Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
समाचार
  • Home
  • समाचार
  • कीर्तिमानी आरोही हरिलाले गरिन् ‘सन्‍यास न्न्यास’को घोषणा
कीर्तिमानी आरोही हरिलाले गरिन् ‘सन्‍यास न्न्यास’को घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन २१, २०८०

काठमाडौं -  कीर्तिमानी आरोही नर्वेकी क्रिस्टिन हरिला (३७ वर्षे)ले  ‘सन्न्यास’ को घोषणा गरेकी छन्  । प्रशंसक र सञ्चारकर्मीलाई साक्षी राख्दै पाकिस्तानमा रहेको ‘माउण्ट केटु’को सफल आरोहणसँगै  ‘सन्न्यास’को घोषणा गरेकी हुन्  ।

 गत साता विश्वको दोस्रो अग्लो हिमाल माउण्ट केटुको आरोहणसँगै हरिला र शेर्पा गाइड तेन्जिन शेर्पाले कम समयमा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको कीर्तिमान कायम गरेका थिए । यसअघि यो कीर्तिमान निर्मल पूर्जाका नाममा थियो । पूर्जाले सन् २०१९ मा छ महिना छ दिनमा उक्त कीर्तिमान कायम गरेका थिए ।

सन्न्यास घोषणाका क्रममा हरिलाको बोलीमा नेपाल र नेपालीप्रतिको सम्मान र माया प्रष्ट झल्कन्थ्यो । शनिबार विहान पाकिस्तानबाट कतार एयरलाइन्सको विमानमार्फत काठमाडौँ ओर्लेका हरिला र शेर्पालगायत आरोहीलाई प्रंशसकहरुले भव्य स्वागत गरेका थिए । उनीहरुलाई बाजासहित विमानस्थलबाट चावहिल र लैनचौर हुँदै भृकुटिमण्डपसम्म नगरपरिक्रमा गराइएको थियो ।

“केही समयका लागि म आठ हजार मिटर अग्लो हिमाल चढ्न पनि सक्छु भन्ने पनि लाग्दैछ तर मैले मेरो काम पूरा गरिसकेकी छु”, नेपाल पर्वतारोहण सङ्घले गरेको सम्मान कार्यक्रममा उनले भनिन्, “सन्न्यासपछिको जीवन परिवारसँग बिताउने र नेपाल आइरहने बाचा गर्छु ।” 

Ncell
Hardik health

आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरी कीर्तिमान कायम गर्ने उनको अभियान गत अप्रिलमा चीनको सिसापाङ्गमा हिमाल आरोहणसँगै सुरु भएको थियो । उक्त लक्ष्य ९२औँ दिनमा माउण्ट केटुको आरोहणसँगै पूरा भएको छ । 

बयानब्बे दिनमै १४ वटा हिमाल चढ्न कति सहज भयो त ? सञ्चारकर्मीको जिज्ञाशामा हरिलाले भनिन्, “हिमाल आरोहण सहज वा गाह्रो कस्तो हुन्छ भन्ने त्यहाँको मौसम र परिस्थितिले निर्धारण गर्छ, गत वर्ष हिमाल आरोहण सहज थियो भने यसवर्ष भने बाक्लो हिउँ परेकाले केही अप्ठ्यारो पनि भयो ।”

 हरिला र शेर्पाले प्राप्त गरेको सफलता पहिलो प्रयासमै प्राप्त भएको भने होइन । सन् २०२२ को अप्रिलमा पहिलो पटक कीर्तिमानका लागि प्रयास गर्नुभए पनि कोरोना भाइरसको महामारीलगायतले सफल हुन सकेको थिएन । पहिलो प्रयासमा १४ मध्ये १२ हिमाल मात्रै आरोहण गरेका थिए । हरिलाको हिमाल आरोहणको यात्रा सन् २०१५ देखि सुरु भएको थियो । 

हरिला र शेर्पाको यो कीर्तिमानी आरोहणका पछाडि मुख्य भूमिका भने ‘सेभेन समिट ट्रेक्स’ले गरेको थियो । पर्वतारोहणमा अग्रणी यस कम्पनीका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले विश्वमा नेपालको पर्वतीय पर्यटनको प्रबद्र्धनमा शेर्पा समुदायको विशेष योगदान रहेको चर्चा गर्दै सरकारले पनि विशेष सहयोग गर्नुपर्नेमा जोड दिइन् ।

सम्मान ग्रहण गर्दै उनले आफ्नो सफलतामा साथ र हौसला दिने नेपाली सहहृदयी नागरिकप्रति विशेष धन्यवाद समेत दिइन्। उनले नेपाल र हिमालप्रतिको माया निकै रहेको भन्दै आगामी दिनमा विभिन्न सामाजिक काममा क्रियाशील हुने बताइन् । 

“मलाई नेपाल र यहाँका जनताहरु असाध्यै मनपर्छ, हिमाल आरोहणको सपना पूरा गर्न साथ दिनुभएकोमा विशेष धन्यवाद दिन चाहन्छु”, उनले भनिन्, “म फेरि पनि नेपाल आइरहन्छु नेपालका लागि केही गर्न चाहन्छु ।”

क्रिस्टिनसँगै कीर्तिमानी नेपाली आरोही तेन्जिन (लामा) शेर्पाले नेपालको गौरव बढाउनसकेकोमा आफू कृतज्ञ भएको बताए । क्रिष्टिन र तेन्जिनले सेभेन समिट ट्रेक्स कम्पनीमार्फत आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको आरोहण तीन महिनामा पूरा गरेका हुन् । 

हरिला र शेर्पाले सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, धौलागिरि, अन्नपूर्ण, मनास्लु, चो ओयु, सिसपाङ्गमा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरी कीर्तिमान कायम गरेका हुन् । 

शनिबारको सम्मान कार्यक्रममा १७ वर्षको उमेरमा सगरमाथा र केटु हिमाल आरोहण गरी कान्छो आरोहीको कीर्तिमान बनाउने निमा रिन्जी शेर्पालाई पसिन पदक र कदरपत्र प्रदान गरिएको थियो । साथै सो अवसरमा केटु हिमाल आरोहण गर्ने एकै परिवारका चार आरोहीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा पर्यटन विभागका निर्देशक राकेश गुरुङले मुलुकको पर्वतीय पर्यटनको विकासका लागि सबै सरोकारवाला साझेदारिताका साथ अघि बढ्नुपर्नेमा जोड दिए । उनले पर्वतीय पर्यटनलगायत पर्यटनका विधामा दिगो पर्यटन प्रवर्द्धनका लागि विभागले सहकार्य गर्ने बताए । 

नेपाल पर्वतरोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले नेपालको सान र गौरव बढाउन आरोहीको महत्वपूर्ण भूमिका रहेको भन्दै उनीहरुलाई राज्यले सम्मान गर्नुपर्ने बताए सङ्घका पूर्वअध्यक्ष आङ्छिरिङ शेर्पाले आरोहीको कीर्तिमानले विश्वभर नेपालको पर्यवतीय पर्यटन  प्रबर्द्धनमा मद्दत पुगेको बताए।

ेसङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले पर्यटन क्षेत्रको विकासमा सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर लैजानुपर्नेमा जोड दिए । साथै मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दी छिरिङ शेर्पाले पर्यटन क्षेत्रको विकासका लागि सङ्घीय सरकारले लगानी बढाउन माग गरे र 


प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ०७:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने शुक्रबार, भदौ २६, २०८३
सुनसान छन् सौराहाका होटल :पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
सुनसान छन् सौराहाका होटल :पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? बुधबार, भदौ २४, २०८३
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या मंगलबार, भदौ २३, २०८३
नारेश्वर तालः पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा
नारेश्वर तालः पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा सोमबार, भदौ २२, २०८३
भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म
भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म मंगलबार, भदौ ९, २०८३
आहा, यस्तो पो झरना !
आहा, यस्तो पो झरना ! मंगलबार, भदौ ९, २०८३
पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव
पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव सोमबार, भदौ ८, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP