Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #भारत–पाकिस्तान
  • #ओभरपास
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #हुलाकी_राजमार्ग
  • #सेयर_बजार
Search Here
कृषि
  • Home
  • कृषि
  • खुदोले चिनिएको गाउँ ढोडबेँसी र मालेपाटन 
खुदोले चिनिएको गाउँ ढोडबेँसी र मालेपाटन 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन ३, २०८०
RBB RBB

लेखनाथ– पोखरा–३२ मालेपाटन निवासी ७५ वर्षीय लालकान्त अधिकारीले उखु खेती गर्न थालेको ५० वर्ष पुगिसक्यो, बाबुबाजेका पालादेखि अँगाल्दै आएको उखु खेती उमेरले नेटो काटिसक्दा पनि उनले छाड्न सकेका छैनन् ।

‘चार छोरा, बुहारी र नातिनातिनी छन् तर उनीहरू उखु खेती गर्दैनन्, उखु खेती गर्न दुःख छ, दुईपटक त गोडमेल नै गर्नुपर्छ, रोगका किराबाट जोगाउनुपर्छ, उत्पादन हुन कम्तीमा १० महिना कुर्नुपर्छ,  तर आम्दानी भने धानभन्दा दोब्बर हुन्छ,’ कृषक अधिकारीले भने, ‘अघिल्लो वर्ष चार रोपनीमा लगाएको उखु र खुदो बिक्रीबाट साढे दुई लाख रुपैयाँ आम्दानी गरेँ ।’

‘पुरानो जमाना त्यतिबेला पैसा देख्न पाइँदैन्थ्यो, खेतमा सिँचाइ पनि थिएन, पुर्खाहरूले धानको विकल्पमा उखु खेती गर्दै आएका रहेछन्, वर्षभरि उखु खेती गरी उत्पादन गरेको खुदो बिक्रीबाट छोराछोरीको शिक्षादीक्षा, पालनपोषण र वर्षभरि लागेको ऋण तिर्ने गरेको इतिहास पोखरा–३२ को मालेपाटन र ढोडबेँसीले बोकेका छन्,’ अधिकारीले भने, ‘युवा पुस्ता उखु खेतीभन्दा पनि विदेश जान रुचाउने गर्छन् ।’

ढोडबेँसी र मालेपाटनमा उत्पादित खुदो पोखरा बजारमा प्रख्यात छ, पुस १५ र माघे संक्रान्तिमा घरबाट खुदो खोसाखोस हुने गरेको उखु किसान यज्ञप्रसाद अधिकारीको भनाइ थियो । विगतका दिनहरूमा खुदो बिक्रीका लागि गाग्री र टिनहरूमा बोकेर पोखरा बजार जानुपथ्र्यो तर १५ वर्षयता  गाउँबाट नै बिक्री हुने गरेको छ, बाँकी रहेको खँुदो स्थानीय मालेपाटन कृषि सहकारी संस्थाले  प्रशोधन गरी बिक्रीका लागि बजारमा लाने गरेको छ ।

यतिबेला ढोडबेँसीमा ३०० र मालेपाटनमा १०० रोपनी जमिनमा उखु खेती गरिँदै आएको छ । उखु खेती प्रतिवर्ष घट्दो क्रममा छ । यहाँका ७० भन्दा बढी किसान व्यावसायिक उखु खेतीमा लागेका छन् । पोखरा महानगरपालिकाको यस वर्ष एक वडा एक पकेट क्षेत्र कार्यक्रमअन्तर्गत पोखरा–३२ को ढोडबेँसी र मालेपाटनलाई उखु पकेट क्षेत्र घोषणा गरी कृषि अनुदान सहयोग सुरु गरेको छ । चार सय रोपनी जमिनमा लगाइएको उखुबाट वार्षिक दुई करोड रुपैयाँको खुदो उत्पादन हुने गरेको किसान पद्मराज तिवारीले सुनाए ।

उखु खेतीसँगै उनीहरूले पशुपालनसमेत अगाडि बढाएका छन् । कास्कीमा व्यावसायिक रूपमा उखु खेती गरिने एकमात्र ठाउँ भनेकै ढोडबेँसी र मालेपाटनलाई  मानिँदै आइएको छ । स्थानीय किसान मोहन धमालाले भने, ‘चैत, वैशाखदेखि उखु खेतीको तयारी सुरु गरी पुसमाघसम्म बाली भित्र्याउँछौं ।’

उखुलाई अन्य बालीमा जस्तो पर्याप्त सिँचाइको आवश्यकता पर्दैन । खेतीयोग्य फाँट भए पनि ढोडबँेसीमा सिँचाइ सुविधा छैन । तराईमा उखुबाट चिनी वा सक्खर बनाइन्छ । पहाडमा भने उखुबाट खुदो नै बनाइन्छ । उखुका लाक्रा पनि बिक्छन् । पहाडमा चाम्रे बनाउँदा पनि खुँदो हाल्ने चलन छ । कोदाको ढिँडोलाई खुँदोमा डुबाएर खाने पनि गरिन्छ ।

उखुको पकेट क्षेत्र घोषणा गर्दै पोखरा महानगरपालिकाले उखु किसानलाई प्रोत्साहन, रोग तथा किरा नियन्त्रण र प्याकेजिङका लागि गत सोमबार १० लाख २० हजार रुपैयाँ प्रदान गरेको थियो । महानगरपालिकाको कृषि तथा पशु विकास महाशाखाका प्रमुख मनोहर कडरियाले उनीहरूलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । उनले उखुसँगै कागती उत्पादनमा पनि उपयुक्त जमिन रहेको जानकारी दिँदै कागती खेतीमासमेत लाग्न किसानलाई सुझाव दिए ।

‘उखुको पात र बारीमा उम्रिएका घाँस तह लगाउन पनि गाईभैँसी पाल्नुपर्ने रहेछ, स्थानीय कृषक लीलादेवी धमलाले भने, ‘उखुबारी भित्रै पनि घाँस खेती गर्न सकिने भएकाले उखु र पशुपालन एकअर्काका सहायक  भएका हुन् ।’

बाँदर, दुम्सीलगायत जंगली जनाबरबाट उखु खेती जोगाउनुपर्ने भएकाले किसानलाई हैरानी भएको कृषक धमलाले सुनाए । यहाँका किसानले बाँसकडा, जीतपुर, ग्यामरालगायत स्थानमाा उखु उत्पादन गर्दै आएका छन् । पोखरा–३२ का वडासदस्य तीर्थराज ओझाले पकेट क्षेत्र घोषणासँगै रोजगारीका लागि विदेश पुगेका युवालाई पनि उखुखेतीतर्फ आकर्षण गर्नुपर्नेमा जोड दिए ।रासस
 


प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ०६:४३
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप कृषि
 किसानलाई समयमै मलखाद उपलब्ध गराउन माग
 किसानलाई समयमै मलखाद उपलब्ध गराउन माग शुक्रबार, वैशाख २६, २०८२
नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी 
नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी  शुक्रबार, वैशाख २६, २०८२
सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य शुक्रबार, वैशाख २६, २०८२
म्याद गुज्रेका विषादी बरामद
म्याद गुज्रेका विषादी बरामद बुधबार, वैशाख २४, २०८२
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी मंगलबार, वैशाख २३, २०८२
जुम्लामा असिनापानीले स्याउका बिरुवामा क्षति
जुम्लामा असिनापानीले स्याउका बिरुवामा क्षति मंगलबार, वैशाख २३, २०८२
सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य मंगलबार, वैशाख २३, २०८२
लोकप्रिय
  • Week
  • Month
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
स्वदेशमै रोजगार प्रवद्र्धन गर्न ‘श्रम संसार’ पोर्टल सञ्चालनमा
स्वदेशमै रोजगार प्रवद्र्धन गर्न ‘श्रम संसार’ पोर्टल सञ्चालनमा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
मलेसिया रोजगारीमा सिण्डिकेटको हल्ला
मलेसिया रोजगारीमा सिण्डिकेटको हल्ला
व्यवसायी संघकाे चुनाव नजिकिदै गर्दा  ५ जना निलम्बनमा 
व्यवसायी संघकाे चुनाव नजिकिदै गर्दा ५ जना निलम्बनमा 
तेमाल जात्राको ऐतिहासिक पाटो
तेमाल जात्राको ऐतिहासिक पाटो
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
तेमाल जात्रामा दुई दिन बिदा दिन माग
तेमाल जात्रामा दुई दिन बिदा दिन माग
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP