्थामा रहे जनता र देशको अवस्था बदल्न नसक्ने छाँटकाट देखिएन । यसर्थ, यदि साँच्चै नेपालको अवस्था बदल्ने हो भने, देश र जनताको उन्नति गर्ने हो भने, हामी सबैले माटो सुहाउँदो लोकतान्त्रिक विधि, पद्धतिहरु अँगाल्नुपर्छ ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई आदर्श मानेर सनातन हिन्दू राज्यलाई पुनःस्थापना गर्दै राजसंस्थाको पनि पुनःस्थापना गर्दै हाम्रो पुर्खाको वीरता र भावी सन्ततिको भविष्यलाई हामीले सुनिश्चित गर्नुपर्छ । नेपालको शक्तिको स्रोत भनेका नै आमजनता हुन् । यही आमजनतालाई जागृत गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो एजेण्डा जनतामा स्थापित गर्नुपर्छ ।
 


प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०७:१७
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP