Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
कृषि
  • Home
  • कृषि
  • भारतीय मलकै भरमा खेती
भारतीय मलकै भरमा खेती
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ११, २०८०

टीकापुर- यस वर्ष कैलालीको दक्षिण पूर्वी भेगका किसानले मल नपाएपछि भारतबाट ल्याएर खेती गरेका छन् । कैलालीको टीकापुर नगरपालिकाका–६, ७, ८ र ९, भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाका किसानले भारतको तिकुनिया बजारबाट मल ल्याएर खेती गरेका हुन् ।

“रोपाइँ सकिँदासम्म पनि मल पाएका छैनौँ”, टीकापुर–८ का श्यामलाल चौधरीले भने, “सरकारले उपलब्ध गराउने मल सहकारीबाट पाएनौँ । बाध्य भएर भारतबाट ल्याएर प्रयोग गरेका छौँ ।” भारतबाट ल्याएको मल प्रयोग गरे पनि खेती कस्तो पो हुन्छ भन्ने चिन्तामा छन् । चौधरीले भने, “सहकारीमा आएको मल लिन बिहान ३ बजेदेखि लाइनमा बस्दा पनि पाइएन ।” सरकारले उपलब्ध गराउने मल नपाएपछि यस वर्ष किसान खेती गरौँ की नगरौँ भन्ने दोधारमा थिए । बर्सेनि बाढीले क्षति पु¥याउँदा दिक्क भएका किसान मल नपाएपछि झन निरास भएका थिए ।

“जहिल्यै बाढीको त्रास हुन्छ, अघिल्ला दुई वर्ष धानबाली सबै बाढीले बगायो, मल नपाएपछि खेती गर्न मन मरेको छ ?”, स्थानीय शेरबहादुर साउँदले भने, “सात बोरा डिएपी र सात बोरा यूरिया मलको खाँचो थियो, एक बोरा पनि पाइएन । भारतबाट ल्याएर प्रयोग गरे ।” टीकापुरमा सबैभन्दा बढी धान खेती हुने वडा ६, ७, ८ र ९ नम्बर हुन् । यी वडामा पाँच सहकारीले मल बिक्री गर्ने गरेका छन् । यसरी सञ्चालित सहकारीले आवश्यक मल नपाएको जनाएका छन् । “सहकारीले पर्याप्त मल नपाएपछि किसानलाई उपलब्ध गराउन सकेनौँ”, वडा नम्बर ६ स्थित लक्ष्मीनारायण सहकारी संस्थाका अध्यक्ष कपुरसिंह कडायतले भने, “२५ प्रतिशत मात्र मल पायौँ ।”

Hardik health

लक्ष्मीनारायण सहकारीले यस वर्ष नौ सय ५० बोरा युरिया, तीन सय ५० बोरा डिएपी र एक सय क्विन्टल अर्गानिक मल किसानलाई उपलब्ध गराएको थियो । उक्त मल अघिल्लो वर्षको तुलनामा आधा मात्र हो । “सहकारीले नै मल नपाएपछि किसानले पाउने कुरै भएन, अघिल्लो वर्षभन्दा आधामात्र मल आयो”, कडायत भन्नुहुन्छ, “मल ल्याउने प्रयासमा छौँ ।” मल नभएकै कारण झार बढी उम्रेको किसानको गुनासो छ । झार मारेर डिएपी हाल्न पाएको भए धानबाली सप्रिने थियो भन्दै किसान मल खोज्न भौतारिएका छन् ।

भजनी र जोशीपुरका किसानले पनि नेपाली मल नपाएपछि भारतबाट मल ल्याउनुपरेको गुनासो गरेका छन् । स्थानीय युवासिंह ठकुरीले भने, “भारतबाट तस्करी गरी ल्याएको मलको भर हुँदैन, तै पनि प्रयोग गर्नु हाम्रो बाध्यता छ ।” अघिल्लो पटक भारतको मलमा विश्वास गर्दा कतिपय किसान ठगिएको ठकुरीले बताए । “सरकारले समयमै मल उपलब्ध नगराउँदा किसानले भारतबाट मल ल्याएर काम चलाउने गर्छन्, यसरी मल ल्याउँदा प्रहरीले सताउने गरेका छन्”, उनले भने, “यसपटक सीमामा प्रहरी र किसानबीच हात हालाहालको अवस्था आयो ।”

भजनीका कतिपय वडामा चैते धान खेती हुने गरेको छ भने बर्सातमा बाढीका कारण खेती हुँदैन । जोशीपुरका सुकदेव चौधरीलाई पनि यसपटक खेती गर्न मल पाउन निकै सकस भयो । उनले स्थानीय सहकारीमा मल नपाएपछि भारतको तिकुनीयाबाट मल ल्याए । “मलाई १४ क्विन्टल मल आवश्यक थियो”, उनले भने, “सीमामा निकै कठिनाइ झेलेर, क्यारिङ गर्नेको सहयोगमा पाँच दिन लगाएर मल पाए । यसरी दुःख र तनावमा कति दिन खेती गर्न सकिएला भन्ने लागेको छ ।”

किसानलाई धान खेती हुर्किएपछि पनि मल आवश्यक पर्छ । तर अहिले पनि मल अभाव छ । किसानका लागि आवश्यक मल र बीउ सहजै उपलब्ध हुनुपर्छ । मल, बीउ र सिँचाइजस्ता कुरा सहज भए उत्पादन वृद्धि गर्न तथा किसानलाई कृषितर्फ आकर्षित गर्न सकिन्छ ।


प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्
थप कृषि
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै शुक्रबार, पुस ११, २०८२
गड्यौलाकाे मल बिक्रीबाट २५ लाखसम्म आम्दानी
गड्यौलाकाे मल बिक्रीबाट २५ लाखसम्म आम्दानी शुक्रबार, पुस ११, २०८२
प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड
प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड बिहीबार, पुस १०, २०८२
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध बुधबार, पुस ९, २०८२
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग बुधबार, पुस ९, २०८२
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार मंगलबार, पुस ८, २०८२
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP