Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
कृषि
  • Home
  • कृषि
  • कोदो दिवस २०८० मनाइयो
कोदो दिवस २०८० मनाइयो
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन १६, २०८०

काभ्रे– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ स्थित कालिकास्थानमा कोदो रोपेर कोदो दिवस २०८० मनाइएको छ । ‘कोदोका बहारः दिगो, पौष्टिक र स्वादिष्ट आहार’ भन्ने नाराका साथ मण्डनदेउपुरस्थित स्थानीय मिलन महिला कृषक समूह र राष्ट्रिय कृषक समूह महासङ्घ नेपालको संयुक्त आयोजना तथा मण्डनदेउपुर नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन र केयर नेपालको सहकार्यमा सोमबार तेस्रो ‘कोदो दिवस २०८०’ मनाएको हो ।

कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका सदस्य विष्णुमाया ओझाले कोदोको महत्व सबैलाई बुझाएर कृषि उत्पादनलाई थप व्यवस्थित गर्न र कृषि ऐन बनाएर अगाडि बढ्न आवश्यक रहेको बताए । स्वास्थ्यसँग सम्बन्धित भएको र यसको महत्व धेरै रहेकाले उत्पादन गर्ने कृषकलाई पनि यसको महत्वका बारेमा बुझाउन आवश्यक रहेकामा उनले जोड दिए। “उत्पादन गरेको कोदोलाई खपत गर्न थालेनाँै भने पनि यसको उत्पादनमा ध्यान नदिइने भएकाले त्यसको खपतका लागि स्थानीय सरकारले अभियान थालनी गर्नुपर्ने हुन्छ”, सदस्य ओझाले भने, “यसको प्रचारप्रसारका लागि सबैजना लाग्यौँ भने सम्भव छ ।” सो क्रममा उनले कृषिमा परनिर्भर मात्रै भएर बस्ने नभई यसलाई व्यावसायिकरुपमा अगाडि बढाउन सके निर्यातसमेत गर्न सकिने सम्भावना रहेकाले युवाहरुलाई कोदो उत्पादनमा जोड दिन आग्रह गरे ।

नगरप्रमुख टोकबहादुर वाइबाले कृषिमा आधारित नगरपालिका भएकाले कृषिलाई प्राथमिकता दिँदै व्यवहारमा पनि लागू गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताए । सबैजसो ठाउँमा फल्ने बाली कोदो भएको र यो बहुउपयोगी पनि भएकाले कोदोलाई लोप हुन नदिन सबैको हातेमालो आवश्यक रहेकामा उनले जोड दिए ।

Ncell
Hardik health

कृषि विभागका महानिर्देशक डा हरिबहादुर केसीले सरकार कृषि ऐन बनाउने तयारीमा रहेको बताउँदै रैथाने बालीहरुलाई निश्चित पकेट क्षेत्रबनाउन  कानुनमै व्यवस्था गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।  उनले बजेट बनाउन र कार्यक्रम बनाउन सहज हुने भएकाले छोड्दै गएको कोदो बालीको खेतीलाई बढावा दिन कृषकहरुलाई नै जागरुक गराउनु पर्नेमा जोड दिए । राष्ट्रिय कृषि नीति पनि परिमार्जनको अन्तिम चरणमा पुगेको उल्लेख गर्दै महानिर्देशक कार्कीले रैथाने बाली र जलवायुमैत्री प्रविधिलाई प्राथमिकतामा राखिएको र यसमा सङ्घ, प्रदेश र स्थानीय सरकारलाई पनि जोडेर अगाडि पर्नुपर्नेमा जोड दिए ।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका डा रामकृष्ण श्रेष्ठले कोदोको विविध परिकार बनाएर उपयोगिताको माध्यम बनाउन सके बालबालिकादेखि सबैको उपयोगी खाद्य वस्तुका रुपमा विकास गर्न सकिने बताए। पालिकाहरुसँग मिलेर रैथाने बाली संरक्षण अभियानमा लागिएकोे उल्लेख गर्दै उनले गत आर्थिक वर्षमा एक सय ३३ पालिकामा अनुदान प्रदान गरी  रैथाने बाली प्रवद्र्धनमा लागिएको र यस आर्थिक वर्षदेखि  एक सय ६७ पालिकामा पुग्ने तयारीमा रहेको उल्लेख गरे ।  

राष्ट्रिय कृषक समूह महासङ्घ नेपालका अध्यक्ष नवराज बस्नेतले किसानको प्रमुख भोजनका रुपमा चिनिएको कोदो लोप हुँदै गएको अवस्थामा यसको महत्व बुझाएर उत्पादनमा जोड दिन र प्रचार गर्न २०७८ सालदेखि  कोदो दिवस मनाउन थालिएको बताए । पहिलो कोदो दिवस २०७८ मा काठमाडौँमा, दोस्रो पटक मकवानपुरको भीमफेदी गाउँपालिकामा र तेस्रो काभ्रेपलाञ्चोकको मण्डनदेउपुरमा मनाइएको उनले बताए ।

कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद दवाडीले विद्यालयका खाजा कार्यक्रममा कोदोजन्य रैथाने बालीको परिकारलाई बजारीकरण गर्न स्थानीय सरकार लाग्न आवश्यक रहेको बताए ।

कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय खाद्य र कृषि सङ्गठनका अर्जुन थापा, केयर नेपालका प्रकाश सुवेदी र अनाज नेपालका अध्यक्ष करिण आचार्यलगायतले कोदोको महत्व, संरक्षण र विकासका बारेमा आ–आफ्नो धारणा व्यक्त गरेको थियो । सो क्रममा मिलन महिला कृषक समूहका अध्यक्ष सुन्तली रोक्काको बारीमा सहभागीहरुले कोदो रोपेर सो दिवस मनाएका थिए । महासङ्घले यसलाई तीन वर्षदेखि दिवसका रुपमा अभियान अगाडि बढाउँदै आएको छ ।


प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १६:३६
प्रतिक्रिया दिनुहोस्
थप कृषि
मूल बीउका लागि कोदोखेती
मूल बीउका लागि कोदोखेती मंगलबार, साउन २६, २०८३
अलैँची रोप्न व्यस्त इलामका किसान
अलैँची रोप्न व्यस्त इलामका किसान मंगलबार, साउन २६, २०८३
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न मंगलबार, साउन १९, २०८३
मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज
मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज मंगलबार, साउन १२, २०८३
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
आँपको उत्पादन बढ्यो, घटेन मूल्य सोमबार, साउन ११, २०८३
प्रांगारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको दैलोमा
प्रांगारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको दैलोमा आइतबार, साउन १०, २०८३
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
कोशीमा ७४ प्रतिशत धान रोपाइँ बिहीबार, साउन ७, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP