Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #भारत–पाकिस्तान
  • #ओभरपास
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #हुलाकी_राजमार्ग
  • #सेयर_बजार
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोरियाबाट फर्केर मेवा खेतीमा रमाउँदै जनकलाल
कोरियाबाट फर्केर मेवा खेतीमा रमाउँदै जनकलाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन १५, २०८०
RBB RBB

काठमाडौं– कोरियाबाट फर्केका रामेछापका एक युवाले गाउँमा नै  मेवा खेतीबाट लाखौँ रुपैयाँ कमाउन सुरु गरेका छन्। उनले आफ्नो व्यवसायमा थप दुई जनालाई रोजगारीसमेत दिएको छ।
    
रामेछापको खाँडादेवी गाउँपालिकास्थित वडा नं ८ गागलका जनकलाल तामाङले मेवा खेतीबाटै मनग्य आम्दानी लिइरहेका छन् ।  उनको मेवा खेतीले यसवेला जिल्लामा निकै चर्चा कमाइरहेको छ । उनले आफ्नो मेवा फार्ममा पुग्नेलाई प्रतिकेजी रु ५० देखि ६० सम्ममा बिक्री गर्ने गरेका छन्।  बजारमा मेवाको मूल्य प्रतिकेजी रु एक सयभन्दा माथि नै रहेको छ ।  
 
व्यवसायी तामाङले भने, “ सात वर्ष कोरियामा मासिक रु दुई लाखभन्दा बढी तलबमा काम  गरेँ ।  कोरोना महामारीको असर परेपछि स्वदेश फर्किएँ ।  गाउँमै मेवा फार्म दर्ता गरेर घरमै बस्ने निधो गरेँ । मेवा लगाएँ डेढ दुई वर्ष भित्रनै उत्पादन दिन थाल्यो ।”

पर्याप्त मेवा उत्पादन हुन थालेपछि उनले  अहिले चकलेट र जुस बनाउने उद्योग समेत गाउँमै स्थापना गर्ने तयारी गरिरहेका छन्। “चाँडै काम भइदियो भने केही महिनामा उद्योग सञ्चालन गर्ने अवस्थामा पुग्छु”, उनले भने , “थकाइ मार्दिन, आफ्नै माटोमा केही गरेर देखाउँछु ।” 
उनले ३८ रोपनी जग्गामा मेवा खेती गरेका गरिरहेका छन् । दुई वर्षअघि लगाएका बिरुवाबाट राम्रो फल लागेपछि उनी अझ मेवा खेती विस्तारका लागि हौसिएका छन्। 

उनले भने , “मैले अरूको जग्गा भाडामा लिएर थप ३० रोपनी जग्गामा मेवा खेती गर्ने तयारी गरेको छु ।”  दुई वर्षअघि उनले पाँच हजार मेवाको बिरुवा लगाएका थिए । “विभिन्न रोग, किरालगायतको सङ्क्रमणले झण्डै एक हजार दुई सय बिरुवा खेर गएको उनले बताए । फार्ममा तीन हजार दुई सय बोट हुर्केका छन् । ” उनका अनुसार बिरुवा खरिददेखि हालसम्म प्रतिबोट रु आठ सय जति खर्च भएको छ ।  

उनको र्फममा एउटै मेवा पाँच केजीसम्मको फल्ने गरेको उनले बताए। एक पटक लगाएको बिरुवाले तीन वर्षसम्म राम्रो उत्पादन दिने पनि उनको अनुभव छ ।  
    
उनको बगैँचामा ताइवानी हाइब्रिड मेवा फस्टाएको छ । हावाहुरी, शित र रोगकिराका कारण हमेसा क्षति नहुने यस जातको मेवा बाँदरले समेत नरुचाएकाले यसैलाई उहाँले विस्तार गर्ने सोच बताए। मेवा खेतीमा रमाएका उनले हालसम्म राज्यका कुनै निकायमा अनुदानको लागि आवेदन गरेका छैन । सिँचाइ, कीटनाशक औषधि तथा विषादी, बजारीकरण, हार्वेस्टिङ कीट, मललगायतका सामग्री उनी आफैँले खरिद गर्ने गरेका छन् ।


प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १०:४५
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारी ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारी ठगी गर्ने तीन जना पक्राउ शुक्रबार, वैशाख २६, २०८२
विभागसमक्ष वैदेशिक रोजगार व्यवसायी संघको तीनबुँदे माग
विभागसमक्ष वैदेशिक रोजगार व्यवसायी संघको तीनबुँदे माग शुक्रबार, वैशाख २६, २०८२
वैदेशिक रोजगारीमा  ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ बिहीबार, वैशाख २५, २०८२
सबै व्यवसायीलाई साउदी आइडी उपलब्ध गराउन दूतावास सकारात्मक
सबै व्यवसायीलाई साउदी आइडी उपलब्ध गराउन दूतावास सकारात्मक बिहीबार, वैशाख २५, २०८२
‘सीपयुक्त जनशक्ति उत्पादन प्राथमिकतामा’ 
‘सीपयुक्त जनशक्ति उत्पादन प्राथमिकतामा’  बिहीबार, वैशाख २५, २०८२
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ बुधबार, वैशाख २४, २०८२
श्रममन्त्री भण्डारीको जवाफ– हल्लाको पछि नलाग्नू
श्रममन्त्री भण्डारीको जवाफ– हल्लाको पछि नलाग्नू बुधबार, वैशाख २४, २०८२
लोकप्रिय
  • Week
  • Month
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
स्वदेशमै रोजगार प्रवद्र्धन गर्न ‘श्रम संसार’ पोर्टल सञ्चालनमा
स्वदेशमै रोजगार प्रवद्र्धन गर्न ‘श्रम संसार’ पोर्टल सञ्चालनमा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
मलेसिया रोजगारीमा सिण्डिकेटको हल्ला
मलेसिया रोजगारीमा सिण्डिकेटको हल्ला
व्यवसायी संघकाे चुनाव नजिकिदै गर्दा  ५ जना निलम्बनमा 
व्यवसायी संघकाे चुनाव नजिकिदै गर्दा ५ जना निलम्बनमा 
तेमाल जात्राको ऐतिहासिक पाटो
तेमाल जात्राको ऐतिहासिक पाटो
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
तेमाल जात्रामा दुई दिन बिदा दिन माग
तेमाल जात्रामा दुई दिन बिदा दिन माग
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP