Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #नाफिज
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #आगाेलागी_घटना
Search Here
समाचार
  • Home
  • समाचार
  • मुख्यमन्त्री नियुक्ति असंवैधानिक ठहर, कोशीमा अर्को सरकार
मुख्यमन्त्री नियुक्ति असंवैधानिक ठहर, कोशीमा अर्को सरकार
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, साउन १२, २०८०
सर्वोच्च अदालत

काठमाडौं– सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्ति असंवैधानिक ठहर गरेसँगै कोशी प्रदेशमा एक साताभित्रमा फेरि सरकार गठन हुने भएको छ । गठन हुने सरकार संविधानको धारा १६८ को उपधारा (२) अनुसार हुनुपर्नेछ । 

यो उपधारा अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्य मुख्यमन्त्री हुनेछन् । उनलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्ने प्रावधान छ ।

२१ असारमा थापाले प्रदेश सभामुख बाबुराम गौतमसमेतको हस्ताक्षरले बहुमत पुगेको भन्दै पेस गरेको दाबीका आधारमा मुख्यमन्त्री नियुक्त भएका थिए । जतिबेला उनलाई उनको दल कांग्रेसका २९ जना, नेकपा माओवादी केन्द्रका सभामुख गौतमसहित १३ जना, नेकपा एकीकृत समाजवादीका चार जना र जनता समाजवादी पार्टीका एक जना गरी ४७ जनाको समर्थन गरेको थियो । 

सर्वोच्चले जे आदेश दिएको छ, त्यो मेरा लागि स्वीकार्य छ । मेरो त्यसमा कुनै विमति छैन । 
उद्धव थापा
पदमुक्त मुख्यमन्त्री

Hardik health

सोही दिन थापालाई मुख्यमन्त्री नियुक्त नगर्न माग गर्दै सर्वोच्चमा रिट परेको थियो । रिट निवेदक पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दल कोशी प्रदेशका नेता हिक्मतकुमार कार्की हुन् । तर, प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरे । २१औं दिनमा भने थापाको मुख्यमन्त्री नियुक्ति नै सर्वोच्चको पूर्णइजलासबाट असंवैधानिक ठहर भएको हो । यससँगै सर्वोच्चले नयाँ सरकारका लागि पुनः आह्वान गर्न प्रदेश प्रमुखलाई आदेश दिएको छ ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलले आदेशको पाठ सुनाउँदै ‘नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम अर्को सरकार गठन गर्ने विकल्प रहेसम्म सो विकल्प अपनाउनु वाञ्छनीय देखिएको र उक्त धाराबमोजिम नयाँ सरकार गठन गर्न मिल्ने नै अवस्था रहेको र जुन बिन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटि देखिएको हो सोही अवस्थाबाट संविधानसम्मत ढंगले प्रक्रिया अगाडि बढाउनु मनासिव देखिएको,’ बताए ।

पूर्ण इजलासमा न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठ थिए । उनीहरूले सरकार गठनका लागि सात दिनको अवधि तोकेका छन् । यससँगै फेरि, संयुक्त सरकार निर्माणको पहलमा गठबन्धन जुटेको छ । तर, सरकार गठन त्यति सहज छैन । किनभने सरकार गठनका लागि संसदीय अंकगणित अनुकूल छैन ।


९३ सदस्यीय प्रदेशसभामा अहिलेकै अवस्थामा गठबन्धनले बहुमत पुर्‍याउन सम्भव छैन । प्रदेशसभामा कांग्रेससँग २९, माओवादीसँग १२, एकीकृत समाजवादीसँग ४ र जनता समाजवादी पार्टीसँग एक सांसद अर्थात् ४६ जनामात्रै छ । माओवादीबाट सभामुख बाबुराम गौतम छन् । उनले सरकार निर्माण प्रक्रियामा सहभागी हुन नपाउने व्याख्या सर्वोच्चको छ । यसले गर्दा पनि गठबन्धनको सरकार यही संसदीय अंकगणितले गठन सम्भव छैन । 

सरकार गठनको क्रममा संविधान मिचिएको अवस्थालाई सर्वोच्च अदालतले सच्याएको छ ।
हिक्मतकुमार कार्की
पूर्वमुख्यमन्त्री

प्रदेश संसद्को मुख्य दल नेकपा एमाले र राप्रपालाई पनि सरकार गठनमा सहज छैन । यी दुई दलको मत चार दलीय गठबन्धनको समान (४६ जना) छ । सरकार गठन गर्न ४७ मत चाहिन्छ । कांग्रेस र एमाले नेतृत्वको दुवै गठबन्धनले स्पष्ट बहुमत पुर्‍याउने सम्भावना कम देखिएको छ । 

संविधानविद् डा. विपीन अधिकारीका अनुसार दुवै गठबन्धनले संविधानको धारा १६८ को (२) अनुसार सरकार गठन गर्न नसके (३) अनुसार गठन गर्नुपर्छ । यो उपधाराको आधारमा भने पूर्वमुख्यमन्त्री कार्की नै मुख्यमन्त्री हुनेछन् । किनभने यहाँ ‘प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान छ । 
त्यसरी नियुक्त मुख्यमन्त्रीले पनि ३० दिनभित्रमा विश्वासको मत लिनुपर्छ । संसद्मा विश्वासको मत नपाए स्वतः पदमुक्त हुन्छ । यसपछि सोही धाराको उपधारा (५) अनुसार विश्वासको मत पाउनसक्ने जो कोही सदस्य मुख्यमन्त्री हुन सक्छन् । तर, ३० दिनभित्र विश्वासको मत लिनैपर्छ । यदि, नलिएको अवस्थामा उपधारा (७) अनुसार चुनावी सरकार गठन हुन्छ । 


तर, यो अवस्थामा नपुर्‍याउने माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए । ‘हामी तत्काल मध्यावधि निर्वाचनमा जाने पक्षमा छैनौं । किनभने निर्वाचन भएको धेरै भएको छैन,’ उनले भने, ‘हुँदै नभए मिलिजुली सरकार पनि गठन गर्न सक्छौं ।’

आङ्बो गठबन्धनबाट अहिले पनि मुख्यमन्त्री बन्न चाहन्छन् । तर, थापालाई केन्द्रीय गठबन्धनले मुख्यमन्त्रीको रुपमा अघि सार्‍यो र मुख्यमन्त्री भइछाडे । यसपटक पनि कांग्रेसले मुख्यमन्त्री चाहेको छ ।

के छ प्रतिक्रिया ?
मुख्यमन्त्रीबाट स्वतः पदमुक्त भएका थापाले सर्वोच्चको फैसला विमति जनाउनुपर्ने नभएको बताएका छन् । उनले गठबन्धन फेरि सरकार बनाउने प्रयासमा जुट्ने पनि बताए ।‘सर्वोच्चको आदेशलाई मैले मान्नुपर्छ । सर्वोच्चले जे आदेश दिएको छ, त्यो मेरा लागि स्वीकार्य छ । मेरो त्यसमा कुनै विमति छैन । यो आदेशलाई स्वीकार गरेर हिँड्नुको विकल्प पनि छैन,’ थापाको भनाइ छ । 

थापालाई मुख्यमन्त्री नियुक्त नगर्न माग गर्ने पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्चप्रति धन्यवाद ज्ञापन गरेका छन् ।उनले सरकार गठनको क्रममा संविधान मिचिएको अवस्थालाई  सर्वोच्चले सच्याएको बताए ।प्रदेश सभामुख बाबुराम गौतमले पनि अदालतले आफूलाई सच्याएको टिप्पणी गरे ।

सभामुखको सीमा तोकियो 
सर्वोच्चका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्णइजलासले प्रदेशसभाको सभामुख पद राजनीतिकरुपमा तटस्थ र निष्पक्ष रहनुपर्ने जनाएको छ । त्यस्तो नभई कुनै दलको पक्षधरता लिए त्यो असंवैधानिक हुने ठहर्‍याएको छ ।

सर्वोच्चको संक्षिप्त आदेशमा भनिएको छ, ‘प्रदेशसभा तथा सभामुखको निर्वाचनका सन्दर्भमा निजको कुनै राजनीतिक दलसँग आबद्धता रहेको भए पनि सभामुखको पदमा निर्वाचित भइसकेपछि दलीय आबद्धता कायम नरही निजको हैसियत स्वतन्त्र र तटस्थ अवस्थाको रहन्छ, रहनुपर्दछ ।’ पूर्णइजलासले सभामुखको भूमिका रेफ्री भएको पनि औंल्यायो । 


प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ०८:२०
#सभामुख #सर्वोच्चका न्यायाधीशहरू #सर्वोच्च अदालत
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चार वटा फर्मलाई जरिवानासहित कारबाही
चार वटा फर्मलाई जरिवानासहित कारबाही मंगलबार, मंसिर २३, २०८२
महिलामैत्री सहर शीर्षकमा सामूहिक फोटो प्रदर्शनी हुँदै
महिलामैत्री सहर शीर्षकमा सामूहिक फोटो प्रदर्शनी हुँदै सोमबार, मंसिर २२, २०८२
टानका पूर्वअध्यक्ष सिंहको निधन
टानका पूर्वअध्यक्ष सिंहको निधन सोमबार, मंसिर २२, २०८२
हेटौँडाको मुख्य सडक विस्तारः भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी
हेटौँडाको मुख्य सडक विस्तारः भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी सोमबार, मंसिर २२, २०८२
भालुको आक्रमणबाट दुई जना घाइते
भालुको आक्रमणबाट दुई जना घाइते सोमबार, मंसिर २२, २०८२
गोवास्थित आगलागीमा मृत्यु हुने २५ मध्ये चार नेपाली
गोवास्थित आगलागीमा मृत्यु हुने २५ मध्ये चार नेपाली सोमबार, मंसिर २२, २०८२
चालक हत्या प्रकरणमा सात जना पक्राउ
चालक हत्या प्रकरणमा सात जना पक्राउ सोमबार, मंसिर २२, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP