Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष
सन्दर्भ : बिपी स्मृति दिवस लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष
अर्जुननरसिंह केसी
अर्जुननरसिंह केसी शनिबार, साउन ६, २०८०

जननायक महामानव आदि विशेषण र कार्यकर्ताहरुले सान्दाजु शब्दद्वारा पनि पुकारिने नेपाली कांग्रेसका स्थापक नेता विश्वेश्वरप्रसाद (बिपी) कोइराला कांग्रेसका मात्र नभएर समग्र लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष हुनुहुन्थ्यो । नेपालका राष्ट्रिय राजनीतिमा उहाँभन्दा लोकप्रिय तथा अग्लो व्यक्तित्व आजसम्म अरु देखिएको छैन । उहाँलाई मूर्धन्य नेताहरुले पनि आफ्नो नेता मान्ने गर्दथे । जुन उच्च मान्यता आजतक कायमै छ । नेपालको राजनीतिमा सबैभन्दा धेरै शब्द खर्चिएका र अन्तर्राष्ट्रिय राजनेताका रुपमा उहाँको नाम आउँछ । चीनमा राष्ट्रिय स्वाधीनता तथा एकता जनतन्त्र र समाजवादको लागि डा सनयात सेनको र भारतमा सर्वोदय नेता जयप्रकाश नारायणको जुन राजनीतिक स्थान छ, बिपी त्यही स्तरको नेता हुनुहुन्थ्यो । 

विश्वेश्वरप्रसाद राजनीतिक जीवन त्यतिखेर भारतमा चलिरहेको भारतको स्वतन्त्रता आन्दोलनबाट भएको थियो । उहाँ भारतीय स्वतन्त्रता संग्राममा पनि सेनानी हुनुहुन्थ्यो । भारतबाट बृटिस शासन नहटेसम्म नेपालमा उसद्वारा पालित पोषित राणा शासन ढल्न र प्रजातन्त्रको नयाँ युग आउन कठिन हुने हुँदा भारतीय स्वतन्त्रता संग्रामलाई नेपालमा लोकतन्त्र स्थापनाको आधार मान्नुभएको थियो । उहाँले आफ्ना पिता कृष्णप्रसाद कोइरालाको जेलमै निधन हुँदा उहाँ भारतको हजारीबाग जेलमा राजबन्दी हुनुहुन्थ्यो । आन्दोलनमा लागेकै कारण विश्वेश्वरप्रसाद र उहाँका दाजु मातृकाप्रसाद कोइरालालाई विसं १९८६ मा तीन महिनासम्म बेलायती सरकारले कैद गरेको थियो । यसपछि नै उहाँको राजनीतिक जीवनको सुरुवात भएको थियो । भारतीय राजनीति र समाजमा पनि समाजमा पनि उहाँको गाढा प्रभाव थियो । भारत प्रवासमा रहेकै बेला भारतको परिवर्तन देखेर उहाँले नेपालमा पनि परिवर्तन ल्याउने प्रयास गर्नुभयो । विसं २००३ मा उहाँले भारतबाट समाजवादी नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गर्नुभएको थियो भने २००६ सालमा उहाँकै पहलमा नेपाली कांग्रेस पार्टी बनेको थियो ।

विसं २०३६ मा जनमत संग्रहको सिलसिलामा स्याङ्जा पुग्नुभएका बीपीलाई मार्ने असफल प्रयास भएको थियो । उहाँलाई हानिएको गोली स्याङ्जाकै कांग्रेस कार्यकर्ता तारापति कोइरालाले छेकेर बीपीलाई बचाउनुभयो । बिपीलाई हानिएको गोली तारापतिजीको घुँडामा लागेको थियो ।

विसं २००३ मा विराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा उहाँलाई नेपाल सरकारले एक वर्ष कैद गरेको थियो । सात सालको क्रान्तिमा विश्वेश्वरप्रसाद कोइरालाको महत्वपूर्ण योगदान रहेको थियो जसलाई नेपालको प्रजातान्त्रिक आन्दोलन पनि भन्ने भनिन्छ । २००७ सालमा उहाँले नेपालमा राणा शासनको अन्त्यको लागि सैनिक सङ्घर्ष सुरु गर्नुभएको थियो । सोही वर्ष राणा शासनको अन्त्य भयो र नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भएको थियो । तात्कालिक समयमा देशमा रहेको जहानीयाँ वा एकतन्त्रीय राणा शासन विरूद्ध सुरू भएको जनताको क्रान्ति २००७ फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापनामा आएर रोकिएको थियो ।

Hardik health

व्यापक अध्ययन, चिन्तन तथा ठोस विश्लेषण व्यवहारमा उदारता तथा निर्णयमा अडान कर्तव्यको पुकारमा ज्यानको बाजी लगाएर भएपनि संघर्षमा होमिने आँट, मानवीय जीवनका साथै जनताका भावना र आवश्यकता बारे तीक्ष्ण तथा सुक्ष्म दृष्टिकोण बनाउन सक्ने कला, दार्शनिक पक्षमा गहिरो ज्ञान, संघर्षले दिएको अनुभवबाट बनेको दुर्धर्ष आत्मबल, अपरिग्रहयुक्त जीवनशैली आदि उहाँको व्यक्तित्वका ज्वलन्त विशेषता थिए । उहाँले दक्षिण एसियाको अवस्थितिमा नेपालकोअस्तित्व, पार्टी र जनताका बीच कार्यकर्ताको भूमिका, जातीय विविधता भएको समाजमा राजनीतिक नेताको भूमिका, मुलुक गरिब तथा शोषित जनसमुदाय भएको अवस्थामा राष्ट्र नै लाभान्वित हुने खालको आर्थिक विकासका लागि राजनीतिक दल र नेताहरुले निर्वाह गर्नुपर्ने भूमिका जस्ता विषयमा उहाँले कार्यकर्ताहरुलाई निरन्तर प्रशिक्षित गरिरहनुभयो । राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई नेपाली कांग्रेसका आधारभूत सिद्धान्तका रुपमा स्थापित गराउने सर्वोच्च सिद्धान्तकार नेता उहाँ नै हुनुहुन्थ्यो । 

सत्तामा उहाँ २००७ सालमा आठ महिना गृहमन्त्री र २०१६ सालमा साढे एक वर्ष प्रधानमन्त्री रहनुभयो । उहाँले बाँकी सम्पूर्ण जीवन लोकतन्त्र प्राप्तिको संघर्षमै लगाउनुभयो । त्यसक्रममा उहाँले राणाशाही बिरुद्ध जेलभित्रैबाट आमरण अनशन गर्नुभयो । विसं २००७ सालको जनक्रान्ति, २०२५ सालपछि २०३३ सालसम्म सशस्त्र आन्दोलनको पनि उहाँले नेतृत्व गर्नुभएको थियो । विसं २०१४ सालको भद्रअवज्ञा आन्दोलन वा २०३६ सालको विद्रोह तथा तत्कालीन राजालाई जनमत संग्रहको घोषणा गर्नुपर्ने परिस्थितिमा पुर्‍याउने राजनीतिक कार्यमा उहाँको ऐतिहासिक योगदान छ । उहाँ यथास्थितिवादी राजनीतिका एक नेता भएर होइन, राजनीतिको गतिलाई मोड्न सक्ने उहाँलाई तार्किक टुंगो दिनसक्ने र हर राजनीतिक परिस्थितिलाई प्रजातन्त्र अनुकूल बनाउन सक्ने अद्भूत क्षमता र व्यवहार कुशलता भएका अन्तराष्ट्रिय स्तरको राजनेताका रुपमा सुपरिचित हुनुभयो । 

विसं २०३३ पुस १६ गते राष्ट्रिय मेलमिलाप तथा एकताको सन्देश बोकेर उहाँ, गणेशमान सिंह, शैलजा आचार्यलगायत नेपाली कांग्रेसको एउटा ठूलै समूह आठ वर्ष लामो निर्वासित जीवन त्यागेर पटनाबाट काठमाडौँ आउनु भयो । त्यसबेला उहाँ र गणेशमाजी माथि आठवटा संगीन आरोपसहितका मुद्धा लगाइएको थियो । एउटै मुद्धामा हार्दा पनि उहाँहरुको ज्यान जान सक्दथ्यो । मुलुकभरि पञ्चहरुबट उहाँहरुलाई फाँसीको सजायको माग राख्दै बक्तत्व प्रकाशित, विन्तीपत्र टक्र्याउने, प्रस्ताव पारित गर्नेजस्ता गतिविधि अनवरत भइरहे । त्यसकारण कांग्रेसका नेताहरुलाई मार्नु पञ्चायती शासकको चरित्र नै थियो । 

पञ्चायती शासनको मुख्याती प्रजातन्त्रको शिविरमा यस कारणले पनि थियो कि त्यसबेला नेपाली कांग्रेसका लोकप्रिय, होनहार तथा प्रभावशाली नेताहरुलाई छानीछानी मार्ने षडयन्त्र बारम्बार भइरह्यो । यसमा योगेन्द्रमान शेरचन, सरोज कोइराला। दिवानसिंह राई, तेजबहादुर अमात्य आदि पर्नुभयो । सिक्किमबाट नेपाल आई झापामा वसोवास गर्दै रहेका एउटा युवालाई तत्कलीन अञ्चलाधीशले रिभोल्भर दिएर निर्वासनमा रहनुभएक बीपीको हत्या गर्न वनारस पठाएके थियो । तर त्यो षडयन्त्रको पर्दाफास भएपछि भारतीय ुिरक्षाकमीलै पक्राउन गरेको उक्त युवालाई बिपीले नै क्षमता दिएर रिहा गरिदिन आग्रह गर्नुभयो र उक्त युवा रिहा भयो । पछि त्यो युवा पत्रकारितातिर लागेको थियो । 

विसं २०३६ मा जनमत संग्रहको सिलसिलामा स्याङ्जा पुग्नुभएका बीपीलाई मार्ने असफल प्रयास भएको थियो । उहाँलाई हानिएको गोली स्याङ्जाकै कांग्रेस कार्यकर्ता तारापति कोइरालाले छेकेर बीपीलाई बचाउनुभयो । बिपीलाई हानिएको गोली तारापतिजीको घुँडामा लागेको थियो । हत्याको प्रयास र फँसीको मागका बीच  बिपीले आफूमाथि लागेका सबै मुद्धालाई डटेर सामना गर्नुभयो । यस क्रममा उहाँले अदालतमा दिनुभएको सात घण्टा लामो बयान आज पनि विद्वत समुदायमा चासो र खोजीको विषय भइरहेको छ । त्यसलाई अदालती वयानको अनुभव उदाहरण मानिन्छ । उहाँको स्वदेश आगमनले मुलुकमा यति ठूलो उत्साह र प्रभाव सञ्चार गर्‍यो कि निर्विकल्प, माटो सुहाउँदो आदि विशेष दिइएको पञ्चायतलाई साढे दुई वर्षभित्रैमा बहुदलको पक्षबाट जनअदालत (जनमत संग्रह) को कठघरामा यभ्याउनुभयो । 

राजनीतिमा बिपी कोइरालाका रुपमा संक्षिप्त नामले चिनिनुहुने उहाँ साहित्यमा पूरा नाम विश्वेश्वरप्रसाद कोइरालाबाट लोकप्रिय हुनुहुन्थ्यो । आफूलाई राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी भन्नुहुने बिपी मनोवैज्ञानिक साहित्य लेखनमा विश्वस्तरीय रचनाकार हुनुहुन्थ्यो । उहाँले उपन्यास, कथा, निबन्धका करिब एक दर्जन कृति लेख्नुभएको छ । साथै, आत्मवृत्तान्त, जेल जर्नल, फुटकर लेख रचनाहरुको संगालो आदि पुस्तकहरु पनि प्रकाशित भएका छन् । नेपाली भाषा साहित्यमामा उहाँले मनोवैज्ञानिक कथाहरूको नयाँ प्रयोग गर्नु भएको थियो । राजनीतिक आग्रह वा त्यसका छायाँ र प्रभाव उहाँले साहित्यमा प्रवेश गराउनु भएन । 

उहाँको जन्म भारतको बनारसमा १९७१ भदौ २४ गते भएको थियो थियो । न्वारानको नाम चूडामणि भए पनि विश्वनाथ मन्दिरको तीर्थस्थलमा जन्म भएको हुनाले उहाँको नाम विश्वेश्वरप्रसाद राखियो । एउटै पिताका तीन छोराहरु मातृकाप्रसाद, विश्वश्वरप्रसाद र गिरिजाप्रसाद प्रधानमन्त्री भएको विशेष उदाहरण उहाँको परिवारमा बन्यो । घाँटीमा आएको क्यान्सरका कारण उहाँको आवाज आउन छाडेको थियो । उहाँ सासले मात्र बोल्नुहुन्थ्यो । आफ्नो मृत्यु टाढा छैन भन्ने यकिन भएपछि उहाँले भाइ गिरिजाबाबुलाई एकदिन भन्नुभएछ, “अब म उपचार गरेर बाँच्ने होइन । म स्वदेशमै मर्न चाहन्छु । यहाँबाट९बैंकक० मलाई नेपाल लगिहाल ।” 

उहाँकै आग्रहमा २०३९ साउन ६ गते भेन्टिलेटरमा अक्सिजनसहित बेहोस अवस्थामा साँझ ६ बजे काठमाडौँ ल्याइपुर्‍यायो तर त्यसको एक घण्टा पनि नबित्दै उहाँको निधन भयो । भोलिपल्ट साउन ७ गते उहाँको अन्त्यष्टि विशाल जन समुदायको उपस्थितिमा भएको थियो । प्रजातन्त्रको पुर्नस्थापना भएपछि उहाँका नाममा धरानमा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुरमा क्यान्सर अस्पताल, काठमाडौँका आँखा अस्पताल, बनेपा–सिन्धुली–बर्दिवास राजमार्गको नामकरण गरिएको छ । भारतको पटनामा उहाँको पूर्णकदको शालिक र एउटा सडकको नाम बिपीमार्ग राखिएको छ । आज हामीबीच उहाँ हुनुहुन्न तर उहाँले देखाउनु भएको राजनीतिक दर्शन र सिद्धान्त नयाँ पुस्ताका लागि मार्गदर्शन बनेको छ ।


प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १७:०९
##बिपी _स्मृति_ दिवस #अर्जुननरसिंह_केसी #बिपी_कोइराला
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP